• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

औषधि व्यवस्था विभागमा कर्मचारी अभाव, उजुरीमाथिको अनुगमन निष्प्रभावी

  •  बुधबार, जेठ २७, २०८३ मा प्रकाशित

काठमाडौँ । देशभर औषधि पसल र फार्मेसीको सङ्ख्या २६ हजार हाराहारी छ । औषधि उद्योगको सङ्ख्या १३० पुगेको छ । केन्द्र र मातहतका कार्यालय गरी कुल ११५ जनामात्रै कर्मचारी हुँदा विभागमा दिनहुँ आउने उजुरीमाथि कारबाही र बजार अनुगमन निष्प्रभावी बनेको छ ।

बजारमा विनाप्रिस्किप्सन जथाभाबी औषधि बिक्री गर्ने, फर्मासिस्ट नै नराखी पसल चलाउने, दर्ताविना व्यवसाय गर्ने र सामाजिक सञ्जालमार्फत अवैध औषधिको विज्ञापन गरी बिक्री गर्नेजस्ता गम्भीर बेथिति ह्वात्तै बढेको विभागका अधिकारीहरू बताउँछन् । केन्द्र मातहत ४९ जना जनशक्ति छन् । त्यसमध्ये पनि निरीक्षण गर्ने जनशक्ति २४ जनामात्रै छ ।

विभागका वरिष्ठ औषधि व्यवस्थापक किरण सुन्दर बज्राचार्यले विभागमा गुनासो प्राप्त हुँदा पनि कारबाही गर्ने स्थिति नभएको बताए । बज्राचार्यले भने, ‘अहिले पनि मकहाँ गुनासो आइरहेको छ । दर्तानै नभएको औषधि पसलबाट औषधि बिक्री गरिन्छ भनेर कम्प्लेन आउँदा पनि हामीले कारबाही गर्ने स्थिति छैन । काठमाडौँले धेरै जिल्ला हेर्नुपर्ने हुन्छ । अहिले भर्खरै पोखराको केस आयो । पोखराको केसमा विनाप्रिस्किप्सन औषधि बिक्री भयो भनेर मुद्दा हाल्न पोखरा नै जानुपर्छ । जनशक्ति अभावका कारण हाम्रो काम एकदमै फितलो हुन पुगेको छ ।’

विभागले गत जेठ १८ गते बजार अनुगमनका क्रममा सङ्कलन गरिएका औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको थियो । मार्बल नामक क्याल्सियम र भिटामिन डी ३ ट्याब्लेट बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको थियो । यस्तै, गत वैशाख ७ गते बजार अनुगमनका क्रममा ओन्डाट्रोन–फोर नामक औषधि न्यू गुणस्तर भएको पाइएकाले बजारबाट औषधि फिर्ता गर्न निर्देशन दिइएको थियो । यी त प्रतिनिधि घटनामात्रै हुन् । जनशक्ति अभावले बजार अनुगमन प्रभावकारी नभएको विभाग स्विकार्छ ।

नेपाल फार्मेसी परिषद्को तथ्याङ्क अनुसार ८ हजार ३५५ फर्मासिष्ट र फार्मेसी सहायक १६ हजार ९७७ दर्ता भएका छन् । जबकि औषधि पसलको सङ्ख्या नै २६ हजार छ । नियमानुसार औषधि पसल वा फार्मेसी सञ्चालन गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक अनिवार्य हुनुपर्ने प्रावधान छ । विगतमा औषधि व्यवस्था विभागले दिएको ओरियन्टेसनका आधारमा व्यवसायीहरूले औषधि बिक्री गर्ने गरेका थिए, तर अहिले यो व्यवस्था खारेज भइसकेको छ ।

बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.