• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयो

  •  मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो । पोषणमा २५ किलो चामल, एक क्यारेट अण्डा, डेढ किलो चिनी, दुई किलो दाल, एक लिटर खानेतेल र डेढ किलो गेडागुडी वितरण गरेको छ ।

टीकापुर नगरपालिकामा विगत चार वर्षदेखि क्षयरोगमुक्त पालिका अभियान सञ्चालनमा छ । सो अभियानअन्तर्गत क्षयरोगीको निदान र उपचारमा प्राथमिकता दिइएको छ । निदान नभएका क्षयरोगीका कारण समुदायमा क्षयरोग फैलने जोखिम उच्च भएकाले पालिकाले निदानलाई प्राथमिकता दिएर काम गरिरहेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले बताउनुभयो । “क्षयरोगका बिरामीलाई पोषिलो खानेकुरा चाहिन्छ, हामीकहाँ गरिब परिवारका सदस्यमा क्षयरोग धेरै देखिने गरेको छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले अति गरिब परिवारलाई खाद्यान्न सहयोग गरेका हौँ ।”

पालिकाले नियमित रुपमा पोषण सहयोग गर्ने गरेको छ । गत वर्ष ११७ जनालाई पोषण सहयोग गरेको थियो । “अभियानलाई हामीले तीव्र बनाएका छौँ, तर बजेट घट्दै गएको छ”, अधिकृत रावलले भन्नुभयो, “यस वर्ष क्षयरोगमुक्त पालिका अभियानका लागि रु सात लाखमात्र बजेट थियो । गत वर्ष रु २४ लाख ३३ हजार बजेट थियो । केन्द्रले नै बजेट घटाउँदै लगेको छ ।” क्षयरोगका बिरामीको खोज पड्तालका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा पठाउने, क्षयरोग स्वयंसेवक हरेक वडामा खटाएको, निदानका लागि शिक्षक, बडघर, भल्मन्सालाई परिचालन गरेको पालिकाले जनाएको छ । यसका साथै क्षयरोगी निदानका लागि समुदायमै परीक्षण शिविर, एआई एक्स–रे मेसिनबाट परीक्षणजस्ता काम भइरहेका विजयनगर सहरी स्वास्थ्य केन्द्रका क्षयरोग स्थानीय स्रोत व्यक्ति स्वास्थ्यकर्मी लक्ष्मीनारायण पोख्रेलले बताउनुभयो । यहाँ क्षयरोग निदान र नियन्त्रणका लागि निःशुल्क खकार परीक्षण, टीकापुर अस्पतालमा जिनएक्सपर्ट प्रविधिबाट क्षयरोग निदान गरिने गरिएको छ ।

“समुदायमा खोज पड्ताल नियमित रुपमा गरिरहेका छौँ”, पोख्रेलले भन्नुभयो, “विद्यालय, समुदाय र मिडियामार्फत पनि क्षयरोगसम्बन्धी जनचेतना जगाउने काम भइरहेका छन् । हामीले क्षयरोगीको सम्पर्कमा रहेका परिवारका सदस्यको पनि स्क्रिनिङ तथा परीक्षण गर्ने गरेका छौँ ।” पालिकाले औषधि प्रतिरोधी क्षयरोग पहिचानका लागि धनगढी वा नेपालगञ्ज जानुपर्ने बिरामीलाई यातायात खर्चसमेत उपलब्ध गराउने गरेको छ । टीकापुरमा यस वर्ष १७४ क्षयरोगका बिरामी भेटिएका छन् ।

टीकापुर अस्पतालसहितका टीकापुरका सबै स्वास्थ्य संस्थामा बिरामीको उपचारका लागि ‘डट्स’ कार्यक्रम सञ्चालनमा छ । यहाँ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित रुपमा औषधि सेवन गराउने, औषधि बीचमै छोड्ने समस्या कम गर्ने कार्यमा सघाउने गरिएको छ । देशैभरिका स्वास्थ्य संस्थामा क्षयरोगको सबै उपचार निःशुल्क हुने गरेको छ।रासस

मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.