• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नेपालमा फर्मा बजारको सम्भावना र चुनौती

  •  मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित

नेपालको औषधि (फर्मास्युटिकल) बजार पछिल्ला वर्षहरूमा तीव्ररूपमा विस्तार हुँदै गएको क्षेत्र हो । स्वास्थ्य सेवाप्रति बढ्दो सचेतना, जनसंख्याको वृद्धि, शहरीकरण, जीवनशैलीमा आएको परिवर्तन तथा दीर्घ रोगहरूको बढ्दो प्रकोपले नेपाली फर्मा बजारलाई नयाँ उचाइमा पुर्‍याएको छ । आज नेपालमा औषधिको माग केवल उपचारका लागि मात्र नभई रोकथाम, दीर्घकालीन व्यवस्थापन र स्वास्थ्य सुधारका लागि समेत बढ्दै गएको छ । यसले फर्मा उद्योगलाई सम्भावनायुक्त तर चुनौतीपूर्ण क्षेत्रका रूपमा स्थापित गरेको छ ।

नेपालमा फर्मा बजारको सबैभन्दा ठूलो सम्भावना घरेलु उत्पादनको विस्तारमा देखिन्छ । हाल नेपालमा दर्जनौं औषधि उद्योगहरू सञ्चालनमा छन् । जसले सामान्य एन्टिबायोटिकदेखि जटिल औषधिसम्म उत्पादन गर्दै आएका छन् । स्वदेशी उत्पादन वृद्धि भएमा आयातमा निर्भरता घटाउन सकिन्छ, जसले विदेशी मुद्रा बचत गर्न मद्दत गर्छ । साथै, गुणस्तरीय औषधि स्वदेशमै उत्पादन हुँदा मूल्य पनि तुलनात्मक रूपमा सस्तो पर्न सक्छ, जसले सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्‍याउँछ ।

जनसंख्याको वृद्धि र स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै औषधिको माग निरन्तर बढिरहेको छ । ग्रामीण क्षेत्रसम्म स्वास्थ्य चौकी, अस्पताल र क्लिनिक विस्तार हुँदा औषधि खपत पनि बढेको छ । मधुमेह, उच्च रक्तचाप, मुटु रोग, क्यान्सर जस्ता नसर्ने रोगहरूको वृद्धि नेपालका लागि ठूलो बजार अवसर हो । यी रोगहरूको दीर्घकालीन उपचारका लागि नियमित औषधि सेवन आवश्यक हुने भएकाले फर्मा बजार स्थायीरूपमा विस्तार हुँदै गएको छ ।

त्यसैगरी, निजी अस्पताल, क्लिनिक तथा मेडिकल स्टोरहरूको वृद्धि पनि बजार विस्तारको अर्को कारण हो । स्वास्थ्य बीमा कार्यक्रमको विस्तारले पनि औषधि पहुँचलाई सहज बनाएको छ । मानिसहरू पहिलेभन्दा बढी स्वास्थ्य परीक्षण र उपचारतर्फ आकर्षित भएका छन् । जसले औषधिको मागलाई थप बढाएको छ ।

नेपालको फर्मा उद्योगमा अनुसन्धान र विकास (R&D) को सम्भावना पनि उल्लेखनीय छ । नयाँ रोग, एन्टिबायोटिक प्रतिरोध र आधुनिक उपचार पद्धतिका लागि अनुसन्धान आवश्यक छ । यदि नेपालमा (R&D) क्षेत्रमा लगानी बढाइयो भने नयाँ औषधि उत्पादन, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास हुन सक्छ । तर यति धेरै सम्भावना भए पनि नेपाली फर्मा बजारमा विभिन्न चुनौतीहरू पनि विद्यमान छन् । सबैभन्दा ठूलो चुनौती आयातमा अत्यधिक निर्भरता हो । नेपालमा प्रयोग हुने औषधिको ठूलो हिस्सा भारत, बङ्गलादेश, युरोप र अन्य देशबाट आयात हुन्छ । यसले मूल्य नियन्त्रणमा कठिनाइ ल्याउँछ र आपूर्ति प्रणाली पनि बाह्य परिस्थितिमा निर्भर बनाउँछ ।

दोस्रो चुनौती गुणस्तर नियन्त्रण अर्को चुनौती हो । केही उद्योगहरूमा उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार नहुनु, नियमन कमजोर हुनु तथा अनुगमन प्रभावकारी नहुनु जस्ता समस्या देखिन्छन् । गुणस्तर कमजोर भएमा बिरामीको स्वास्थ्यमा प्रत्यक्ष जोखिम पर्न सक्छ ।

तेस्रो चुनौती भनेको दक्ष जनशक्तिको कमी हो । फर्मासिस्ट, केमिस्ट, अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिको अभावले उद्योगको विकासलाई केही हदसम्म सीमित बनाएको छ । आधुनिक प्रविधिको प्रयोग गर्न सक्ने दक्ष जनशक्ति बिना प्रतिस्पर्धी बजारमा टिक्न कठिन हुन्छ ।

चौथो चुनौती मूल्य प्रतिस्पर्धा अर्को चुनौती हो । विदेशी कम्पनीहरू ठूलो मात्रामा उत्पादन गर्ने भएकाले उनीहरूले कम मूल्यमा औषधि उपलब्ध गराउन सक्छन् । यसले स्वदेशी उद्योगलाई प्रतिस्पर्धामा दबाब दिन्छ ।

पाचौं चुनौती नियामक प्रणालीसंग सम्बन्धित छ । औषधि दर्ता, अनुमति प्रक्रिया र बजार अनुगमन अझै पनि पूर्णरूपमा डिजिटल र पारदर्शी बन्न सकेको छैन । यसले केही अव्यवस्थित अभ्यासहरूलाई बढावा दिन सक्छ ।

छठौं चुनौती जुन उत्पादन स्वदेशी औषधि उद्योगले गरि रहेका छन् । त्यही औषधि बिदेशबाट आयात हुदाँ र स्वदेशी औषधि उद्योगले पनि एकै प्रकारको औषधि उत्पादन गर्दा र बजारीकरण गर्दा अस्वस्थ प्रतिर्स्पधा बढेर उद्योगको ठूलो रकम बजारमै नै रहेको छ । ग्रामीण क्षेत्रमा औषधि वितरण प्रणाली अझै कमजोर छ । दुर्गम स्थानहरूमा औषधिको आपूर्ति समयमै नपुग्दा उपचारमा समस्या हुने अवस्था छ । चिसो भण्डारण ९अयमि अजबष्ल० व्यवस्थापनको अभावले केही औषधिहरूको गुणस्तरमा असर पार्न सक्छ ।

यी चुनौतीहरूका बाबजुद पनि नेपाली फर्मा बजारको भविष्य उज्ज्वल छ । यदि सरकारले नीति सुधार, लगानी प्रोत्साहन, अनुसन्धान विकास र गुणस्तर नियन्त्रणमा ध्यान दिन सकेमा यो क्षेत्र आत्मनिर्भर बन्न सक्छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कर छुट, अनुदान तथा प्राविधिक सहयोग आवश्यक छ ।

डिजिटल प्रणालीमार्फत औषधि दर्ता, वितरण र अनुगमनलाई प्रभावकारी बनाउन सकिन्छ । विश्वविद्यालय र उद्योगबीच सहकार्य बढाएर दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । जनचेतना वृद्धि गरेर अनावश्यक औषधि प्रयोग नियन्त्रण गर्न पनि आवश्यक छ । नेपाली फर्मा बजार उच्च सम्भावनायुक्त तर चुनौतीपूर्ण क्षेत्र हो । सही नीति, गुणस्तर सुधार, दक्ष जनशक्ति विकास र स्वदेशी उत्पादन प्रवद्र्धन गर्न सके नेपालले भविष्यमा आत्मनिर्भर मात्र नभई औषधि निर्यात गर्ने देशको रूपमा पनि उभिन सक्ने सम्भावना प्रबल देखिन्छ ।

मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.