काठमाडौं । नेपालमा हाडजोर्नी तथा ट्रमा उपचार सेवाको संस्थागत विकासलाई थप सुदृढ बनाउने उद्देश्यले डा. प्रमोद लामिछानेको नेतृत्वमा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ। अर्थोपेडिक उपचार, ट्रमा व्यवस्थापन तथा हाडजोर्नीसम्बन्धी सेवाहरूलाई सहज, सरल र बिरामीमैत्री बनाउने उद्देश्यका साथ सोसाइटी गठन गरिएको जनाइएको छ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, उपाध्यक्षमा डा. हेमन्तकुमार गुप्ता, महासचिवमा डा. विजयेन्द्र अधिकारी, कोषाध्यक्षमा डा. आलोक पाण्डे, सहसचिवमा डा. पविन थापा तथा सहकोषाध्यक्षमा डा. सञ्जित झा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरूमा डा. सरोज सिंह, डा. ओमप्रकाश चौधरी, डा. राजीव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदीप खनाल र डा. सार्थक नेपाल मनोनित हुनु भएको हो।
सोसाइटीले प्रदेश सदस्यका रूपमा कोशी प्रदेशबाट डा. रुपेशजंग वेलबासे, मधेश प्रदेशबाट डा. चन्द्रभूषण यादव, बागमती प्रदेशबाट डा. मनोज कँडेल, गण्डकी प्रदेशबाट डा. झपेन्द्र पोखरेल, लुम्बिनी प्रदेशबाट डा. प्रकृतिराज कँडेल, कर्णाली प्रदेशबाट डा. पुजनकुमार रोकाया तथा सुदूरपश्चिम प्रदेशबाट डा. मन्दीप पाठकलाई चयन गरेको छ। त्यस्तै, ‘साइन्टिफिक कमिटी’को अध्यक्षमा डा. रोहित श्रेष्ठ तथा सदस्यहरूमा डा. भास्करराज कार्की, डा. मनीष श्रेष्ठ र डा. विश्वबन्धु निरौलालाई चयन गरिएको हो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डा. प्रमोद लामिछानेले नेपालमा हाडजोर्नी तथा ट्रमा सेवाको पहुँच विस्तार गर्दै सबै बिरामीका लागि गुणस्तरीय, सुलभ र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको जानकारी दिनुभयो ।
सोसाइटीले वरिष्ठ चिकित्सक प्रा. डा. रमेशप्रसाद सिंहलाई संरक्षक चयन गरिएको छ।
