• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

जलवायु परिवर्तनले बढायो युरोपको गर्मी

  •  शुक्रबार, असार १२, २०८३ मा प्रकाशित

पेरिस । युरोपमा यस वर्ष देखिएको रेकर्डस्तरको गर्मीको लहर मानवसिर्जित जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । वैज्ञानिकहरूका अनुसार ५० वर्षअघि जुन महिनामा यस्तो अत्यधिक गर्मी आउनु लगभग असम्भव थियो, तर जलवायु परिवर्तनका कारण अहिले यस्ता उष्ण लहरहरू बारम्बार र अझ खतरनाक बन्दै गएका छन् । विश्व मौसम एट्रिब्युसन समूहले शुक्रबार सार्वजनिक गरेको अध्ययनमा युरोप, अमेरिका र बेलायतका वैज्ञानिकहरूले हालको उष्ण लहरको विश्लेषण गरेका छन् ।

अध्ययनअनुसार सन् १९७६ मा यस्तै प्रकारको गर्मीको लहर आएको भए तापक्रम अहिलेको तुलनामा करिब ३.५ डिग्री सेल्सियस कम हुने थियो । अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका वैज्ञानिक थियोडोर किपिङले वर्तमान तापक्रम वृद्धि जलवायु परिवर्तनबिनाको अवस्थामा सम्भव नहुने बताउनुभयो । उहाँका अनुसार अहिले पृथ्वी पूर्वऔद्योगिक कालको तुलनामा करिब १.४ डिग्री सेल्सियस तातिसकेको छ, जसको मुख्य कारण कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोग हो । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले गर्मीको लहर, खडेरी तथा अन्य चरम मौसमी घटनालाई अझ तीव्र र बारम्बार बनाइरहेको छ । त्यसैले तापक्रम वृद्धिलाई सीमित गर्नु विश्व समुदायका लागि अत्यन्त आवश्यक रहेको उनीहरूको भनाइ छ ।

विश्वमै सबैभन्दा तीव्र रूपमा तातिरहेको महाद्वीप युरोपमा यस साता लाखौँ मानिसहरूले अत्यधिक गर्मीको सामना गरेका छन् । केही देशहरूमा तापक्रमले नयाँ कीर्तिमानसमेत कायम गरेको छ । विश्व मौसम एट्रिब्युसनका सहसंस्थापक फ्रेडेरिक ओटोले असामान्य मौसम प्रणालीभन्दा पनि मानवसिर्जित तापक्रम वृद्धिले अहिलेको अवस्था सिर्जना गरेको बताउनुभयो । उहाँका अनुसार विगतमा यस्ता तापक्रम अत्यन्त दुर्लभ मानिन्थे । वैज्ञानिकहरूले सन् २००३ को विनाशकारी युरोपेली गर्मीको लहरसँग पनि अहिलेको अवस्थाको तुलना गरेका छन् । त्यतिबेला युरोपका विभिन्न देशमा दशौँ हजार मानिसको मृत्यु भएको थियो । अध्ययनअनुसार अहिलेको गर्मी सन् २००३ को तुलनामा पनि अझ बढी चरम देखिएको छ । सन् २००३ मा यस्तै घटना घटेको भए तापक्रम करिब २ डिग्री सेल्सियस कम हुने अध्ययनले देखाएको छ । त्यसबेला यति उच्च तापक्रम निकै दुर्लभ हुने र रातिको अत्यधिक गर्मीको सम्भावना पनि अहिलेको तुलनामा धेरै कम हुने वैज्ञानिकहरूले बताएका छन् । अध्ययनले पछिल्ला दुई दशकमै तीव्र गर्मीका घटनाहरू दसौँदेखि सयौँ गुणासम्म बढेको देखाएको छ ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तन यसका लागि स्पष्ट रूपमा जिम्मेवार छ । एल निनो जस्ता प्राकृतिक मौसमी चक्रले यसपटकको तातो लहरमा महत्त्वपूर्ण भूमिका नखेलेको पनि अध्ययनले उल्लेख गरेको छ । फ्रेडेरिक ओटोले अत्यधिक तापक्रम र आद्र्रताको संयोजनबाट उत्पन्न हुने ‘गर्मी तनाव’ लाई विशेष चिन्ताको विषय बताउनुभयो । शरीरको प्राकृतिक शीतलन प्रणाली असफल हुँदा चक्कर लाग्ने, टाउको दुख्ने, अङ्गहरूमा समस्या देखिने र मृत्युसम्म हुन सक्ने खतरा रहने उहाँले बताउनुभयो ।

अध्ययनमा समेटिएका युरोपका करिब ८५० सहरमध्ये झन्डै ४५ प्रतिशतले जुन महिनामा आफ्नो इतिहासकै उच्च गर्मी तनावको रेकर्ड तोडेका छन् वा तोड्ने अवस्थामा पुगेका छन् । यसले अहिलेको गर्मीको लहरलाई विशेष रूपमा खतरनाक र असहज बनाएको वैज्ञानिकहरूको निष्कर्ष छ । यसअघि मे महिनामा पनि युरोपको मध्य तथा पश्चिमी क्षेत्रमा असामयिक गर्मीको लहर देखिएको थियो । यस वर्ष युरोपले छोटो अवधिमै दोस्रो पटक तीव्र गर्मीको सामना गरिरहेको छ । विश्व मौसम एट्रिब्युसन समूहले भविष्यमा अझ घातक तापक्रम वृद्धि र त्यसका असरबाट बच्न जीवाश्म इन्धनको प्रयोगलाई तीव्र रूपमा घटाउनु अपरिहार्य रहेको जनाएको छ।रासस

शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.