• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

पोषण लेखाजोखा : तीन सय ४७ बालबालिका कुपोषित

  •  बिहिबार, असार ११, २०८३ मा प्रकाशित
टीकापुर  ।  वैशाख महिनामा गरिएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमका बेला टीकापुरमा बालबालिकामा कुपोषणको जोखिम धेरै देखिएपछि पालिकाले पोषण सुधारका लागि छलफल थालेको छ । टीकापुरमा वैशाखमा गरिएको पोषण लेखाजोखा तथ्याङ्कअनुसार पाँच वर्षमुनिका ७५ बालबालिका शीघ्र कुपोषणको जोखिममा छन् भने २७२ जना मध्यम कुपोषित भेटिएका छन् ।
पालिकाले कुपोषित बालबालिका धेरै देखिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएर फेरि ‘स्क्रिनिङ’ थालिएको जनाएको छ । “टीकापुर नगरपालिकाले बालबालिकाको पोषण अवस्था सुधारका लागि प्राथमिकता दिएको छ । अभियानका क्रममा १ हजार ८ सय ६४ बच्चाको पोषण परीक्षण गरिएको थियो”, स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल भन्नुहुन्छ, “कुपोषित बालबालिकाको पोषण सुधारमा थप प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण सुधारबारे थप तालिम दिन थालेका छौँ ।” पालिकाले वडा वडामा स्वास्थ्य संस्था स्थापना गरी गर्भावस्थादेखि नै पोषण सुधारका लागि विभिन्न प्रयास गर्दै आएको र कुपोषित बालबालिकालाई पाँच वटा संस्थाबाट उपचारात्मक खाना खुवाउने गरेको रावलको भनाइ छ ।
स्वयंसेविकासँगको छलफलमा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान, मूल्याङ्कन र आवश्यक उपचारमा विशेष ध्यान दिने योजना सहित छलफल गरिएको छ । अझै समुदायस्तरमा पोषण सुधारका लागि स्वयंसेविकामार्फत सचेतना फैलाउनुपर्ने, बाल भिटाको प्रयोग बढाउनुपर्ने रावल बताउनुहुन्छ । “स्वयमसेविकाले समुदायमा गर्भावस्थादेखि नै पोषणसम्बन्धी ज्ञान, व्यवहार परिवर्तन र सेवामा पहुँच बढाउन सघाउनुका साथै कुपोषण न्यूनिकरण तथा स्वास्थ्य सुधारमा सघाइरहको छन्”, उहाँ भन्नुहुन्छ, “आमा र बच्चाको पोषण सुधारका लागि स्वयम सेविका, स्वास्थ्यकर्मी, सरकार मात्र होइन परिवार नै जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।”
टीकापुर नगरपालिका–५ का महिला स्वास्थ्य स्वयंसेविका चन्द्रादेवी चौधरी पोषण सुधारका लागि हजार दिनका आमालाई प्राथमिकता दिएर परामर्श दिने र स्वास्थ्य सेवा लिन सघाउने गरेको बताउनुभयो । “हामीले महिला गर्भवती भएको थाह पाएदेखि खानपान, रहनसहन, नियमति जाँचबारे जानकारी दिन्छौैँ”, चन्द्रादेवी भन्नुहुन्छ, “हामीले रातदिन काम गर्दा पनि परिवार जिम्मेवार नबन्दा पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था सोचेजस्तो हुन सकेको देखिँदैन ।” वडा नं २ सीतापुरका स्वयंसेविका सरस्वती चौधरी घरघरमा गई पोषणसम्बन्धी सचेतना फैलाउने, गर्भावस्थाको स्याहार, जाँचलगायतका कुराबारे सचेत गराउने गरिएको बताउनुहुन्छ । “घरमै गएर गर्भवती र परिवारका सदस्यलाई पोषणबारे जानकारी दिन्छौँ”, उहाँ भन्नुहुन्छ, “घर वरिपरि भएका पोषिला खानेकुरा खान सल्लाह दिन्छौँ।”
स्वयंसेविकाले भिटामिन ए, जुकाको औषधि तथा अन्य पोषण कार्यक्रम सञ्चालनमा सघाउने गरेका छन् । यसका साथै स्वास्थ्यकर बानीबारे समेत जानकारी दिने, पोषणयुक्त खानपानबारे जानकारी दिने गरेका वडा नं ३ का स्वयम सेविका चन्द्रा चौधरी बताउनुहुन्छ । “हामीलाई समुदायका मानिसका आर्थिक अवस्था, पारिवारिक अवस्था सबै थाह हुन्छ”, उहाँ भन्नुहुन्छ, “पोषण सुधारका लागि परिवार मुख्य जिम्मेवार बन्नुपर्छ ।” टीकापुर ४ का स्वमंसेविका दुर्गा पराजुली गर्भावस्थादेखि बच्चा दुई वर्षको हुञ्जेलसम्म आमा र बच्चाको स्याहार, पोषण सुधारबारे जानकारी दिने गरिएको बताउनुहुन्छ । “स्थानीय रुपमा पाइने पोषिलो खानेकुरा प्रयोग गर्न प्रेरित गर्ने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “बच्चालाई स्तनपान र पूरक आहारा, खोप लगायतबारे जानकारी दिने गरिएको छ ।” पालिकाले पोषण सुधारमा परिवारलाई जिम्मेवार बनाउन सुत्केरीलाई पोषण सामग्री दिने गरेको छ ।
टीकापुर –४ ले ५० जना सुत्केरीलाई पोषण सामग्री वितरण गरेको छ । पचास जना सुत्केरीलाई आधा किलो घ्यू र एक क्यारेट कुखुराको अण्डा वितरण गरिएको टीकापुर ४ का वडाध्यक्ष लालविर चौधरीले बताउनुभयो ।

बिहिबार, असार ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.