• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कर्णालीको स्वास्थ्य सेवामा समर्पित डा. डम्बर खड्का

  •  शनिबार, असार १३, २०८३ मा प्रकाशित

कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा समर्पण, सेवा र नेतृत्वका साथ निरन्तर सक्रिय नाम हो, डा. डम्बर खड्का । सुर्खेतकै सरकारी विद्यालयबाट एसएलसी सकेपछि मेडिकल विज्ञानमा सिएमए, हेल्थ असिस्टेण्ट, एमबिबिएस र एमडीे जनरल प्राक्टिस्नरको अध्ययन गर्नुभएका डा. खड्काले दुर्गम क्षेत्र, सीमित स्रोत–साधन र स्वास्थ्य सेवाको पहुँच कमजोर रहेको कर्णालीमा वर्षौंदेखि स्वास्थ्य सेवा विस्तार, बिरामी उपचार तथा जनचेतनामूलक अभियानमा महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ । वरिष्ठ चिकित्सकका रूपमा परिचित डा. खड्काले स्वास्थ्य सेवालाई केवल पेशा होइन, सामाजिक उत्तरदायित्व र सेवाको माध्यमका रूपमा अगाडि बढाउनु भएको छ ।

अध्ययन र सरकारी सेवामा रहँदा देशका विभिन्न ठाउँमा सेवा गरे पनि आफ्‌नो धेरै समय सुर्खेतलाई कर्मथलो बनाएर स्वास्थ्य सेवामा सक्रिय डा. खड्काले कर्णालीका हजारौं बिरामीलाई उपचार सेवा प्रदान गर्दै आउनुभएको छ । विशेषगरी कर्णालीका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ उहाँले आफ्‌नो चिकित्सकीय अनुभव र ज्ञानलाई जनसेवामा केन्द्रित गर्नुभएको देखिन्छ । बिरामीप्रतिको आत्मीय व्यवहार, सहज पहुँच र सेवाभावका कारण उहाँ कर्णालीका प्रिय चिकित्सकका रूपमा परिचित हुनुहुन्छ ।

कर्णाली प्रदेश लामो समयसम्म स्वास्थ्य पूर्वाधार, विशेषज्ञ जनशक्ति र गुणस्तरीय उपचार सेवाको अभावबाट प्रभावित रह्यो । त्यस्तो अवस्थामा यस क्षेत्रमा सक्रिय चिकित्सकहरूको भूमिका अत्यन्त महत्वपूर्ण थियो, जसमा डा. डम्बर खड्काको योगदान उल्लेखनीय मानिन्छ । उहाँले उपचार सेवासँगै स्वास्थ्य चेतना अभिवृद्धि, रोगको समयमै पहिचान र नियमित स्वास्थ्य परीक्षणको आवश्यकता सम्बन्धी जनचेतना फैलाउन पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको छ ।

ग्रामीण बस्तीका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा उहाँले विभिन्न स्वास्थ्य शिविर, स्वास्थ्य परामर्श कार्यक्रम तथा जनस्वास्थ्य गतिविधिमा सहभागिता जनाउँदै आउनुभएको छ । उहाँले २५ हजारभन्दा बढी बिरामीको साना ठूला अप्रेशन गरिसक्नुभएको छ ।

कर्णालीका धेरै नागरिक आर्थिक अवस्था र भौगोलिक कठिनाइका कारण समयमै उपचार सेवा लिन सक्दैनन् । यस्तो अवस्थामा बिरामीको अवस्था बुझेर सहजरूपमा सेवा दिनु उहाँको विशेषता मानिन्छ । धेरै बिरामीले उहाँलाई केवल चिकित्सक मात्र होइन, भरोसाका व्यक्तित्वको रूपमा समेत लिने गरेका छन् ।

स्वास्थ्य सेवा क्षेत्रमा चिकित्सकीय अनुभव र संस्थागत नेतृत्व क्षमता भएका डा. खड्काले नयाँ पुस्ताका स्वास्थ्यकर्मीलाई प्रेरणा दिने कार्य पनि गर्दै आउनुभएको छ । स्वास्थ्य क्षेत्रमा अनुशासन, सेवाभाव र जिम्मेवारी महत्वपूर्ण पक्ष भएको बताउँदै उहाँले स्वास्थ्यकर्मीहरूलाई बिरामीप्रति संवेदनशील बन्नुपर्ने धारणा राख्नुहुन्छ । चिकित्सक र बिरामीबीच विश्वासको सम्बन्ध बलियो हुन सके मात्र प्रभावकारी स्वास्थ्य सेवा सम्भव हुने उहाँको विश्वास रहेको पाइन्छ ।

कर्णाली प्रदेशमा स्वास्थ्य सेवा विस्तारका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको विषयमा पनि उहाँले विभिन्न अवसरमा जोड दिनुभएको छ । दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्‍याउन पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणको आवश्यकता रहेको उहाँको भनाइ छ ।

डा.डम्बर खड्काले बिरामी उपचारसँगै समाजमा स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । स्वास्थ्य समस्या लुकाएर बस्ने प्रवृत्ति अन्त्य गर्दै समयमै परीक्षण र उपचार गर्नुपर्ने सन्देश उहाँले निरन्तर दिँदै आउनुभएको छ । उहाँका अनुसार धेरै रोग समयमै पहिचान गर्न सके जटिल अवस्था आउनबाट बच्न सकिन्छ ।

व्यस्त चिकित्सकीय जीवनका बाबजुद पनि उहाँ सामाजिक उत्तरदायित्वप्रति उत्तिकै संवेदनशील देखिनुहुन्छ । स्वास्थ्य सेवाबाट वञ्चित वर्गलाई सहयोग गर्ने, स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागी हुने तथा आवश्यक परामर्श दिने कार्यमा उहाँ सक्रिय रहनुभएको छ । यही सेवाभाव र समर्पणका कारण उहाँप्रति बिरामी र समाजको विश्वास निरन्तर बढ्दो छ ।

कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको परिवर्तन र सुधारको यात्रामा डा. डम्बर खड्काजस्ता चिकित्सकहरूको योगदानले विशेष महत्व राख्दछ । तत्कालीन समयमा कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतको निर्देशकको रुपमा उहाँले संस्थागत विकासका लागि धेरै योगदान गर्नुभएको थियो । चिकित्सकको न्यून संख्याबाट बिरामीको सेवा प्रदान गरिएको कर्णाली क्षेत्रमा सबै रोगका विशेषज्ञ र प्रविधिमैत्री वातावरणमा बिरामीहरूको लागि गुणस्तरीय सेवा स्थापित गर्ने कार्यमा उहाँको महत्वपूर्ण भूमिका देखिन्छ । सामान्य स्वास्थ्य सेवा लिन समेत नेपालगञ्ज र भारत जानुपर्ने कर्णालीका जनताले सुर्खेतमै अत्याधुनिक उपकरणसहित मिर्गौला प्रत्यारोणलगायत विभिन्न रोगका विशेषज्ञ सेवा डा. खड्काको टिमबाट पाएका हुन् ।

सीमित स्रोतसाधनका बीच पनि नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उहाँले पुर्‍याउनुभएको योगदान प्रशंसनीय मानिन्छ । स्वास्थ्य सेवामा समर्पण, इमान्दारिता र मानवीय संवेदनासहित काम गर्ने चिकित्सकका रूपमा उहाँले आफ्‌नो छुट्टै पहिचान निर्माण गर्नुभएको छ ।

पटकपटक बज्रपात

कर्णालीका हजारौं बिरामीको जीवन बचाएर ती सबै बिरामीका मनमा भगवान जस्तै प्रिय चिकित्सक बन्नु भए पनि आफ्‌नो वास्ताविक जीवनमा भने पटकपटक बज्रपात खेपिरहनु उहाँको पीडादायक अवस्था रह्यो । डा. डम्बर खड्काले आफ्‌नो जीवनसंगिनीलाई सवारी दुर्घटनामा गुमाउनु पर्‍यो । यससँगै जेनजी आन्दोलनमा आफू र श्रीमतीले सरकारी सेवामा रहँदा दुःख गरेर जम्मा गरेको कमाइले बनाएको घर पनि आन्दोलनकारीले आगो लगाएर जलाएपछि विक्षिप्त अवस्थामा डा. खड्का पुग्नुभयो । उहाँको मनमा अझै पनि खड्कने एउटै कुरा छ, जीवनसंगिनीले रिटायर्ड जीवनमा सुखले सँगै बस्ने भनेर बनाएको घरमा जीवनसंगिनीको अभाव । त्यही घर पनि आन्दोलनकारीले जलाइदिएपछि बेलाबखत उहाँको मनमा गहिरो चोटले पीडा दिने गरेको छ ।

“भविष्यमा कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउँदै यस क्षेत्रमा सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी कर्णालीका जनतालाई सहज स्वास्थ्य सेवा प्रवाह गर्दै मेडिकल हबका रुपमा अगाडि बढाउने लक्ष्य रहेकाले यसको विकासमा निरन्तर अगाडि बढिरहेको छु” उहाँले भन्नुभयो ।

उहाँको अनुभव र सक्रियता महत्वपूर्ण रहने अपेक्षा गरिएको छ । स्वास्थ्य सेवा नै मानव सेवाको सबैभन्दा ठूलो माध्यम हो भन्ने सोचका साथ निरन्तर कार्यरत डा. डम्बर खड्का कर्णालीका स्वास्थ्य सेवामा समर्पित प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । व्यक्तिगत जीवनमा भोग्नुपरेका पीडा र उतारचढावलाई व्यवस्थापन गर्दै उहाँ आफ्‌नो कार्यक्षेत्रमा दिनरात खटिइरहनु भएको छ ।

शनिबार, असार १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.