• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

निःशुल्क आँखा शिविरमा ४६७ जनाले लिए सेवा

  •  मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित

रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर १ ले बकुलहरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय परिसरमा आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविरबाट ४६७ जना नगरवासीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा आँखाको पावर जाँच, उपचार, औषधि वितरण तथा मोतियाबिन्दुको पहिचान गर्ने कार्य गरिएको थियो। आँखा रातो हुने, चिलाउने, आँशु बगिरहने तथा मासु पलाउने जस्ता समस्या भएका बिरामीहरूलाई शिविरमा परामर्शसहित निःशुल्क औषधि वितरण गरिएको थियो। शिविरमा नजिकको दृष्टिका लागि १०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने थप उपचार आवश्यक पर्ने बिरामीहरूलाई भरतपुर आँखा अस्पताल रेफर गरिएको छ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका सह-संयोजक बासुदेव सापकोटाले दृष्टिबिनाको जीवन अधुरो हुने बताउँदै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो। सापकोटाले रत्ननगर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा देशभरिकै उत्कृष्ट सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै विपन्न नागरिकको उपचारका लागि नगरपालिकाले विभिन्न अस्पतालसँग समन्वय गरी उपचार कोष खडा गरेको बताउनु भयो।

शिविरमा वरिष्ठ नेत्र सहायक सुवास सापकोटाले सेवा प्रवाहका विविध पक्षबारे प्रस्ट पार्दै आवश्यक पर्ने बिरामीलाई निःशुल्क चश्मा र मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी गराए। शिविरमा परीक्षण गरिएकामध्ये २२ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ, जसमध्ये १९ जनालाई थप उपचार र शल्यक्रियाका लागि आजै भरतपुर आँखा अस्पताल लगिएको छ। शल्यक्रिया, आवश्यक औषधि र चश्मा पूर्णतः निःशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ।

कार्यक्रमका सभाध्यक्ष तथा रत्ननगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष र नगर प्रवक्ता कुलप्रसाद सापकोटाले शिविरमा देखिएको जनसहभागिताले आफूलाई थप उत्साहित बनाएको बताउनु भयो। सापकोटाले आँखाको समस्याले धेरै नागरिक पीडित रहेको महसुस गर्दै अबदेखि प्रत्येक तीन-तीन महिनामा यस प्रकारको शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष सापकोटाले नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिरहेको लगानीबारे चर्चा गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको निःशुल्क शिक्षा, एम्बुलेन्स सेवा र विभिन्न अस्पतालमा गरिब तथा विपन्न नागरिकका लागि खडा गरिएको उपचार कोषबाट नागरिकले लाभ लिइरहेको जानकारी दिनुभयो।

शिविरको उद्घाटन समारोहमा वडा सदस्य उमादेवी पौडेल, वडा सचिव महेश सुवेदी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण गिरि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

मङ्गलबार, जेठ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.