• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

श्रीलङ्कामा डेङ्गु नियन्त्रणमा सेना परिचालन

  •  मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित

कोलम्बो । श्रीलङ्कामा तीव्र रूपमा बढ्दै गएको डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ र स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक एक हजारभन्दा बढी नयाँ बिरामी भर्ना भइरहेको चेतावनी दिएका छन् ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेङ्गु नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन् । उनीहरूले लामखुट्टे प्रजनन हुने स्थान पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्नेछन् । डेङ्गु ज्वरोले उच्च ज्वरो, टाउको दुखाइ, वाकवाकी, बान्ता, मांसपेशी दुखाइ जस्ता लक्षण देखाउने र गम्भीर अवस्थामा रक्तस्रावसहित मृत्यु समेत हुन सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यस वर्ष हालसम्म करिब ५० हजार सङ्क्रमण पुष्टि भइसकेको छ भने २९ जनाको मृत्यु भएको छ । यद्यपि यो सङ्ख्या सन् २०१७ को महामारीभन्दा कम हो । त्यतिबेला एक लाख ८६ हजार सङ्क्रमित र ४४० जनाको मृत्यु भएको थियो ।

डेङ्गु फैलाउने एडिस जातको लामखुट्टे स्थिर पानीमा प्रजनन गर्ने भएकाले पानी जम्ने स्थान हटाउन विशेष ध्यान दिइएको छ । सरकारी विज्ञप्तिमा आफ्नो परिसरमा लामखुट्टे प्रजनन हुन दिनेहरूमाथि कानूनी कारबाही कडाइका साथ लागू गरिने उल्लेख छ । सरकारले बुधबारदेखि देशव्यापी सरसफाइ तथा प्रजनन स्थल नष्ट गर्ने अभियान सुरु गर्ने जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले जलवायु परिवर्तनका कारण डेङ्गुजस्ता लामखुट्टेजन्य रोग तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिँदै आएको छ ।

श्रीलङ्कामा जुन महिनाको सुरुदेखि नै सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ र केही दिनमा मात्र दैनिक एक हजारभन्दा बढी नयाँ केसहरू दर्ता भएको सरकारी तथ्याङ्कले देखाएको छ । स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी अस्पतालहरू पहिले नै अत्यधिक दबाबमा छन् र थप सङ्क्रमणले स्वास्थ्य प्रणालीमा ठूलो चुनौती सिर्जना गर्ने जोखिम बढेको छ ।

डेङ्गु युनिटकी प्रमुख कपिला कन्नङ्गाराले अस्पतालहरू पहिले नै दबाबमा रहेको उल्लेख गर्दै सन् २०१७ जस्तो भयावह अवस्था दोहोरिन नदिन तत्काल नियन्त्रण आवश्यक रहेको बताउनुभयो । मनसुनी वर्षा, हालैको बाढी र पानी जम्ने स्थानहरूको वृद्धि कारण सङ्क्रमण फैलिन सहज वातावरण बनेको अधिकारीहरूको मूल्याङ्कन छ।रासस

मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.