• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मधेश प्रदेशमा युरोलोजी सेवा विस्तार हुँदै, विशेषज्ञ जनशक्ति अझै अपुग छ : डा. चितरन्जन शाह (भिडियो)

  •  सोमबार, असार १५, २०८३ मा प्रकाशित

वीरगञ्ज । मधेश प्रदेशमा युरोलोजी सेवा विगत केही वर्षयता उल्लेखनीय रूपमा विस्तार हुँदै गए पनि आवश्यक विशेषज्ञ जनशक्ति अझै पर्याप्त हुन नसकेको वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. चितरन्जन शाहले बताएका छन्। प्रदेशका केही ठूला अस्पतालमा आधुनिक युरोलोजी सेवा सुरु भए पनि सबै जिल्लाका नागरिकले सहज रूपमा सेवा पाउन अझै चुनौती रहेको उनको भनाइ छ।

उनका अनुसार धेरै नागरिकले युरोलोजी र नेफ्रोलोजी एउटै विषय हो भन्ने बुझाइ राखेका छन्। तर युरोलोजीले मिर्गौला, पिसाबथैली, पिसाबनली तथा पुरुष प्रजनन प्रणालीसम्बन्धी शल्यक्रिया र उपचार गर्ने विषयलाई समेट्ने गर्छ भने नेफ्रोलोजीले मुख्य रूपमा मिर्गौलाको कार्यक्षमता र औषधिमार्फत उपचार गर्ने विषयमा केन्द्रित हुन्छ।

डा. शाहले पछिल्ला वर्षहरूमा मधेश प्रदेशमा मिर्गौलाको ढुंगा, प्रोस्टेट ग्रन्थि बढ्ने समस्या, पिसाब रोकिने, पिसाबमा संक्रमण तथा पिसाब नलीसम्बन्धी रोगका बिरामी उल्लेख्य रूपमा बढिरहेको जानकारी दिए। यसको प्रमुख कारण असन्तुलित खानपान, कम पानी पिउने बानी, मधुमेह, उच्च रक्तचाप तथा बदलिँदो जीवनशैली रहेको उनले बताए।

उनले अहिले मधेश प्रदेशका केही अस्पतालमा मिर्गौलाको ढुंगाको लेजर उपचार, एन्डोस्कोपिक शल्यक्रिया तथा प्रोस्टेटसम्बन्धी आधुनिक उपचार उपलब्ध हुन थालेको बताए। पहिले सामान्य उपचारका लागि पनि काठमाडौं वा भारत जानुपर्ने अवस्था रहेकामा अहिले धेरै उपचार प्रदेशमै सम्भव भएको उनले उल्लेख गरे। यद्यपि अत्यन्त जटिल शल्यक्रियाका लागि अझै केही बिरामीलाई रेफर गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

डा. शाहका अनुसार धेरै बिरामी लाज, डर वा रोगलाई सामान्य ठानेर ढिलो अस्पताल पुग्ने गरेका छन्। पिसाब गर्दा पोल्ने, पिसाबमा रगत देखिने, ढाड वा कम्मरमा असह्य दुखाइ हुने, पटक–पटक पिसाब लाग्ने, पिसाब रोकिने वा राति धेरै पटक उठ्नुपर्ने समस्या देखिएमा तत्काल युरोलोजिस्टसँग परामर्श लिनुपर्ने उनले सुझाव दिए।

उनले मधुमेह, उच्च रक्तचाप र मोटोपनले मिर्गौला तथा पिसाब प्रणालीमा गम्भीर असर पार्ने भएकाले यस्ता दीर्घरोग भएका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यकता औंल्याए। समयमै रोग पहिचान गर्न सके जटिलता कम गर्न सकिने उनको भनाइ छ।

ग्रामीण क्षेत्रका नागरिकले अझै विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण तथा सहज पहुँचको अभावका कारण समयमै उपचार पाउन नसकेको डा. शाहले बताए। उनले प्रदेशका सबै ठूला सरकारी अस्पतालमा युरोलोजिस्ट, आवश्यक उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्न सके उपचार सेवा अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

सरकारले चिकित्सा शिक्षामा युरोलोजी विशेषज्ञ उत्पादन बढाउने, प्रदेशस्तरीय अस्पताललाई आधुनिक उपकरणले सुसज्जित बनाउने तथा स्थानीय स्तरमै विशेषज्ञ सेवा विस्तार गर्ने नीति अपनाउनुपर्ने उनको सुझाव छ। यसले भविष्यमा मधेश प्रदेशलाई युरोलोजी सेवामा आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनले बताए।

अन्त्यमा डा. शाहले दैनिक पर्याप्त पानी पिउने, स्वस्थ खानपान अपनाउने, धूम्रपान र मदिराबाट टाढा रहने, मधुमेह तथा रक्तचाप नियन्त्रणमा राख्ने र पिसाब वा मिर्गौलासम्बन्धी कुनै पनि असामान्य लक्षण देखिएमा ढिलाइ नगरी विशेषज्ञ चिकित्सकको परामर्श लिन सबैलाई आग्रह गरे। समयमै उपचार गराए अधिकांश युरोलोजीसम्बन्धी रोग पूर्ण रूपमा नियन्त्रण वा निको पार्न सकिने उनको भनाइ छ।

सोमबार, असार १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.