• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

काठमाडौंमा उपचार पाएनन् सर्लाहीका छोटु मोहम्मदले

  •  मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित

काठमाडौं । सर्लाहीबाट उपचारको आशामा काठमाडौं आएका छोटु मोहम्मद र उनकी श्रीमती नहिमा खातुनका लागि राजधानीको ठूलो अस्पताल भरोसाको केन्द्र बन्नुपर्ने थियो । तर उनीहरूको पहिलो अनुभव भने अन्योल र निराशामा परिणत भयो । महारागञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भेटिएका छोटुको अनुहारमा रोगको पीडा मात्र होइन, उपचार नपाएको असहायपन पनि स्पष्ट देखिन्थ्यो ।

२९ वर्षका छोटु मोहम्मद श्रीमतीको काखमा टाउको राखेर अस्पतालको बेन्चमा लम्पसार परेका छन् । शरीरका हातखुट्टा अस्वाभाविक रूपमा सुन्निएका छन् । पेट फुलेको छ । आँखा पूरै पहेँलो देखिन्छ । बोल्न खोज्दा स्वर निस्कँदैन, निस्किए पनि थरथराउँछ । आँखाभरि आँसु पार्दै उनले बिस्तारै भने, ‘उभिन सक्दिनँ । यति गार्‍हो हुँदा पनि अहिलेसम्म डाक्टरलाई देखाउन पाइनँ ।’

आइतबार साँझ उनीहरू टिचिङ पुगेका थिए । शरीरको अवस्था बिग्रँदै गएको थियो । कसैले आकस्मिक कक्षमा जान सुझाव दियो । उनीहरू त्यहीँ पुगे । तर त्यहाँबाट उनीहरूले अपेक्षा गरेको उपचार पाएनन् । छोटुका अनुसार चिकित्सकले उनलाई भोलिपल्ट ओपीडीमा देखाउन भन्दै फर्काइदिए । अपरिचित शहरमा कहाँ जाने ? कसलाई सोध्ने ? के गर्ने ? केही थाहा थिएन ।

‘शरीर पूरै दुखेको छ । पिसाब पनि पहेँलो आउँछ । मर्न लागेजस्तो भइरहेको छ,’ उनले पीडा सुनाए, ‘आकस्मिकमा भर्ना हुन एम्बुलेन्समा आउनुपर्ने रहेछ । हामी त हिँडेरै आएका थियौँ, त्यसैले डाक्टरलाई देखाउन पाइनँ ।’

उनीहरूले अस्पताल नजिकैको होटलमा रात बिताए । बिहान करिब ७ बजे उनीहरू फेरि अस्पताल पुगे । ओपीडीको लाइनमा उभिए । छोटु कमजोर भएकाले उभिनै सकेनन् । श्रीमती (नहिमा) नेपाली भाषा राम्रोसँग बुझ्दिनन् । धेरै सोधपुछ र भौंतारिएपछि बिहान ९ बजेतिर टिकट काटे । तर त्यसपछि सुरु भयो अर्को प्रतीक्षा ।

पालो कुर्दाकुर्दै समय बित्दै गयो । ११ बजे ओपीडी सेवा बन्द भयो । तर छोटुको पालो आएन । दिउँसो १२ बज्दासम्म उनीहरूले खाना समेत खाएका थिएनन् । श्रीमतीको काखमा टाउको राखेर सुतेका छोटु बारम्बार एउटै कुरा दोहोर्‍याइरहेका थिए– पहिला डाक्टरलाई देखाउन पाएको भए हुन्थ्यो ।

छोटुको जीवन केही महिनाअघिसम्म सामान्य थियो । उनी भारतमा कपडा सिलाइको काम गर्थे । त्यही कामले परिवारको गुजारा चलिरहेको थियो । दुई महिनाअघि अचानक स्वास्थ्यमा समस्या देखिन थाल्यो । शरीर कमजोर हुँदै गयो । आँखा पहेँलो देखिन थाले । काम गर्न सक्ने अवस्था रहेन । उनी गाउँ फर्किए । वीरगञ्जको एक अस्पतालमा केही समय उपचार गराए । स्वास्थ्यमा सुधार आएन । बरु दिनप्रतिदिन शरीर गल्दै गयो ।

छिमेकीहरूले अन्तिम आशाका रूपमा काठमाडौं जान सल्लाह दिए । त्यही आशा बोकेर छोटु आइतबार बिहानै घरबाट काठमाडौं निस्किएका थिए । तर राजधानी आइपुग्दा उनले सोचेको जस्तो सहज उपचार प्रक्रिया भेटिएन । ‘राम्रो इलाज हुन्छ भनेर आएको,’ उनले भावुक हुँदै भने, ‘तर हामीजस्ता निमुखाको पीडा कसैले सुन्दा रहेनछन् ।’

मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.