• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

दन्तरोगको क्षेत्रमा ओरल मेडिसिन तथा रेडियोलोजीको महत्व

  •  बुधबार, असार १७, २०८३ मा प्रकाशित

मानव स्वास्थ्यमा मुखको स्वास्थ्य अत्यन्तै महत्वपूर्ण मानिन्छ । मुख स्वस्थ भए शरीर पनि स्वस्थ रहन्छ भन्ने मान्यता आजको आधुनिक चिकित्साशास्त्रले समेत स्वीकार गरेको छ । दाँत, गिजा, जिब्रो, तालु तथा मुखभित्रका अन्य अंगहरूमा देखिने समस्या समयमै पहिचान र उपचार गर्न सके गम्भीर रोगबाट बच्न सकिन्छ । यही कार्यलाई अझ प्रभावकारी बनाउन “ओरल मेडिसिन एण्ड रेडियोलोजी” ले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । दन्त चिकित्साको यो विशेष शाखाले मुखभित्र हुने रोगको पहिचान, परीक्षण, रेडियोलोजिकल मूल्यांकन तथा उचित उपचार योजना बनाउन सहयोग पुर्‍याउँछ ।

ओरल मेडिसिन भन्नाले मुखभित्र देखिने विभिन्न रोगहरूको अध्ययन, पहिचान तथा औषधीय व्यवस्थापनलाई जनाउँछ भने रेडियोलोजी भनेको एक्स–रे लगायत आधुनिक इमेजिङ प्रविधिबाट रोगको अवस्था मूल्यांकन गर्ने प्रक्रिया हो । यी दुई विधा मिलेर दन्त उपचारलाई अझ सुरक्षित, वैज्ञानिक र प्रभावकारी बनाउने काम गर्छन् ।

आजको समयमा धेरै मानिसहरू दाँत दुख्ने, गिजाबाट रगत आउने, मुखभित्र घाउ आउने, मुख सुख्खा हुने, दुर्गन्ध आउने, जिब्रो पोल्ने, मुख खोल्न कठिन हुने जस्ता समस्याबाट पीडित छन् । यस्ता समस्याको वास्तविक कारण पत्ता लगाउन ओरल मेडिसिन विशेषज्ञको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । सामान्य दन्त परीक्षणले नदेखिएका समस्यासमेत ओरल मेडिसिन तथा रेडियोलोजीमार्फत पहिचान गर्न सकिन्छ ।

विशेषगरी मुखको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन यो बिधा निकै उपयोगी मानिन्छ । नेपालमा सुर्तीजन्य पदार्थ, गुट्खा, मदिरा तथा धूमपानको प्रयोग बढ्दै जाँदा मुखको क्यान्सर हुने जोखिम पनि बढिरहेको छ । मुखभित्र लामो समयसम्म सञ्चो नहुने घाउ, सेतो वा रातो दाग, गिजा सुन्निने, मुख खोल्न कठिन हुने जस्ता लक्षणहरूलाई समयमै परीक्षण गरेर क्यान्सरको प्रारम्भिक पहिचान गर्न सकिन्छ । प्रारम्भिक अवस्थामा रोग पत्ता लागे उपचार सफल हुने सम्भावना धेरै हुन्छ । त्यसैले ओरल मेडिसिन एण्ड रेडियोलोजीलाई मुखको क्यान्सर रोकथामको महत्वपूर्ण माध्यमका रूपमा हेरिन्छ ।

दाँतको जराभित्रको संक्रमण, बङ्गाराभित्रको समस्या, बुद्धीदाँतको अवस्था, हड्डीको संक्रमण, सिस्ट तथा ट्युमर जस्ता समस्याको मूल्यांकनमा रेडियोलोजी अत्यन्त आवश्यक हुन्छ । एक्स–रे, ओपीजी, सीबीसीटीलगायत आधुनिक प्रविधिको प्रयोगबाट रोगको वास्तविक अवस्था स्पष्ट रूपमा हेर्न सकिन्छ । यसले चिकित्सकलाई सही उपचार योजना बनाउन सजिलो बनाउँछ ।

ओरल मेडिसिन विशेषज्ञहरूले केवल दाँतको रोग मात्र होइन, शरीरका अन्य रोगसँग सम्बन्धित मुखका लक्षणहरू पनि पहिचान गर्छन् । मधुमेह, रक्तअल्पता, भिटामिनको कमी, हर्मोन असन्तुलन, रोग प्रतिरोधात्मक क्षमतामा कमी तथा विभिन्न संक्रमणजन्य रोगका लक्षणहरू मुखभित्र देखिन सक्छन् । त्यसैले मुखको परीक्षणबाट शरीरभित्रको स्वास्थ्य अवस्था समेत अनुमान गर्न सकिन्छ ।

धेरै मानिसहरू मुखमा सामान्य घाउ आएको भनेर बेवास्ता गर्ने गर्छन् । तर केही घाउ वा संक्रमण गम्भीर रोगको संकेत पनि हुन सक्छ । लगातार दुई हप्ताभन्दा बढी समयसम्म मुखभित्र घाउ रहिरहनु, सेतो वा रातो धब्बा देखिनु, गिजा असामान्यरूपमा सुन्निनु, मुख पोल्नु वा दुख्नु जस्ता समस्यालाई बेवास्ता गर्नु हुँदैन । यस्तो अवस्थामा ओरल मेडिसिन विशेषज्ञसँग परामर्श लिनु अत्यन्त आवश्यक हुन्छ ।

बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिहरूलाई ओरल मेडिसिन तथा रेडियोलोजी सेवा आवश्यक पर्न सक्छ । विशेषगरी दाँत उम्रिने क्रममा हुने समस्या, जबडाको असामान्य विकास, दुर्घटनाबाट भएको चोटपटक, संक्रमण तथा जन्मजात समस्या पहिचान गर्न रेडियोलोजीले ठूलो सहयोग पुर्‍याउँछ ।

आधुनिक दन्त उपचारमा रेडियोलोजीबिना उपचार प्रक्रिया अधुरो जस्तै मानिन्छ । दाँत निकाल्नुअघि, रुट क्यानल गर्नुअघि, इम्प्लान्ट राख्नुअघि वा शल्यक्रिया गर्नुअघि एक्स–रे परीक्षण अत्यावश्यक हुन्छ । यसले उपचारको जोखिम कम गर्नुका साथै सफलताको सम्भावना बढाउँछ ।

हाल डिजिटल रेडियोलोजी प्रविधिको विकासले दन्त क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ । डिजिटल एक्स–रेमार्फत कम रेडियसनमा छिटो र स्पष्ट रिपोर्ट प्राप्त गर्न सकिन्छ । यसले बिरामीलाई सुरक्षित बनाउनुका साथै उपचार प्रक्रिया पनि छिटो र सहज बनाएको छ । नेपालमा पनि ओरल मेडिसिन तथा रेडियोलोजीको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । शहरदेखि ग्रामीण क्षेत्रसम्म दन्त स्वास्थ्यप्रति चेतना बढ्न थालेको देखिन्छ ।

अझै धेरै मानिसहरू दाँत दुखेपछि मात्र अस्पताल जाने प्रवृत्तिमा छन् । नियमित दन्त परीक्षण गर्ने बानीको कमीले गर्दा धेरै रोग ढिलो चरणमा मात्र पत्ता लाग्ने गरेका छन् । विशेषज्ञहरूका अनुसार वर्षमा कम्तीमा दुई पटक दन्त परीक्षण गराउनु आवश्यक हुन्छ । नियमित परीक्षण गर्दा प्रारम्भिक अवस्थामा नै रोग पहिचान गरी उपचार गर्न सकिन्छ । यसले समय, खर्च तथा जटिलता सबै कम गर्न मद्दत गर्छ ।

मुखको स्वास्थ्यलाई बेवास्ता गर्नु भनेको सम्पूर्ण स्वास्थ्यलाई जोखिममा पार्नु हो । स्वस्थ दाँत र मुखले राम्रो खाना खान, स्पष्ट बोल्न, आत्मविश्वास बढाउन तथा समग्र जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले दन्त रोगको सही पहिचान, रोकथाम तथा उपचारका लागि ओरल मेडिसिन एण्ड रेडियोलोजीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ ।

समयमै परीक्षण, सही निदान तथा आधुनिक प्रविधिको प्रयोगमार्फत धेरै दन्त तथा मुखसम्बन्धी रोगहरू नियन्त्रण गर्न सकिन्छ । त्यसैले मुखमा कुनै असामान्य लक्षण देखिएमा बेवास्ता नगरी विशेषज्ञ चिकित्सकसँग परामर्श लिनु नै राम्रो हुनेछ ।

बुधबार, असार १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.