• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मस्तिष्क पक्षाघात : कारण र बच्ने उपाय

  •  शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित

मस्तिष्क पक्षाघात (स्ट्रोक) एक गम्भीर स्वास्थ्य समस्या हो, जसमा मस्तिष्कमा जाने रगतको आपूर्ति अचानक अवरुद्ध हुन्छ वा मस्तिष्कभित्र रक्तस्राव हुन्छ । मस्तिष्कलाई आवश्यक अक्सिजन र पोषण नपुग्दा मस्तिष्कका कोषहरू क्षतिग्रस्त वा नष्ट हुन थाल्छन् । समयमै उपचार नगरेमा यसले स्थायी अपाङ्गता हुन्छ । कतिपय अवस्थामा बिरामीको ज्यानसमेत जान सक्छ ।

मस्तिष्क पक्षाघात मुख्यतः दुई प्रकारका हुन्छन् :

इस्केमिक स्ट्रोक (Ischemic Stroke)

यो सबैभन्दा धेरै हुने प्रकार हो । मस्तिष्कमा जाने रक्तनलीमा जमेको रगत (clot) ले रगतको प्रवाह रोकिन्छ ।

हेमोरेजिक स्ट्रोक (Hemorrhagic Stroke)

यो रक्तनली फुटेर मस्तिष्कभित्र रक्तस्राव हुँदा हुने स्ट्रोक हो । यो कम मात्रामा हुने स्ट्रोक भए पनि बढी खतरनाक हुन्छ ।

कसरी हुन्छ मस्तिष्क पक्षाघात ?

मस्तिष्क पक्षाघात निम्न कारणहरूले हुन सक्छ :

उच्च रक्तचाप

मधुमेह

धुम्रपान र मद्यपान

कोलेस्ट्रोल बढ्नु

मुटुसम्बन्धी रोग

मोटोपना र शारीरिक निष्क्रियता

अत्यधिक तनाव

यी कारणहरूले रक्तनली साँघुरो बनाउने, रगत जमाउने वा जमेको रगत फुटाउने काम गर्छन्, जसले गर्दा स्ट्रोक हुन्छ ।

लक्षणहरू

मस्तिष्क पक्षाघातका लक्षणहरू अचानक देखा पर्छन्, जुन यसप्रकार छन् :

शरीरको एक भाग कमजोर हुनु वा चलाउन नसक्नु

मुख बाङ्गिनु

बोली अस्पष्ट हुनु वा बोल्न गाह्रो हुनु

आँखाले राम्रोसँग नदेख्नु

टाउको दुख्नु र चक्कर लाग्नु

सन्तुलन गुम्नु

यस्ता लक्षण देखिने बित्तिकै बिरामीलाई तुरुन्त अस्पताल लैजानु पर्छ । समयमै उपचार पाएमा ज्यान बचाउन सकिन्छ ।

बच्ने उपायहरू

मस्तिष्क पक्षाघातबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छ :

रक्तचाप नियन्त्रणमा राख्ने ।

नियमितरुपमा रक्तचाप जाँच गर्ने र आवश्यक परे औषधि सेवन गर्ने ।

स्वस्थ खानपान अपनाउने ।

नुनिलो, चिल्लो र बोसोयुक्त खाना कम गर्ने ।

फलफूल, सागसब्जी र सन्तुलित आहार खाने ।

नियमित व्यायाम गर्ने ।

दैनिक कम्तीमा ३० मिनेट हिँडडुल वा व्यायाम गर्ने ।

धुम्रपान र मद्यपान त्याग्ने । यी दुबै बानीले स्ट्रोकको जोखिम अत्यधिक बढाउँछ ।

मधुमेह र कोलेस्ट्रोल नियन्त्रण गर्ने ।

नियमित जाँच गरी आवश्यक उपचार गर्ने ।

तौल नियन्त्रणमा राख्ने । मोटोपनाले स्ट्रोकको जोखिम बढाउँछ, त्यसैले तौल सन्तुलित राख्नु महत्वपूर्ण हुन्छ ।

तनाव व्यवस्थापन गर्ने । योग, ध्यान र पर्याप्त आरामले मानसिक तनाव घटाउन मद्दत गर्छ ।

मस्तिष्क पक्षाघात एक आकस्मिक तर रोकथाम गर्न सकिने रोग हो । समयमै लक्षण चिन्नु, तुरुन्त उपचार गराउनु र स्वस्थ जीवनशैली अपनाउनु नै यसबाट बच्ने मुख्य उपाय हो । जनचेतना बढाएर र नियमित स्वास्थ्य परीक्षण गरेर यसबाट हुने जोखिमलाई धेरै हदसम्म घटाउन सकिन्छ ।

शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.