• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४८२ जना लाभान्वित

  •  बुधबार, जेठ २७, २०८३ मा प्रकाशित

​वीरगञ्ज । पर्साकाे सखुवाप्रसाैनी गाउँपालिका वडा न. २ श्रीपुर पञ्चगावामा नि:शूल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ। सखुवा प्रसौनी गाउँपालिका, पर्साको समन्वय, पर्सा ख्रिष्टियन समाज, वीरगञ्जको आयोजना तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा श्री दीप नारायण आदर्श नमुना माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हाे।

​शिविरबाट ४ सय ८२ जना बिरामीहरूले स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएको पर्सा ख्रिष्टियन समाजका कोषाध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। ​शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति रोग र जनरल मेडिसिन सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शका साथै आवश्यक औषधि समेत नि:शुल्क वितरण गरिएको नेशनल मेडिकल कलेजका मार्केटिङ म्यानेजर जितेश चन्द्र दासले जानकारी दिनुभयो। यसका साथै शिविरमा रक्तचाप, मधुमेह, नाडी परीक्षण, तौल मापन, इसिजी र ईको लगायतका आधुनिक परीक्षण सेवाहरू समेत उपलब्ध गराइएको थियो।

​शिविरको महत्त्वबारे प्रकाश पार्दै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले भन्नुभयो, “ग्रामीण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने हाम्रो लक्ष्य हो। यस किसिमका शिविरले आर्थिक रूपमा विपन्न र अस्पतालसम्म पुग्न नसकेका नागरिकहरूलाई ठूलो राहत मिलेको छ। आगामी दिनमा पनि कलेज र समाजसँग मिलेर स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी कामहरू गर्नेछौँ।”

​नेशनल मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेनले शिविरको अनुभव साट्दै भन्नुभयो, ​”ग्रामीण क्षेत्रमा अझै पनि मुटुरोग र अन्य जटिल स्वास्थ्य समस्याबारे चेतनाको कमी देखिन्छ। शिविरमा धेरै बिरामीहरूमा बेलैमा रोग पहिचान गर्न सहज भएको छ। कलेज सधैँ यस्ता सामाजिक र मानवीय सेवाका कार्यहरूमा प्राविधिक सहयोग गर्न तत्पर रहनेछ।”

​यस विशेष अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र सखुवा प्रसौनी गाउँपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। साथै, नेशनल मेडिकल कलेज र पर्सा ख्रिष्टियन समाजबीच पनि छुट्टै स्वास्थ्य सहकार्य सम्झौता गरिएको छ।

​शिविरमा सहभागी भएका बिरामीहरूलाई नेशनल मेडिकल कलेजमा थप उपचार गराउँदा २० प्रतिशतसम्म विशेष छुट दिने सहमति भएकाे छ।

​कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट, स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद रौनियार, विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद चाैधरी लगायतके सहभागिता रहेको थियो। त्यस्तै पर्सा ख्रिष्टियन समाजका अध्यक्ष सिमोन राईकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन कोषाध्यक्ष राम प्रसाद घिमिरेले गर्नुभएकाे थियाे।

शिविरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको तर्फबाट प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रज किशोर चौधरी र मार्केटिङ म्यानेजर जितेश चन्द्र दास उपस्थित हुनुहुन्थ्यो। शिविरमा मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवि कुमार साह तथा जनरल फिजिसियन डा. प्रवेज आलम अन्सारी लगायतको टोलीले बिरामीहरूको स्वास्थ्य जाँच गरेको थियो।

बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.