• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भरतपुर अस्पतालमा सिटीस्क्यान सेवा अवरुद्ध

  •  शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
चितवन । भरतपुर अस्पतालमा दैनिक करिब ५० जनासम्मले सेवा लिँदै आएको सिटीस्क्यान सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या परेको छ । अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा केशव पौडेलका अनुसार नौ वर्ष पुरानो सिटीस्क्यान मेसिनको एक्स–रे ट्युब बिग्रिएपछि सेवा बन्द भएको हो । उहाँले भन्नुभयो, “सिटीस्क्यान मेसिनको मुख्य पार्ट नै ट्युब हो । यसले काम गर्न छाडेपछि सेवा सञ्चालन गर्न सकिँदैन । नयाँ ट्युब नेदरल्यान्ड्सबाट मगाउनुपर्ने भएकाले कम्तीमा दुई हप्ता लाग्ने जानकारी प्राप्त भएको छ ।”
डा पौडेलका अनुसार निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ । यस्तो अवस्थामा सिटीस्क्यान मेसिन बिग्रिँदा बिरामीले आवश्यक सेवा प्राप्त गर्न थप कठिनाइ भोग्नुपरेको छ । अस्पतालले मेसिन मर्मत तथा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।
देशको मध्यभागमा अवस्थित तथा सडक सञ्जालमार्फत अधिकांश क्षेत्रसँग सहज पहुँच भएकाले भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् ।
बिरामीको चाप बढ्दो
भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । निजी क्षेत्रका यहाँका दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या थप बढेको अस्पतालले जनाएको छ ।
पछिल्ला दिनमा अस्पतालको बहिरङ्ग (ओपिडी) सेवामा बिहानैदेखि अत्यधिक भीड हुन थालेपछि अस्पतालले पटकपटक सूचना जारी गर्दै सेवा दिनभर उपलब्ध रहने भएकाले बिहानै लाइनमा बस्न आवश्यक नरहेको जनाएको छ ।
अस्पतालका अनुसार हाल दैनिक तीन हजारदेखि तीन हजार ५०० सम्म बिरामी ओपिडीमार्फत विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणका लागि आउने गरेका छन् । विशेषज्ञ सेवा, प्रयोगशाला, रेडियोलोजी तथा अन्य उपचार सेवाका कारण यहाँ बिरामीको सङ्ख्या निरन्तर बढिरहेको छ ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार ओपिडी टिकट बिहान ८ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म वितरण गरिँदै आएको छ भने ओपिडी सेवा बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुन्छ । तर धेरै सेवाग्राही बिहान ६ः०० बजेदेखि नै टिकटका लागि लाइनमा बस्ने गरेका छन् । “बिहानको समयमा बिरामीको चाप धेरै हुन्छ, तर दिउँसो तुलनात्मक रूपमा कम भीड हुन्छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीले हतार नगरी आफूलाई अनुकूल समयमा आएर सेवा लिन सक्नुहुन्छ ।”
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले पछिल्लो समय बिरामीको चाप निरन्तर बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक ओपिडीका बिरामी, कुरुवा, आफन्त तथा अन्य सेवाग्राही गरी करिब १० देखि १२ हजार जनाको आवतजावत हुने गरेको छ । “भरतपुर अस्पताल चितवनसहित मध्य नेपालकै प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित हुँदै गएको छ”, उहाँले भन्नुभयो, “यसका कारण विभिन्न जिल्लाबाट थप बिरामी आउनेक्रम बढेको छ ।”
उहाँले अधिकांश बिरामी स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार गराउन आउने भएकाले निजी अस्पतालमा बिमा सेवा बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप उच्च भएको बताउनुभयो । मेडिकल सुपरिटेन्डेन्ट डा बगालेका अनुसार अस्पतालमा पहिलेको तुलनामा १५ देखि २० प्रतिशतभन्दा बढी बिरामी वृद्धि भएको छ । “हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदा नै बिरामीको चाप धान्न मुस्किल थियो”, उहाँले भन्नुभयो, “अहिले थप बिरामी आउन थालेपछि व्यवस्थापन झन चुनौतीपूर्ण बनेको छ ।”
उहाँले बिरामीको बढ्दो चाप व्यवस्थापनका लागि बहिरङ टिकटको सङ्ख्या निर्धारण गर्ने वा चिकित्सकलाई प्रोत्साहन गरी दुई सिफ्टमा सेवा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । भरतपुर महानगरपालिकासँग सहकार्य गरी नगर अस्पताल सञ्चालन गर्ने विषयमा छलफल अघि बढाइएको छ ।
अस्पतालमा नागरिकको आकर्षण हुनमा स्वास्थ्य बिमा कार्यक्रम, विशेषज्ञ चिकित्सकको उपलब्धता, विशिष्टीकृत सेवाको विस्तार तथा आधुनिक उपकरणमार्फत उपचार र परीक्षण सुविधा थपिनु मुख्य कारण रहेको अस्पतालको भनाइ छ । बढ्दो बिरामी चापलाई मध्यनजर गर्दै अस्पतालले सेवा विस्तार, पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।
अस्पतालमा विकास समितितर्फ ७२ जना विशेषज्ञ चिकित्सक, १० जना डेन्टल सर्जन, ६४ जना मेडिकल अधिकृत तथा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, ल्याब टेक्निसियन, फार्मेसी सहायकलगायत अन्य प्राविधिक एवं कर्मचारी गरी कुल ७०७ जना कार्यरत छन् । नेपाल सरकारतर्फ ४२ जना विशेषज्ञ चिकित्सक र छात्रवृत्ति कार्यक्रमअन्तर्गत २९ जना विशेषज्ञ चिकित्सक गरी ७१ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । २३ जना मेडिकल अधिकृत र छात्रवृत्ति कार्यक्रमअन्तर्गत १४ जना मेडिकल अधिकृत गरी ३७ जना मेडिकल अधिकृत छन् ।
चिकित्सकबाहेक नर्स, अन्य स्वास्थ्य प्राविधिक तथा प्रशासनतर्फ २५३ जना कर्मचारी नेपाल सरकारको दरबन्दीमा कार्यरत छन् । अस्पतालमा सुरक्षा गार्ड, सरसफाइ कर्मचारीलगायत करिब २०० जना जनशक्ति बाह्य कम्पनीमार्फत परिचालन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.