• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

चितवन मुटु अस्पताललाई मेडिकल कलेज नै बनाउने योजना छ

  •  शनिबार, असार ०६, २०८३ मा प्रकाशित

मुटुरोगले ६६ वर्षकी आमालाई लगेपछि मलाई चितवनमा मुटुरोगसम्बन्धी विशिष्टीकृत अस्पताल खोल्ने इच्छा थियो । मेरा भान्जा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको साथ पाएपछि म पनि चितवन मुटु अस्पतालको संस्थापक बन्न पुगेँ । मुटुरोगकै कारण मैले आमा गुमाउनु परे पनि अन्य सन्तानहरूले मुटुरोगकै कारण आफ्‌नी आमाहरू गुमाउनु नपरोस् भन्ने उद्देश्यले म चितवन मुटु अस्पतालमा जोडिएँ ।

मेरी आमा सीतादेवी शर्मा मुटुरोगका कारण स्ट्रोक भइ बित्नुभयो । उहाँलाई पहिले माइनर अट्याक भएको थियो । आमाले आफ्‌नो बायाँ हर नचलेको जस्तो भयो भनेपछि त्यति बेला चितवनमा कार्यरत वरिष्ठ न्यूरोसर्जन डा. बालकृष्ण थापाले आमाको उपचार गर्नुभएको थियो । डा. थापाले उपचार गरेको दुई दिनपछि आमाले केही सजिलो महसुस गर्नुभएको थियो तर ६ दिनपछि स्ट्रोकको मेजर अट्याक भएर उहाँले जीवन गुमाउनु पर्‍यो ।

मुटुरोगको उपचारको क्षेत्रमा चितवन मुटु अस्पताल प्रा.लि.लाई अग्रणी संस्था बनाउने हाम्रो लक्ष्य रहेको छ । यस अस्पताललाई तत्काल सय बेडको बनाउने र दीर्घकालमा मेडिकल कलेज नै बनाउने योजना छ । हाल २५ बेड क्षमतामा चितवन मुटु अस्पताल सञ्चालन भइरहेको छ । मुटुरोगसम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि दिने हाम्रो प्रयास निरन्तर चलिरहेको छ । अहिले सरकारले मेडिकल कलेजको स्वीकृति दिने काम रोकेको हुँदा तत्कालै केही गर्न सक्ने अवस्था छैन तर सरकारले स्वीकृति दिएको बेला यसलाई मेडिकल कलेज बनाउने सोच हाम्रो टिमको छ ।

राजधानी काठमाडौँ वा चितवनमा मात्र नभई नेपालका सबै प्रदेशमा स्वास्थ्य क्षेत्रका सुविधासम्पन्न संरचना आवश्यक छ । म अहिले अमेरिकाको भर्जिनियामा सपरिवार बस्छु । श्रीमती निलिमा बैंकिङ क्षेत्रमा कार्यरत छिन् । छोरा आयुष र छोरी स्नेहा दुबै जना सफ्‌टवेयर इन्जिनियर हुन् । अमेरिका जस्तो विकसित राष्ट्रमा पनि स्वास्थ्य सेवा लिन एक महिनाअघि नै अप्वाइन्टमेन्ट लिएर डाक्टरलाई भेट्नुपर्छ । नेपालमा त उही दिन डाक्टरलाई भेटेर आवश्यक चेकजाँच गराउन सकिन्छ । यो राम्रो पक्ष हो ।

नेपालमा स्वास्थ्य क्षेत्रको विकासका लागि थुप्रै अवसरहरू छन् । हरेक प्रदेशमा सुविधासम्पन्न विशिष्ट अस्पतालहरू खोल्नु पर्छ । त्यसका लागि गैरआवासीय नेपालीहरूको साथ र सहयोग लिन सकिन्छ । विशिष्टीकृत स्वास्थ्य सेवा दिने अस्पतालहरू खोल्न आवश्यक रकम गैरआवासीय नेपालीहरूबाट संकलन गर्न सकिन्छ । दक्ष जनशक्तिका लागि आवश्यक शिक्षा र तालिमको व्यवस्था गर्न सकिन्छ । राजधानी काठमाडौँमा रहेका जस्तै विशिष्टीकृत अस्पताल राजधानीबाहिर पनि खोल्न सकियो भने उच्चकोटीको स्वास्थ्य सेवा लिन काठमाडौँ नै जानुपर्ने बाध्यता सहजै हट्नेछ ।

स्वास्थ्य क्षेत्रमा लगानी गर्न चाहन्छन् गैरआवासीय नेपाली

अमेरिकालगायत विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरू नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न इच्छुक हुनुहुन्छ । त्यसका लागि सरकारले वातावरण भने बनाइदिनु पर्छ । आरोग्य पर्यटन (मेडिकल टुरिज्म) को आकर्षक गन्तव्यका रुपमा नेपाललाई विकास गर्न सकिन्छ ।

नेपालमा सबैखाले अंग प्रत्यारोपणका प्रविधि ल्याउन सकिन्छ । यसका लागि दक्ष जनशक्ति र राम्रा उपकरण आवश्यक पर्छ । सरकारले दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्नुपर्छ । नयाँ उपकरण ल्याउने कुरामा पनि सरकारबाट सहजीकरण हुनुपर्छ । अनुदानको व्यवस्था गर्नुपर्छ सरकारले ।

अमेरिकामा बिरामीका सबै रिपोर्ट अनलाइनमा सुरक्षित गरिन्छ । बिरामीले आफ्‌ना स्वास्थ्य जाँचका कागजपत्र अनलाइनमा माइ चार्टमार्फत् हेर्न सक्छन् । त्यहाँ आफ्‌ना हेल्थ रिपोर्ट अपलोड गर्न सक्छन् । नेपालमा पनि यस्तो खालको सेवा सरकारले सुरु गर्न सक्छ । माइ चार्ट जस्तै डाटामा आधारित प्रणाली हुने हो भने सर्वसाधारण सेवाग्राही र स्वास्थ्य सेवा प्रदायकलाई धेरै सजिलो हुनेछ ।

गैरआवासीय नेपालीका रुपमा हामीले सरकारलाई के सहयोग गर्नुपर्छ, त्यसका लागि हामीहरू तयार छौँ । प्राइभेट पब्लिक पार्टनरसिपमा काम गर्न सकिन्छ । नेपाललाई स्वास्थ्य क्षेत्रमा विश्वकै नमुना बनाउने काममा आवश्यक लगानी गर्न गैरआवासीय नेपालीहरू तयार छन् । वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने हो भने गैरआवासीय नेपालीहरूको सहयोग र सहकार्यमा जोड दिनुपर्छ । त्यसो गर्न सकियो भने विकसित राष्ट्रका आधुनिक चिकित्सा क्षेत्रमा भएगरेका उपलब्धिलाई नेपालमा पनि ल्याउन सकिन्छ, जसले गर्दा नेपालको स्वास्थ्य क्षेत्रलाई दीर्घकालीनरुपमा अगाडि बढाउन मद्दत पुग्दछ ।

हरेक गैरआवासीय नेपालीहरू एक बिन्दुमा पुगेपछि आफू जन्मिएको देशको माटोप्रति निकै नै संवेदनशील बनेको हामीले महसुस गरेका छौँ । विभिन्न परिस्थितिले नेपाल छोडेर विदेश गए पनि हामी र हाम्रो पुस्ताले दुःख गरी आर्जन गरेको पैसा र व्यावहारिक ज्ञानलाई आफ्‌नै जन्मभूमिमा फर्केर लगानी गर्न तयार छौँ । विदेशमा गएर कमाउँदैमा हामी गैरआवासीय नेपालीहरू उतै रमाउँछौँ भन्ने सोच्नु गलत हुनेछ । हामी जहाँ रहे पनि मातृभूमिप्रतिको हाम्रो दायित्व हामीले भुलेका छैनौँ ।

विदेशमा संघर्ष गरेर एउटा पहिचान बनाउन सफल म जस्ता थुप्रै गैरआवासीय नेपाली दाजुभाइहरू नेपालमा केही गरौँ भन्ने हुटहुटी बोकेर बसेका छौँ । हाम्रो यो उत्साह र ऊर्जालाई सरकारले उपयोग गर्न सक्ने हो भने त्यसको फाइदा नेपाल र नेपालीलाई नै हुने हो । यसका लागि सुलभ स्वास्थ्य सेवाको अवधारणा ल्याएर सरकारले स्वास्थ्य संरचना अभिवृद्धि गर्नेतर्फ अगाडि बढ्नु पर्ने देखिन्छ ।

शनिबार, असार ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.