चितवन । पछिल्लो समय चिकित्सा क्षेत्रमा बिरामीको रोजाईमा रहेनु भएका डा. भोजराज अधिकारीले वर्तमान राजनीतिक आबद्धताबाट निष्क्रिय हुने घोषणा गर्नु भएको छ।
आज शुक्रबार आफ्नो सामाजिक संजालमार्फत आधिकारिक रुपमा आफ्नो पेशागत दक्षता र अनुभवलाई अझ प्रभावकारी रूपमा समाजसेवामा केन्द्रित गर्ने उद्देश्यले आजकै मितिदेखि राजनीतिक सक्रियताबाट अलग हुने निर्णयबारे जानकारी दिनु भएको हो ।
डा.अधिकारीले राजनीतिक यात्राका क्रममा प्राप्त ज्ञान, अनुभव र दर्शनलाई समाजका लागिनै दिने बताउनु भएको छ। उहाँले वर्तमान समय कुनै राजनीतिक ‘वाद’ वा ‘आइडियोलोजी’को प्रतिस्पर्धाभन्दा विकास र परिणाममुखी कार्यको प्रतिस्पर्धामा केन्द्रित रहेको धारणा राख्नु भएको छ। पेशागत जिम्मेवारीसँगै समाजसेवाका विभिन्न क्षेत्रमा सचेत नागरिकका रूपमा योगदान दिनेसमेत उल्लेख गर्नु भएको छ।
राजनीतिक रूपमा आफू संलग्न रहेका सबै पद, जिम्मेवारी र सक्रिय दायित्वबाट अलग रहने निर्णय गर्नु भएका डा. अधिकारीले आफू समाज र राष्ट्रको लागि आफ्नो योगदान भने निरन्तर दिने बताउनु भएको छ।
