• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

चितवन मुटु अस्पताललाई मेडिकल कलेज नै बनाउने योजना छ

  •  शनिबार, असार ०६, २०८३ मा प्रकाशित

मुटुरोगले ६६ वर्षकी आमालाई लगेपछि मलाई चितवनमा मुटुरोगसम्बन्धी विशिष्टीकृत अस्पताल खोल्ने इच्छा थियो । मेरा भान्जा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको साथ पाएपछि म पनि चितवन मुटु अस्पतालको संस्थापक बन्न पुगेँ । मुटुरोगकै कारण मैले आमा गुमाउनु परे पनि अन्य सन्तानहरूले मुटुरोगकै कारण आफ्‌नी आमाहरू गुमाउनु नपरोस् भन्ने उद्देश्यले म चितवन मुटु अस्पतालमा जोडिएँ ।

मेरी आमा सीतादेवी शर्मा मुटुरोगका कारण स्ट्रोक भइ बित्नुभयो । उहाँलाई पहिले माइनर अट्याक भएको थियो । आमाले आफ्‌नो बायाँ हर नचलेको जस्तो भयो भनेपछि त्यति बेला चितवनमा कार्यरत वरिष्ठ न्यूरोसर्जन डा. बालकृष्ण थापाले आमाको उपचार गर्नुभएको थियो । डा. थापाले उपचार गरेको दुई दिनपछि आमाले केही सजिलो महसुस गर्नुभएको थियो तर ६ दिनपछि स्ट्रोकको मेजर अट्याक भएर उहाँले जीवन गुमाउनु पर्‍यो ।

मुटुरोगको उपचारको क्षेत्रमा चितवन मुटु अस्पताल प्रा.लि.लाई अग्रणी संस्था बनाउने हाम्रो लक्ष्य रहेको छ । यस अस्पताललाई तत्काल सय बेडको बनाउने र दीर्घकालमा मेडिकल कलेज नै बनाउने योजना छ । हाल २५ बेड क्षमतामा चितवन मुटु अस्पताल सञ्चालन भइरहेको छ । मुटुरोगसम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि दिने हाम्रो प्रयास निरन्तर चलिरहेको छ । अहिले सरकारले मेडिकल कलेजको स्वीकृति दिने काम रोकेको हुँदा तत्कालै केही गर्न सक्ने अवस्था छैन तर सरकारले स्वीकृति दिएको बेला यसलाई मेडिकल कलेज बनाउने सोच हाम्रो टिमको छ ।

राजधानी काठमाडौँ वा चितवनमा मात्र नभई नेपालका सबै प्रदेशमा स्वास्थ्य क्षेत्रका सुविधासम्पन्न संरचना आवश्यक छ । म अहिले अमेरिकाको भर्जिनियामा सपरिवार बस्छु । श्रीमती निलिमा बैंकिङ क्षेत्रमा कार्यरत छिन् । छोरा आयुष र छोरी स्नेहा दुबै जना सफ्‌टवेयर इन्जिनियर हुन् । अमेरिका जस्तो विकसित राष्ट्रमा पनि स्वास्थ्य सेवा लिन एक महिनाअघि नै अप्वाइन्टमेन्ट लिएर डाक्टरलाई भेट्नुपर्छ । नेपालमा त उही दिन डाक्टरलाई भेटेर आवश्यक चेकजाँच गराउन सकिन्छ । यो राम्रो पक्ष हो ।

नेपालमा स्वास्थ्य क्षेत्रको विकासका लागि थुप्रै अवसरहरू छन् । हरेक प्रदेशमा सुविधासम्पन्न विशिष्ट अस्पतालहरू खोल्नु पर्छ । त्यसका लागि गैरआवासीय नेपालीहरूको साथ र सहयोग लिन सकिन्छ । विशिष्टीकृत स्वास्थ्य सेवा दिने अस्पतालहरू खोल्न आवश्यक रकम गैरआवासीय नेपालीहरूबाट संकलन गर्न सकिन्छ । दक्ष जनशक्तिका लागि आवश्यक शिक्षा र तालिमको व्यवस्था गर्न सकिन्छ । राजधानी काठमाडौँमा रहेका जस्तै विशिष्टीकृत अस्पताल राजधानीबाहिर पनि खोल्न सकियो भने उच्चकोटीको स्वास्थ्य सेवा लिन काठमाडौँ नै जानुपर्ने बाध्यता सहजै हट्नेछ ।

स्वास्थ्य क्षेत्रमा लगानी गर्न चाहन्छन् गैरआवासीय नेपाली

अमेरिकालगायत विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरू नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न इच्छुक हुनुहुन्छ । त्यसका लागि सरकारले वातावरण भने बनाइदिनु पर्छ । आरोग्य पर्यटन (मेडिकल टुरिज्म) को आकर्षक गन्तव्यका रुपमा नेपाललाई विकास गर्न सकिन्छ ।

नेपालमा सबैखाले अंग प्रत्यारोपणका प्रविधि ल्याउन सकिन्छ । यसका लागि दक्ष जनशक्ति र राम्रा उपकरण आवश्यक पर्छ । सरकारले दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्नुपर्छ । नयाँ उपकरण ल्याउने कुरामा पनि सरकारबाट सहजीकरण हुनुपर्छ । अनुदानको व्यवस्था गर्नुपर्छ सरकारले ।

अमेरिकामा बिरामीका सबै रिपोर्ट अनलाइनमा सुरक्षित गरिन्छ । बिरामीले आफ्‌ना स्वास्थ्य जाँचका कागजपत्र अनलाइनमा माइ चार्टमार्फत् हेर्न सक्छन् । त्यहाँ आफ्‌ना हेल्थ रिपोर्ट अपलोड गर्न सक्छन् । नेपालमा पनि यस्तो खालको सेवा सरकारले सुरु गर्न सक्छ । माइ चार्ट जस्तै डाटामा आधारित प्रणाली हुने हो भने सर्वसाधारण सेवाग्राही र स्वास्थ्य सेवा प्रदायकलाई धेरै सजिलो हुनेछ ।

गैरआवासीय नेपालीका रुपमा हामीले सरकारलाई के सहयोग गर्नुपर्छ, त्यसका लागि हामीहरू तयार छौँ । प्राइभेट पब्लिक पार्टनरसिपमा काम गर्न सकिन्छ । नेपाललाई स्वास्थ्य क्षेत्रमा विश्वकै नमुना बनाउने काममा आवश्यक लगानी गर्न गैरआवासीय नेपालीहरू तयार छन् । वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने हो भने गैरआवासीय नेपालीहरूको सहयोग र सहकार्यमा जोड दिनुपर्छ । त्यसो गर्न सकियो भने विकसित राष्ट्रका आधुनिक चिकित्सा क्षेत्रमा भएगरेका उपलब्धिलाई नेपालमा पनि ल्याउन सकिन्छ, जसले गर्दा नेपालको स्वास्थ्य क्षेत्रलाई दीर्घकालीनरुपमा अगाडि बढाउन मद्दत पुग्दछ ।

हरेक गैरआवासीय नेपालीहरू एक बिन्दुमा पुगेपछि आफू जन्मिएको देशको माटोप्रति निकै नै संवेदनशील बनेको हामीले महसुस गरेका छौँ । विभिन्न परिस्थितिले नेपाल छोडेर विदेश गए पनि हामी र हाम्रो पुस्ताले दुःख गरी आर्जन गरेको पैसा र व्यावहारिक ज्ञानलाई आफ्‌नै जन्मभूमिमा फर्केर लगानी गर्न तयार छौँ । विदेशमा गएर कमाउँदैमा हामी गैरआवासीय नेपालीहरू उतै रमाउँछौँ भन्ने सोच्नु गलत हुनेछ । हामी जहाँ रहे पनि मातृभूमिप्रतिको हाम्रो दायित्व हामीले भुलेका छैनौँ ।

विदेशमा संघर्ष गरेर एउटा पहिचान बनाउन सफल म जस्ता थुप्रै गैरआवासीय नेपाली दाजुभाइहरू नेपालमा केही गरौँ भन्ने हुटहुटी बोकेर बसेका छौँ । हाम्रो यो उत्साह र ऊर्जालाई सरकारले उपयोग गर्न सक्ने हो भने त्यसको फाइदा नेपाल र नेपालीलाई नै हुने हो । यसका लागि सुलभ स्वास्थ्य सेवाको अवधारणा ल्याएर सरकारले स्वास्थ्य संरचना अभिवृद्धि गर्नेतर्फ अगाडि बढ्नु पर्ने देखिन्छ ।

शनिबार, असार ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.