• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

युरोपमा भीषण गर्मीको सङ्कट गहिरिँदै

  •  मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित

पेरिस । युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ । वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट सङ्केत भन्दै यस्ता गर्मीका छालहरू अझ बारम्बार, लामो र तीव्र हुने चेतावनी दिएका छन् ।

फ्रान्समा गर्मीका कारण डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ । खेलकुद तथा युवा मन्त्रीका अनुसार सप्ताहन्तयता करिब २० जनाको डुबेर मृत्यु भएको छ र नागरिकहरूलाई पानीका निकायमा सावधानी अपनाउन आग्रह गरिएको छ । यसअघि सुरक्षा निकायले कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । अत्यधिक तापक्रमका कारण फ्रान्स सरकारले सङ्कट व्यवस्थापन बैठक समेत आयोजना गरेको छ । देशका एक हजार ३५० भन्दा बढी विद्यालय बन्द भएका छन् भने औसत तापक्रमले जुन महिनाकै रेकर्ड तोड्दै २९.२ डिग्री सेल्सियस पुगेको छ । गर्मीको प्रभाव तीव्र बनेपछि ५४ विभागमा रेड अलर्ट जारी गरिएको छ र यसले करोडौँ नागरिकलाई प्रभावित गरेको छ । ऊर्जा क्षेत्रमा पनि असर देखिएको छ ।

दक्षिणपश्चिमी फ्रान्सको एउटा आणविक रिएक्टर नदीको पानी अत्यधिक तातो भएपछि बन्द गरिएको छ । चिसो पार्न प्रयोग हुने पानीको तापक्रम २८ डिग्री सेल्सियसको सुरक्षित सीमा नाघेपछि यो निर्णय गरिएको हो । बेल्जियममा मौसम विभागले आगामी दिनहरूमा अहिलेसम्मकै उच्च तापक्रम पुग्ने चेतावनी दिएको छ । केही विद्यालयले कक्षाहरू छोट्याएका छन् भने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । जर्मनीमा गर्मीका कारण पौडी दुर्घटनामा वृद्धि हुँदा सप्ताहन्तमा पाँच जनाको मृत्यु भएको छ । साथै, फ्रान्कफर्ट विमानस्थलमा लामो समय विमानमा रोकिएका यात्रुहरूलाई स्वास्थ्य समस्या देखिएपछि उपचार गरिएको छ ।

दक्षिणपूर्वी फ्रान्समा दुई र चार वर्षका दुई बालबालिका कारभित्र मृत भेटिएको घटनाले थप चिन्ता बढाएको छ । अधिकारीहरूले अत्यधिक गर्मीलाई सम्भावित कारणका रूपमा अनुसन्धान गरिरहेका छन् । यात्रा तथा यातायात क्षेत्रमा पनि असर देखिएको छ । पेरिस क्षेत्रका अधिकारीहरूले अत्यधिक गर्मीका बेला अनावश्यक यात्रा स्थगित गर्न र घरबाट काम गर्न सकिनेहरूलाई त्यसै गर्न आग्रह गरेका छन् । रेल प्रणाली ५० डिग्रीसम्मको तापक्रम सहन नसक्ने चेतावनीसमेत दिइएको छ ।

बेलायतमा पनि उच्च स्तरको गर्मी चेतावनी जारी गरिएको छ र त्यहाँ केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । मौसम विभागले जुन महिनाकै रेकर्ड तोडिन सक्ने चेतावनी दिएको छ।रासस

मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.