• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

औषधि व्यवस्था विभागमा कर्मचारी अभाव, उजुरीमाथिको अनुगमन निष्प्रभावी

  •  बुधबार, जेठ २७, २०८३ मा प्रकाशित

काठमाडौँ । देशभर औषधि पसल र फार्मेसीको सङ्ख्या २६ हजार हाराहारी छ । औषधि उद्योगको सङ्ख्या १३० पुगेको छ । केन्द्र र मातहतका कार्यालय गरी कुल ११५ जनामात्रै कर्मचारी हुँदा विभागमा दिनहुँ आउने उजुरीमाथि कारबाही र बजार अनुगमन निष्प्रभावी बनेको छ ।

बजारमा विनाप्रिस्किप्सन जथाभाबी औषधि बिक्री गर्ने, फर्मासिस्ट नै नराखी पसल चलाउने, दर्ताविना व्यवसाय गर्ने र सामाजिक सञ्जालमार्फत अवैध औषधिको विज्ञापन गरी बिक्री गर्नेजस्ता गम्भीर बेथिति ह्वात्तै बढेको विभागका अधिकारीहरू बताउँछन् । केन्द्र मातहत ४९ जना जनशक्ति छन् । त्यसमध्ये पनि निरीक्षण गर्ने जनशक्ति २४ जनामात्रै छ ।

विभागका वरिष्ठ औषधि व्यवस्थापक किरण सुन्दर बज्राचार्यले विभागमा गुनासो प्राप्त हुँदा पनि कारबाही गर्ने स्थिति नभएको बताए । बज्राचार्यले भने, ‘अहिले पनि मकहाँ गुनासो आइरहेको छ । दर्तानै नभएको औषधि पसलबाट औषधि बिक्री गरिन्छ भनेर कम्प्लेन आउँदा पनि हामीले कारबाही गर्ने स्थिति छैन । काठमाडौँले धेरै जिल्ला हेर्नुपर्ने हुन्छ । अहिले भर्खरै पोखराको केस आयो । पोखराको केसमा विनाप्रिस्किप्सन औषधि बिक्री भयो भनेर मुद्दा हाल्न पोखरा नै जानुपर्छ । जनशक्ति अभावका कारण हाम्रो काम एकदमै फितलो हुन पुगेको छ ।’

विभागले गत जेठ १८ गते बजार अनुगमनका क्रममा सङ्कलन गरिएका औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको थियो । मार्बल नामक क्याल्सियम र भिटामिन डी ३ ट्याब्लेट बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको थियो । यस्तै, गत वैशाख ७ गते बजार अनुगमनका क्रममा ओन्डाट्रोन–फोर नामक औषधि न्यू गुणस्तर भएको पाइएकाले बजारबाट औषधि फिर्ता गर्न निर्देशन दिइएको थियो । यी त प्रतिनिधि घटनामात्रै हुन् । जनशक्ति अभावले बजार अनुगमन प्रभावकारी नभएको विभाग स्विकार्छ ।

नेपाल फार्मेसी परिषद्को तथ्याङ्क अनुसार ८ हजार ३५५ फर्मासिष्ट र फार्मेसी सहायक १६ हजार ९७७ दर्ता भएका छन् । जबकि औषधि पसलको सङ्ख्या नै २६ हजार छ । नियमानुसार औषधि पसल वा फार्मेसी सञ्चालन गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक अनिवार्य हुनुपर्ने प्रावधान छ । विगतमा औषधि व्यवस्था विभागले दिएको ओरियन्टेसनका आधारमा व्यवसायीहरूले औषधि बिक्री गर्ने गरेका थिए, तर अहिले यो व्यवस्था खारेज भइसकेको छ ।

बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.