काठमाडौँ । यसअघि चिकित्सा शिक्षा आयोग बाधक बन्दा रोकिएको नर्सिङ शिक्षा कार्यक्रम फेरि सुरु हुने भएको छ । उच्च अदालतले गत वर्ष गरेको आदेशको कार्यान्वयन गर्न सर्बोच्चले ताकेता गरेपछि रोकिएका नर्सिङ कार्यक्रमले फेरि सुरु हुने भएको हो ।
उच्च अदालत पाटनले ४ असार २०८२ मा गरेको आदेश कार्यान्वयन नभएको भन्दै चिकित्सा शिक्षा आयोगका पूर्व सदस्य समेत रहेका निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनका अध्यक्ष डा पदम बहादुर खड्काले गत १२ असारमा निर्देशनालयमा निवेदन दर्ता गरेका थिए ।
सोही निवेदन अनुसार निर्देशनालयले चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयको नाममा उच्च अदालतको आदेश कार्यान्वयन गर्न निर्देशन दिएपछि पीसीएल नर्सिङको कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको हो । यो संगै अब थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने भएका छन् ।
नयाँ आदेशपछि १०० शैय्या क्षमता वा सो भन्दा धेरै शैय्या भएका अस्पताल तथा मेडिकल कलेजहरुलाई पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको छ ।
