• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

  •  सोमबार, असार ०८, २०८३ मा प्रकाशित

टीकापुर  । सिकलसेल थालासेमियाबाट लामो समयदेखि बिरामी रहेकी कैलालीको टीकापुर–७ की अनुपा चौधरी सानैदेखि विभिन्नखाले समस्या भोगिरहनुभएको छ । आर्थिक हिसाबले राम्रै परिवारमा हुर्किएकी अनुपालाई सानो हुँदा परिवारले धेरै उपचार गरे । जति उपचार गर्दा पनि निको नभएपछि बाँकेको नेपालगन्ज उपचारमा गएका भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट विज्ञ डा राजन पाण्डे भेटेपछि सिकलसेल थालासेमिया भएको थाहा भयो र उपचार सुरु भयो ।

लामो समयदेखि उपचार गरिरहेकी अनुपाले नियमित रगत चढाउनुपर्ने, उपचारमा अस्पताल बस्नुपर्ने समस्याले विगतमा धेरै मानसिक तनाव भोग्नुपर्यो । “सुरुमा मलाई के समस्या छ भन्ने पत्ता लगाउनै मुस्किल भयो, बुबा शिक्षक भएकाले हरेक पटक स्वास्थ्य समस्या हुँदा उपचारका लागि भारत लैजानुहुन्थ्यो”, अनुपा सम्झनुहुन्छ, “म नियमित बिरामी हुँदा परिवारका सदस्यलाई पनि तनाव धेरै भयो । धेरै वर्ष भारतमा उपचार गरे पनि रोग पत्ता लागेको थिएन । डा पाण्डे भेटेपछि मात्र मेरो रोग निदान भयो ।” त्यसपछि सेती अञ्चल अस्पताल र नेपालगन्ज भेरी अस्पतालबाट अनुपाले सेवा लिन थाल्नुभयो । परिवारलाई केही राहत भयो ।

“जतिबेला शरीरमा दुखाइ हुन्छ, हातखुट्टाका हड्डी तथा जोर्नी, ढाड कम्मर, छाती, पेट, हातखुट्टाका औला सुन्निने दुख्ने, काँध, घुँडा, कुर्कुच्चामा पनि सहनै नसकिने दुखाइ हुन्छ”, उहाँ भन्नुहुन्छ, “सिकलसेल क्राइसिसका बेला यस्तो दुखाइ हुने रहेछ, यस्तो भएमा तुरुन्त अस्पताल हिँडिहाल्छौँ । हामीलाई साथ दिने परिवार चाहिन्छ ।” यस्तो पीडामा अनुपालाई बुझिदिने जीवनसाथी साथमा छन् । अनुपा सिकलसेल थालासेमियाको बिरामी हुन् भन्ने थाह हुँदाहुँदै पनि उनका श्रीमान्ले उनीसँग विवाह गरे । हाल उहाँहरू सन्तान जन्माउनका लागि चिकित्सकसँग परामर्शमा हुनुहुन्छ । “मैले म रोगी हो, मैले जन्माएका सन्तान पनि रोगी हुन्छन्, विवाह नगरौँ भने, उहाँले म माया गर्छु, साथ दिन्छु, विवाह गरौँ भन्नुभयो”, अनुपा सम्झनुहुन्छ, “मेरो परिवारसँग बसेर सल्लाह भएपछि विवाह भयो ।” रोग र भोगाइबाट परिपक्व भएकी अनुपा अहिले सिकलसेलका बिरामीलाई परामर्श दिने र हौसला दिने काम गरिरहनुभएको छ । चिकित्सकका अनुसार सिकलसेल विवाह कुण्डलीका अनुसार आमा सिकलसेल थालासेमिया भएको र बुबा पूर्ण रूपमा निरोगी भएमा बच्चा निरोगी जन्मने सम्भावना हुन्छ ।

“बच्चाले आमाबाट असामान्य जीन पाउन सक्छ, त्यसैले केही बच्चावाहक जन्मन सक्छन्”, टीकापुर अस्पतालमा एमडी फिजिसियन डा सरोज खनाल भन्नुहुन्छ, “वाहक भएमा समस्या हुँदैन तर रोगी भएमा नियमित उपचार गर्नुपर्छ ।” अर्का बिरामी टीकापुर नगर समितिका अध्यक्ष लालबहादुर चौधरीको जीवन युवावस्थामा निकै रमाइलो थियो । साथीभाइ जम्मा हुने, गाउँमै खसी, बाख्रा काट्ने र समूहमा बसेर खाने गर्थे । विसं २०७२ मा लालबहादुर निकै बिरामी पर्नुभयो । धेरै अस्पतालमा उपचार गर्नुभयो तर निको भएन । उहाँ पनि नेपालगन्ज उपचारमा गएपछि सिकलसेल भएको थाहा पाउनुभयो । सिकलसेल थालासेमिया भएको थाहा पाएपछि एउटै थालमा खाना खाने लालबहादुरका साथी सबै टाढिए । उनीहरूले दुव्र्यवहार गर्न थाले । लालबहादुरले समाज र साथीभाइको दुव्र्यवहारका कारण तीनपटकसम्म आत्महत्याको प्रयास गर्नुभयो । “सिकलसेलका बिरामीलाई त्यो बेला अपराधीजस्तै व्यवहार गरिन्थ्यो, यसकै गल्तीले रोग लागेको हो भन्थे”, लालबहादुर भन्नुहुन्छ, “मैले बाँच्छु सोचेकै थिएन । हरेक महिना अस्पताल भर्ना हुनुपर्ने भएपछि जीवन सकिदिउँजस्तो लाग्थ्यो । मलाई मानसिक स्वास्थ्य समस्या भयो ।” लालबहादुर धेरै मानसिक तनावमा भएका बेला शारीरक र मानसिक रूपमा गल्दै गरेको देखेर एउटा साथीले सम्हाले, सम्झाएँ । उहाँ सम्हालिएर र आजभोलि सिकलसेल अभियन्ताका रुपमा समाजमा काम गरिरहनुभएको छ ।

“अब मेरो जीवनको उद्देश्य मजस्तो मानसिक तनाव कसैलाई नहोस् भन्ने हो”, उहाँ भन्नुहुन्छ, “रोगले धेरै गलायो, गलेर उठेपछि अभियन्ता बनेको छु ।” धेरै पीडा र समस्या झेलेका लालबहादुरले पछि सङ्गठित हुनुपर्छ र सबैका समस्या समाधानमा सघाउनुपर्छ भनी टीकापुर सिकलसेल समिति गठन गर्नुभयो । जसले लालबहादुरजस्ता समस्या भएका धेरै जना भेटिए । बैठकमा छलफल गर्ने, समस्यामा रहेकालाई मनोपरामर्श दिने, उपचारका लागि सघाउने कार्य सुरु भयो । लालबहादुर आजभोलि समुदायमा बिरामीलाई परामर्श दिने, उपचार पक्रियाबारे जानकारी दिने, अस्पतालमा आउन नसक्नेलाई अस्पताल ल्याउने र चिकित्सकसँग सल्लाह लिने काम गर्नुहुन्छ । टीकापुरमा ३०० बढी सिकलसेल सङ्क्रमित छन् । पालिकाले सिकलसेलका बिरामीको निदान र सहज उपचारका लागि यसै वर्षबाट सिकलसेल सहरी स्वास्थ्य प्रवर्द्धन तथा सिकलसेल केन्द्र सञ्चालनमा ल्याएको छ । कैलालीमै छुट्टै उपचार सेवा केन्द्र खोलने टीकापुर पहिलो पालिका हो ।

टीकापुरका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीका अनुसार टीकापुरमा दुई हजार नागरिकको स्वास्थ्य परीक्षण गर्दा ३०० बढी सङ्क्रमित फेलापरेका छन् । जसमा ८० जना कडा खाल (सिकलसेल थालासेमिया)का बिरामी छन् । बाँकी वाहक हुन् । “पालिकाले केही दिनअघि एक हजार विद्यार्थीका स्वास्थ्य परीक्षण गरेको छ । त्यसको नतिजा आउन बाँकी छ”, उहाँ भन्नुहुन्छ, “थारू जातिमा बढी देखिने यो रोग परीक्षण गरेका १५ प्रतिशतलाई देखिन थालेको छ ।” सार्कीका अनुसार पालिकाले बिरामीको निदान र उपचार सहजताका लागि काम गरिरहेको छ । यसका साथै बिरामीको निःशुल्क स्वास्थ्य बिमामा सघाउने गरेको छ ।

टीकापुर नगरपालिका सामाजिक विकास समितिका संयोजक लालवीर चौधरी थारू समुदायमा सिकलसेल समस्या बढी देखिएकाले पालिकाले प्राथमिकता दिएर छुट्टै सिकलसेल केन्द्र स्थापना गरेको, स्वास्थ्य बिमाजस्ता कार्यमा सघाइरहेका बताउनुहुन्छ । “उनीहरूका मागका आधारमा अन्य कार्यक्रमसमेत गर्ने गरेका छौँ, उनीहरूलाई घरमै बसेर आयआर्जनसँग जोडिने खालका कार्यक्रम गर्ने योजना बनाइरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “घरमा एक जना बिरामी हुँदा त्यसको असर परिवारलाई नै पर्छ । त्यसैले आउँदा दिनमा यो रोगबाट बच्ने उपायबारे पनि सचेतना जगाउने काम भइरहेको छ ।”रासस

सोमबार, असार ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.