चितवन । भरतपुरस्थित दुई मेडिकल कलेजजमास्वास्थ्य बिमा कार्यक्रम हटेपछि भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको भिड बढेको छ । दुई सरकारी अस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीको भिड बढेको हो ।
भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलले दैनिक दुई हजार ३२३ जना बिमारीलाई बिहान ८ः०० देखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिनुभयो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालले दैनिक ८५० जना बिमारीलाई बिहान ८ः०० देखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिनुभयो ।
भारतीय सीमा क्षेत्रबाट समेत भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि बिरामी आउने गर्दा बिमारीको भिड बढेको हो ।
