• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

ओम मेगाश्री फर्मास्युटिकल्समा गाभिने भयो रोयल फर्मास्युटिकल्स

  •  आइतबार, असार १४, २०८३ मा प्रकाशित

भरतपुर । भरतपुर महानगरपालिका-२९, जुगेडीस्थित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रालिलाई गाभ्ने भएको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सञ्चालक समितिको बैठकले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।

ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष डा. अर्जनु कुमार श्रेष्ठले नेपाली औषधि उद्योगमा बढ्दो प्रतिस्पर्धा, सानो बजार र एउटै प्रकृतिका औषधि उत्पादन गर्ने कम्पनीको संख्या धेरै भएकाले रोयल फर्मास्युटिकल्सलाई गाभ्ने निर्णय गरिएको बताए ।

उनका अनुसार नेपालमा औषधि उत्पादन गर्ने कम्पनी धेरै भए पनि अधिकांशले एउटै प्रकारका औषधि उत्पादन गरिरहेका छन् । साथै, नेपाल एलडीसी (अल्पविकसित देश) बाट स्तरोन्नति भएपछि औषधि उद्योगले थप प्रतिस्पर्धाको सामना गर्नुपर्ने भएकाले लागत घटाउन, प्रतिस्पर्धात्मक क्षमता बढाउन र नयाँ किसिमका औषधि उत्पादन गर्न मर्जर आवश्यक रहेको उनले बताए ।

उनले मर्जर प्रक्रिया अन्तर्गत ड्यु डिलिजेन्स अडिट (डीडीए) प्रतिवेदन तयार गर्ने काम भइरहेको जानकारी दिँदै विशेष साधारण सभाबाट प्रस्ताव पारित भएपछि प्रक्रिया तीव्र रूपमा अघि बढ्ने बताए । डीडीए प्रतिवेदन आएपछि दुवै कम्पनीबीचको सेयर स्वाप रेसियो निर्धारण गरिने उनको भनाइ छ ।

हाल ओम मेगाश्री फर्मास्युटिकल्सको चुक्ता पुँजी ६० करोड रुपैयाँ र रोयल फर्मास्युटिकल्सको ४१ करोड रुपैयाँ रहेको छ। रोयल फर्मास्युटिकल्सको वर्किङ क्यापिटललाई समेत समायोजन गर्ने विषयमा छलफल भइरहेको र अन्तिम निर्णय डीडीए प्रतिवेदनका आधारमा हुने अध्यक्ष श्रेष्ठले बताए ।

रोयल फर्मास्युटिकल्सलाई गाभ्ने विशेष प्रस्ताव पारित गर्न ओम मेगाश्री फर्मास्युटिकल्सले असार २८ गते विशेष साधारण सभा बोलाएको छ । सभाले रोयल फर्मास्युटिकल्स प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन, ड्यु डिलिजेन्स अडिट (डीडीए) प्रतिवेदन, सम्पत्ति तथा दायित्व मूल्याङ्कन, सेयर स्वाप अनुपात तथा प्राप्ति योजना स्वीकृत गर्नेछ ।

आइतबार, असार १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.