• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भोलिदेखि भरतपुरमा ‘तिसौँ एनेमेकन २०२६’, सम्पूर्ण तयारी पूरा

  •  शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित

चितवन । नेपाल चिकित्सक संघले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भोलि शनिबार र पर्सी आइतबार ‘तिसौँ एनेमेकन २०२६’ आयोजना गर्ने भएको छ ।

संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले एनेमेकनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ रहेको बताउनुभयो । उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौती समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर व्यापक छलफल गरिने बताउनुभयो ।

डा कार्कीले सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा तथा मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्र सञ्चालन हुने बताउनुभयो । डा कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरु सहित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रममा विश्व मेडिकल एसोसिएसनका विज्ञहरुको भिडियो प्रस्तुतीकरण रहने छ । देशभरबाट प्रतिनिधिमूलक रुपमा चिकित्सकहरु सहभागी हुनेछन् ।

सम्मेलनमा चार वटा समूहगत छलफल गरिने छ । कार्यक्रममा ६० कार्यपत्र र अन्य वैज्ञानिक प्रस्तुतीकरणसहित गरी १०० भन्दा बढी प्रस्तुतीकरण हुनेछन् । सोही अवसरमा सङ्घका नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण समेत गरिने छ । दुई / दुई वर्षमा हुँदै आएको यो कार्यक्रम १२ वर्षयता तीन/ तीन वर्षमा गर्न थालिएको छ ।

संघका महासचिव डा सञ्जीव तिवारीले एनेमेकनलाई केवल औपचारिक सम्मेलन नभई स्वास्थ्य क्षेत्र सुधारका लागि साझा प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँले कन्फ्रेन्सले नीति निर्माणमा सहकार्य, अनुभव आदानप्रदान तथा नवीन समाधानको खोजीमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

भरतपुर घोषणापत्र जारी गर्ने लक्ष्यसहित हुन लागेको यस सम्मेलनले मुलुकको स्वास्थ्य क्षेत्रको नीति निर्माण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । डा तिवारीले देशभरका चिकित्सकहरूका लागि पायक पर्ने स्थान भएकाले पनि चितवन रोजिएको बताउनुभयो । उहाँले चितवन शाखाले यस्तो ठूलो जिम्मेवारी वहन गरेकोमा केन्द्रको तर्फबाट धन्यवाद दिनुभयो ।

नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा उमेश नेपालले ३०औँ संस्करणको आयोजना गर्ने अवसर चितवनले पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँका अनुसार सम्मेलनका मुख्य प्राज्ञिक तथा वैज्ञानिक कार्यक्रमहरू बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा सञ्चालन हुनेछन् ।

नेपाल चिकित्सक संघ चितवन शाखाका सचिव डा महेन्द्र अग्रहरीले केन्द्रले जिल्लालाई यो महत्वपूर्ण कार्यक्रमको जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्नुभयो ।उहाँले यो सम्मेलनले भरतपुरलाई मेडिकल सिटीका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने र जिल्लाका चिकित्सकहरूमा नयाँ ऊर्जा थप्ने बताउनुभयो ।

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.