• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

हाडजोर्नी क्यान्सरका बिरामीको उपचार कसरी गरिन्छ ?

  •  मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित

नशा तथा हाडजोर्नीमा हुने क्यान्सर अहिले विश्वभर बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिन थालेको छ । नेपालमा पनि पछिल्लो समय हड्डी तथा जोर्नीसम्बन्धी क्यान्सरका बिरामीको संख्या क्रमशः बढ्दै गएको देखिन्छ । समयमै रोग पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले सचेतना अत्यन्त आवश्यक मानिन्छ ।

हाडजोर्नी क्यान्सर भनेको हड्डी, जोर्नी वा त्यस वरिपरिका तन्तुहरूमा असामान्य रूपमा क्यान्सरको कोशिका वृद्धि हुनु हो । यो रोग बालबालिका, युवादेखि वृद्धसम्म जुनसुकै उमेर समूहमा देखिन सक्छ । विशेषगरी लामो समयसम्म हड्डी दुख्ने, जोर्नी सुन्निने, गाँठो देखिने, हिँडडुल गर्न गाह्रो हुने वा सामान्य चोटमै हड्डी भाँचिने समस्या देखिएमा तत्काल विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।

धेरै बिरामी सुरुवाती लक्षणलाई सामान्य दुखाइ सम्झेर बेवास्ता गर्ने भएकाले रोग जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने गर्छन् । यसले उपचारमा कठिनाइ बढाउने गर्दछ । त्यसैले शरीरमा लामो समयसम्म असामान्य दुखाइ वा सुन्निने समस्या देखिए ढिला नगरी परीक्षण गराउनु पर्छ ।

हाडजोर्नी क्यान्सर पत्ता लगाउन विभिन्न आधुनिक परीक्षण गरिन्छ । सुरुमा एक्स–रे गरेर हड्डीको अवस्था हेरिन्छ । त्यसपछि आवश्यकताअनुसार एमआरआई, सिटी स्क्यान, बोन स्क्यान तथा बायोप्सी गरिन्छ । बायोप्सीमार्फत क्यान्सरको प्रकार र अवस्था निश्चित गरिन्छ । यही रिपोर्टका आधारमा उपचार योजना तयार गरिन्छ ।

उपचारको सबैभन्दा महत्वपूर्ण विधि शल्यक्रिया हो । क्यान्सर प्रभावित हड्डी वा तन्तुलाई सुरक्षित तरिकाले हटाइन्छ । पहिले यस्तो अवस्थामा बिरामीको हातखुट्टा काट्नुपर्ने सम्भावना धेरै हुन्थ्यो । तर अहिले प्रविधिको विकाससँगै “लिम्ब साल्भेज सर्जरी” अर्थात् अंग जोगाउने शल्यक्रिया प्रभावकारीरूपमा गर्न थालिएको छ । यसमा क्यान्सर भएको हड्डी हटाएर कृत्रिम हड्डी, मेटल इम्प्लान्ट वा बोन ग्राफ्‌ट राखिन्छ । यसले बिरामीलाई सामान्य जीवनयापनमा फर्किन सहयोग पुर्‍याउँछ ।

केही प्रकारका हाडजोर्नी क्यान्सरमा केमोथेरापी पनि आवश्यक पर्छ । शल्यक्रियाअघि केमोथेरापी दिँदा क्यान्सरको गाँठो सानो बनाउन मद्दत हुन्छ भने शल्यक्रियापछि बाँकी रहेका क्यान्सर कोशिका नष्ट गर्न सहयोग पुग्छ । कतिपय अवस्थामा रेडियोथेरापी पनि प्रयोग गरिन्छ । विशेषगरी शल्यक्रियाबाट पूर्णरूपमा हटाउन कठिन हुने क्यान्सरमा रेडियोथेरापी प्रभावकारी मानिन्छ ।

उपचारपछि बिरामीलाई पुनःस्थापना सेवा अत्यन्त आवश्यक हुन्छ । फिजियोथेरापी, नियमित व्यायाम, सन्तुलित खानपान र मानसिक परामर्शले बिरामीलाई छिटो सामान्य अवस्थामा फर्किन मद्दत गर्छ । लामो उपचार प्रक्रियाका कारण कतिपय बिरामी मानसिक तनावमा जाने भएकाले परिवारको साथ, सकारात्मक सोच र आत्मबल पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

अहिले नेपालमै आधुनिक प्रविधिबाट हाडजोर्नी क्यान्सरको उपचार सम्भव भइरहेको छ । पहिले उपचारका लागि विदेश जानुपर्ने अवस्था भए पनि अहिले दक्ष चिकित्सक र आधुनिक उपकरणका कारण धेरै बिरामीले देशमै प्रभावकारी सेवा पाइरहेका छन् ।

स्वस्थ जीवनशैली अपनाउने, शरीरमा देखिएका असामान्य परिवर्तनलाई बेवास्ता नगर्ने र नियमित स्वास्थ्य परीक्षण गराउने बानीले हाडजोर्नी क्यान्सर समयमै पहिचान गर्न सहयोग पुर्‍याउँछ । समयमै उपचार सुरु गर्न सके धेरै बिरामी पूर्णरूपमा निको भएर सामान्य जीवन बिताउन सक्षम हुने छन् । हाम्रो टिमले वीपी कोइराला क्यान्सर अस्पताल, भरतपुरमा माथि उल्लेख गरिएका जस्तो क्यान्सर रोगका सेवाहरू नियमितरुपमा बिरामीहरूलाई सेवा दिँदै आएका छौ ।

मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.