• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

स्वास्थ्य सेवा सुधारका लागि सामूहिक पहल आवश्यक

  •  आइतबार, असार १४, २०८३ मा प्रकाशित

सुदूरपश्चिम ।  सुदूरपश्चिमको समग्र स्वास्थ्य सेवा सुधारका लागि सरकारी स्वास्थ्य सेवाप्रदायक संस्था, निजी क्षेत्र र नियमनकारी निकायको सामूहिक पहल जरुरी रहेकामा जोड दिइएको छ । अग्रलेख मल्टिमिडियाको आयोजनामा आज यहाँ धनगढीमा आयोजित ‘स्वास्थ्य सेवामा जनअपेक्षाः सुदूरपश्चिमको यथार्थ र सुधारको बाटो’ विषयक कार्यक्रमा वक्ताहरूले सबै क्षेत्रको पहलले मात्रै स्वास्थ्य क्षेत्रमा सुधार सम्भव हुने धारणा राख्नुभयो ।

मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालयका प्रमुख प्रकाशदत्त भट्टले सरकारले मात्रै सबै सेवा प्रवाह गर्न नसक्ने भएकाले सरकारको नीति तथा योजनाअनुसार सबैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानप्रदत्त स्वास्थ्य अधिकारको कार्यान्वयन गर्न सरकारी तथा निजी स्वास्थ्य संस्थाको भूमिका थप प्रभावकारी हुन जरुरी रहेको धारणा राख्नुभयो । नागरिक समाजका अगुवा एवं अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश संयोजक खड्कराज जोशीले नागरिकले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था बनाउन सबैले इमान्दारितापूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी अस्पतालमा दरबन्दीअनुसार जनशक्ति, आवश्यक उपकरण र प्रभावकारी व्यवस्थापन तथा निजी स्वास्थ्य संस्थाले सामाजिक उत्तरदायित्वको भावनाअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा निरज अर्यालले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो । उहाँले जिल्ला अस्पतालबाट गुणस्तरीय विशेषज्ञ सेवा दिन जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरण र पूर्वाधार विकासका लागि उल्लेख्य प्रगति भएको जानकारी दिनुभयो ।

“विगतमा अधिकांश जिल्ला अस्पतालबाट मेडिकल अधिकृतले मात्रै सेवा दिने गरिएको थियो, हाल जनशक्ति व्यवस्थापन गरिएकाले अधिकांश जिल्ला अस्पतालमै विशेषज्ञ सेवा उपलब्ध हुन थालेको छ । स्रोतसाधनले भ्याससम्म सरकारले काम गरिरहेको छ । निजी क्षेत्रले पनि सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्”, डा अर्यालले भन्नुभयो । प्रदेश सरकार मातहतका अस्पताललाई क्रमशः स्तरोन्नति गर्दै दक्ष जनशक्ति थप्ने नीति रहेको उहाँले बताउनुभयो । स्वास्थ्य सेवामा सुधार भए पनि दुर्गम क्षेत्रमा नागरिकको पहुँच अस्पतालसम्म कमजोर रहेकाले तथ्याङ्कमा अपेक्षित सुधार देखिन नसकेको उहाँको भनाइ थियो । “विगतको तुलनामा स्वास्थ्य सेवामा धेरै सुधार भएको छ”, उहाँले भन्नुभयो ।

एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) सुदूरपश्चिमका अध्यक्ष तीर्थराज पन्तले निजी क्षेत्रले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भूमिका खेलिरहेको बताउनुभयो । उहाँले प्रदेशमै विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न आफूहरुले निरन्तर प्रयास गरिरहेको भन्दै त्यसले नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धिमा योगदान गरिरहेको उल्लेख गर्नुभयो । आयोजक संस्थाका अध्यक्ष अर्जुन शाहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारबम विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै आफ्नै लगानीमा दक्ष जनशक्ति उत्पादनलगायत काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि सबै क्षेत्रलाई साथमा लिएर काम गर्न सरकारलाई आग्रह गर्दै सम्बद्ध सरोकार भएकाहरुले सामाजिक उत्तरदायित्वको भावनाअनुसार सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरूले प्रदेशमा स्वास्थ्य सेवाको अवस्था, पहुँच, गुणस्तर, जनशक्ति व्यवस्थापन र सुधारका योजना तथा सेवा प्रवाहमा देखिएका चुनौती सम्बोधनका लागि मुख्यमन्त्री कमलबहादुर शाहको ध्यानाकर्षण गराउनुभएको थियो ।

जवाफमा मुख्यमन्त्री शाहले स्वास्थ्य क्षेत्रको विकास र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले जिल्ला तथा अन्य अस्पताल प्रदेश सरकारको मातहतमा आएपछि स्रोतसाधनले भ्याससम्म सुधारका काम गरिएको बताउनुभयो । “पहिले र हालको स्वास्थ्य अवस्था तथा स्वास्थ्य संस्थामा सुधारबारे यहाँहरुले पनि महसुस गर्नुभएको होला । हामीले स्रोतसाधनको सीमितताकाबीच पनि सुधारका उल्लेख्य काम गरिरहेका छौँ”, मुख्यमन्त्री शाहले भन्नुभयो, “यस क्षेत्रमा निजी क्षेत्रको उपस्थिति पनि सराहनीय छ । नियमन र प्रोत्साहनका काम पनि सँगसँगै अगाडि बढाइरहेका छौँ । सेवामूलक भावनाका साथ काम गर्न निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ।”रासस

आइतबार, असार १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.