चितवन । देशकै प्रमुख क्यान्सर उपचार केन्द्रमध्ये एक बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त हुनुभएको छ । नयाँ अध्यक्ष नियुक्तिसँगै अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । उक्त पदका लागि आठ जनाले आवेदन दिएका थिए । तीमध्ये डा. सिंह अध्यक्षमा नियुक्त हुनुभएको हो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय कार्यरत रहनुभएका डा. सिंह अस्पतालको अध्यक्षमा नियुक्त हुनुभएको हो । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आफ्नो नियुक्तिको जानकारी प्राप्त भएको पुष्टि गर्नुभएको छ ।
