• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

टीकापुर अस्पतालमा जिन एक्सपर्ट मेसिन बिग्रदा बिरामीलाई समस्या

  •  आइतबार, जेठ १५, २०७९ मा प्रकाशित

टीकापुर, टीकापुर अस्पतालमा क्षयरोगका बिरामी निदान गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा बिरामीलाई समस्या परेको छ । अस्पतालमा हाल क्षयरोगको शङ्का लागेका बिरामीको खकार परीक्षणमात्रै हुने गरेको छ । चिकित्सकका अनुसार खकार परीक्षण गर्दा औषधि प्रतिरोधी क्षयरोग भएका बिरामी निदानमा समस्या हुने भएकाले जिन एक्सपर्ट गर्नुपर्ने हुन्छ ।

मेसिन बिग्रिएपछि यहाँका क्षयरोग शङ्का लागेको बिरामीलाई अस्पतालले धनगढी वा नेपालगञ्ज पठाउने गरेको टीकापुर अस्पतालका क्षय कुष्ठरोग सहायक रामप्रसाद ज्ञवालीले बताउनुभयो । ‘‘मेसिन बिग्रिएको छ । मेसिन मर्मतका लागि मानिस बोलाएका छौँ, तर अझै भएको छैन’’, उहाँले भन्नुभयो, ‘‘यसका साथै यहाँ छाती रोग विशेषज्ञ नभएका कारण पनि क्षयरोगका केही बिरामीलाई उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता छ ।’’

क्षय कुष्ठरोग सहायक ज्ञवाली मेसिन बिग्रिएका कारण उपचारमा आउने ५० प्रतिशत बिरामीले रोग निदानका लागि टीकापुर बाहिर जानुपरेको बताउनुभयो ।

औषधि प्रतिरोधी क्षयरोग भएका बिरामीको यहाँ उपचार त हुन्छ तर निदानमै समस्या छ । टीकापुरमा गत वर्ष ११९ जना क्षयरोगका बिरामी उपचारमा आएका थिए । चालु आर्थिक वर्षको फागुन महिनासम्म ११४ जना उपचार गरिरहेका छन् । टीकापुर नगरपालिकाका क्षयरोग अधिकृत सुस्मिता रावल यसवर्ष क्षयरोगका बिरामीको सङ्ख्या बढ्ने सक्ने बताउनुभयो । ‘‘हामीले खोजपड्ताल कार्यक्रमसमेत गरिरहेका छौँ, यसका साथै नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन विभिन्न गतिविधि भइरहेका छन्’’, उहाँले भन्नुभयो, ‘‘समुदायमा क्षयरोगी छन्, जति उपचारमा आउनुपर्ने थियो त्यति मानिस आएको देखिँदैन । अब हामी सबै मिलेर क्षयरोगी निदानका लागि काम गरेमा सङ्ख्या बढ्छ ।’’

क्षयरोग अधिकृत रावलले कैलालीमा क्षयरोग निदानका लागि ५१ डट्स केन्द्र, ३४ माइक्रोस्कोपी केन्द्र, तीन जिन एक्सपर्ट केन्द्र, दुई डीआर केन्द्र, एक डीआर सब सेन्टर र एक डीआर होम रहेको जानकारी दिनुभयो । ‘‘टीकापुरमा हाल तीन स्थानमा क्षयरोगीको निदानका लागि परीक्षणको व्यवस्था भएको बताउँदै थप तीन स्वास्थ्य संस्थामा परीक्षणका लागि ल्याब स्थापना गरिनेछ’’, उहाँले भन्नुभयो, ‘‘क्षयरोग सरुवा रोग भएकाले लक्षण देखिएकाहरुलाई समयमै उपचारमा लैजानुपर्छ । यो जिम्मेवारी परिवार, छिमेकी सबैको हो ।’’

टीकापुर नगरपालिकाले क्षयरोगी पत्ता लगाउन हरेक वडामा वडास्तरीय सूक्ष्म योजना बनाउन थालेको छ । वडामा रहेका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका, शिक्षक, बडघर तथा विभिन्न सङ्घसंस्थालाई जिम्मेवार बनाउन योजना बनाएरै काम थालेका सिनियर अनमी हेमा ज्ञवाली बताउनुहुन्छ । ‘‘समुदायमा अझै क्षयरोगका बिरामी रहेकाले तिनको निदानका लागि स्वास्थ्यकर्मी मात्रले सम्भव नहुने भएकाले सबैलाई सक्रिय बनाउन योजनासहित काम गर्ने तयारी भएको हो’’, क्षय कुष्ठरोग सहायक ज्ञवालीले भन्नुभयो, ‘‘अब समुदायमा लक्षण देखिएका बिरामीलाई अस्पताल प्रेषण गर्ने काम समुदायका नागरिकले गर्ने हो ।’’

कैलाली जिल्ला क्षयरोगको जोखिममा रहेको जिल्ला हो । सरकारले यसवर्ष देशभरका २२ जिल्लालाई क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु गरेको छ । कैलालीको टीकापुर क्षयरोगको जोखिममा रहेकाले सुदूरपश्चिमका तीन पालिका त्यसमा टीकापुर पनि छनोटमा परेर अभियान सुरु गरेको छ । क्षयरोगको उपचारमा आउनेहरुले नियमित औषधि सेवन नगर्दा पनि क्षयरोग निवारणमा समस्या हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘‘घरमुलीलाई क्षयरोग भएमा उसको परिवार नै समस्यामा पर्छ । नियमित औषधि सेवन गर्दा उसको रोजीरोटी चल्दैन’’, भन्नुभयो, ‘‘त्यसैले कतिपयले २÷३ महिना नियमित औषधि सेवन गर्ने अलि आराम भएपछि रोजगारीका लागि बाहिर जाने गर्नाले रोग निवारणमा समस्या हुन्छ । यो औषधि नियमित सेवन गर्नुपर्छ ।’’

आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.