• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कर्णाली प्रदेशका जनप्रतिनिधिलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना

  •  बुधबार, जेठ २०, २०८३ मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेशका स्थानीय तहका दलित जनप्रतिनिधिलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममार्फत यहाँका ७९ स्थानीय तहका जनप्रतिनिधिहरुलाई मानसिक स्वास्थ्य र नसर्ने रोगबारे सचेतना प्रदान गरिएको हो ।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लएचओ)का प्रतिनिधि प्रदीप अधिकारीले नसर्ने रोगबाट विश्व मानव समुदायलाई प्रभावित तुल्याइ रहकाले हरेक देश र नागरिकले यसबारे सजग हुन आवश्यक रहेको बताउनुभयो । नसर्ने रोगको पहिचान, नियन्त्रण तथा रोकथामका लागि थुप्रै प्रयास भइरहे पनि विश्वमा लाखौँ र नेपालमा हजारौँ मानिसले ज्यान गुमाउन परेकाले मानसिक तथा शारीरिक स्वास्थ्य बनाउन व्यक्ति स्वयंले आफ्नो जीवनशैली सुधार्न र सरकारले जारी गर्ने नीति निर्देशन अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कर्णाली प्रदेशका मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले पछिल्लो समयमा मानसिक तथा नसर्ने रोग समाजमा बढिरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । गरिबी, अशिक्षा, अभाव, सूचना तथा प्रविधि, सामाजिक सञ्जाल तथा बदलिँदो जीवनशैलीका कारण हरेक परिवार तथा समाजमा मानसिक रोग देखिन थालेको र यसले चिन्ता, उदासिनता तथा आत्महत्याजस्ता घटना बढ्दै गएकाले समयमै यसको पहिचानका साथै नियन्त्रण तथा रोकथामका उपायबारे उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय सुर्खेतका मानसिक स्वास्थ्य कार्यक्रमका सम्पर्क व्यक्ति खगेन्द्रप्रकाश गैरेले नसर्ने मुटुरोग, हाइपरटेन्सन, क्यान्सर, मधुमेह र श्वासप्रश्वासको समस्याजस्ता रोग बढिरहेकाले त्यसबारे स्थानीय तहका दलित जनप्रतिनिधिलाई जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर कार्यक्रम गरिएको बताउनुभयो । यसबाट समयमै रोगको पहिचान भई अकाल मृत्यु हुनबाट जोगाउने सहयोग मिल्ने उहाँको भनाइ थियो ।

सचेतना कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य रनसिंह परियार, प्रदेशसभाका पूर्वसदस्य सीता नेपाली, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनार, गुर्भाकोट नगरपालिकाका उपाध्यक्ष मैना विक, चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकलगायतका स्थानीय तहका कार्यपालिका सदस्यसहित ९५ जनाको सहभागिता थियो । रासस

बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.