• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

हाडजोर्नी क्यान्सरका बिरामीको उपचार कसरी गरिन्छ ?

  •  मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित

नशा तथा हाडजोर्नीमा हुने क्यान्सर अहिले विश्वभर बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिन थालेको छ । नेपालमा पनि पछिल्लो समय हड्डी तथा जोर्नीसम्बन्धी क्यान्सरका बिरामीको संख्या क्रमशः बढ्दै गएको देखिन्छ । समयमै रोग पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले सचेतना अत्यन्त आवश्यक मानिन्छ ।

हाडजोर्नी क्यान्सर भनेको हड्डी, जोर्नी वा त्यस वरिपरिका तन्तुहरूमा असामान्य रूपमा क्यान्सरको कोशिका वृद्धि हुनु हो । यो रोग बालबालिका, युवादेखि वृद्धसम्म जुनसुकै उमेर समूहमा देखिन सक्छ । विशेषगरी लामो समयसम्म हड्डी दुख्ने, जोर्नी सुन्निने, गाँठो देखिने, हिँडडुल गर्न गाह्रो हुने वा सामान्य चोटमै हड्डी भाँचिने समस्या देखिएमा तत्काल विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।

धेरै बिरामी सुरुवाती लक्षणलाई सामान्य दुखाइ सम्झेर बेवास्ता गर्ने भएकाले रोग जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने गर्छन् । यसले उपचारमा कठिनाइ बढाउने गर्दछ । त्यसैले शरीरमा लामो समयसम्म असामान्य दुखाइ वा सुन्निने समस्या देखिए ढिला नगरी परीक्षण गराउनु पर्छ ।

हाडजोर्नी क्यान्सर पत्ता लगाउन विभिन्न आधुनिक परीक्षण गरिन्छ । सुरुमा एक्स–रे गरेर हड्डीको अवस्था हेरिन्छ । त्यसपछि आवश्यकताअनुसार एमआरआई, सिटी स्क्यान, बोन स्क्यान तथा बायोप्सी गरिन्छ । बायोप्सीमार्फत क्यान्सरको प्रकार र अवस्था निश्चित गरिन्छ । यही रिपोर्टका आधारमा उपचार योजना तयार गरिन्छ ।

उपचारको सबैभन्दा महत्वपूर्ण विधि शल्यक्रिया हो । क्यान्सर प्रभावित हड्डी वा तन्तुलाई सुरक्षित तरिकाले हटाइन्छ । पहिले यस्तो अवस्थामा बिरामीको हातखुट्टा काट्नुपर्ने सम्भावना धेरै हुन्थ्यो । तर अहिले प्रविधिको विकाससँगै “लिम्ब साल्भेज सर्जरी” अर्थात् अंग जोगाउने शल्यक्रिया प्रभावकारीरूपमा गर्न थालिएको छ । यसमा क्यान्सर भएको हड्डी हटाएर कृत्रिम हड्डी, मेटल इम्प्लान्ट वा बोन ग्राफ्‌ट राखिन्छ । यसले बिरामीलाई सामान्य जीवनयापनमा फर्किन सहयोग पुर्‍याउँछ ।

केही प्रकारका हाडजोर्नी क्यान्सरमा केमोथेरापी पनि आवश्यक पर्छ । शल्यक्रियाअघि केमोथेरापी दिँदा क्यान्सरको गाँठो सानो बनाउन मद्दत हुन्छ भने शल्यक्रियापछि बाँकी रहेका क्यान्सर कोशिका नष्ट गर्न सहयोग पुग्छ । कतिपय अवस्थामा रेडियोथेरापी पनि प्रयोग गरिन्छ । विशेषगरी शल्यक्रियाबाट पूर्णरूपमा हटाउन कठिन हुने क्यान्सरमा रेडियोथेरापी प्रभावकारी मानिन्छ ।

उपचारपछि बिरामीलाई पुनःस्थापना सेवा अत्यन्त आवश्यक हुन्छ । फिजियोथेरापी, नियमित व्यायाम, सन्तुलित खानपान र मानसिक परामर्शले बिरामीलाई छिटो सामान्य अवस्थामा फर्किन मद्दत गर्छ । लामो उपचार प्रक्रियाका कारण कतिपय बिरामी मानसिक तनावमा जाने भएकाले परिवारको साथ, सकारात्मक सोच र आत्मबल पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

अहिले नेपालमै आधुनिक प्रविधिबाट हाडजोर्नी क्यान्सरको उपचार सम्भव भइरहेको छ । पहिले उपचारका लागि विदेश जानुपर्ने अवस्था भए पनि अहिले दक्ष चिकित्सक र आधुनिक उपकरणका कारण धेरै बिरामीले देशमै प्रभावकारी सेवा पाइरहेका छन् ।

स्वस्थ जीवनशैली अपनाउने, शरीरमा देखिएका असामान्य परिवर्तनलाई बेवास्ता नगर्ने र नियमित स्वास्थ्य परीक्षण गराउने बानीले हाडजोर्नी क्यान्सर समयमै पहिचान गर्न सहयोग पुर्‍याउँछ । समयमै उपचार सुरु गर्न सके धेरै बिरामी पूर्णरूपमा निको भएर सामान्य जीवन बिताउन सक्षम हुने छन् । हाम्रो टिमले वीपी कोइराला क्यान्सर अस्पताल, भरतपुरमा माथि उल्लेख गरिएका जस्तो क्यान्सर रोगका सेवाहरू नियमितरुपमा बिरामीहरूलाई सेवा दिँदै आएका छौ ।

मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.