• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार

  •  आइतबार, असार २१, २०८३ मा प्रकाशित

दाङ । घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ । घोराही उपमहानगरपालिका–११ शिवपुर निवासी ६० वर्षीया महिलालाई तल्लो पेट दुख्ने, ढाड, कम्मर दुख्ने समस्या भएको थियो । घरको कामले फुर्सद नभएर उहाँ अस्पताल जानुभएन । घर नजिकै घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा जानुभयो । त्यहाँ पुगेपछि उहाँको पाठेघरमा घाउ भएको पत्ता लाग्यो ।

उपचारमा गएका स्वास्थ्यकर्मीले औषधिले निको हुन्छ नआत्तिनुहोला भनी सम्झाइबुझाई गरी औषधि दिएर पठाए । घरछेउमा स्वास्थ्य सेवा पाएपछि खुसी लागेको पोखरेलले बताउनुभयो । घोराही उपमहानगरपालिका–१३ कलमघारीका ६३ वर्षीया महिलालाई पिसाब नरोकिने, ढाड दुख्ने, जीउ दुख्ने र खान मन नलाग्ने समस्या थियो । उपचारका लागि जाने फुर्सद नभएकाले अस्पताल नगएको उहाँले बताउनुभयो । घरछेउमा आएको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएको र स्वास्थ्यकर्मीले औषधि दिनुभएको छ, निको हुने आशा गरेको छु”, उहाँले भन्नुभयो । घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाका अनुसार पछिल्लो चार वर्षमा घोराहीमा पाठेघरको मुखको क्यान्सर रोगका कारण ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । समयमै स्क्रिनिङ गराउँदा सयौँले ज्यान जोगाएका छन् । बितेको चार वर्षको तथ्याङ्कले घोराही उपमहानगरपालिकामा ४८८ जनामा पाठेघरको मुखको क्यान्सरको शङ्कास्पद लक्षण फेलापरेको छ ।

घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाले १९ वटै वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट ४८८ महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेलापरेको हो । महिलाहरूको स्वास्थ्य संरक्षणका लागि उपमहानगरले आर्थिक वर्ष २०७९/८० देखि पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ । चार आर्थिक वर्षमा घोराहीले १९ वटै वडाका विभिन्न क्षेत्रमा पुगेर १६ हजार ७४१ महिलाको पाठेघर परीक्षण गर्यो । त्यही परीक्षणमा ४८८ महिलाको पाठेघरमा क्यान्सरको शङ्कास्पद लक्षण फेलापर्यो ।

तथ्याङ्कअनुसार आव २०७९/८० मा कुल पाँच हजार ८०९ महिलाको पाठेघर परीक्षण गरियो । तीमध्ये ११६ महिलामा क्यान्सर पोजेटिभ देखियो । आव २०८०/८१ मा तीन हजार ६६५ महिलाको पाठेघर जाँच गर्यो । जसमा ८८ जनाको पाठेघरमा पोजेटिभ देखियो । यस्तै आव २०८१/८२ मा पाँच हजार २६० जनामा गरिएको परीक्षणबाट १६४ जनामा शङ्कास्पद लक्षण भेटिएको थियो भने चालु आव २०८२/८३ मा दुई हजार सात जनाको पाठेघर जाँच गर्दा १२० जनामा पोजेटिभ देखिएको घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो । समयमै समस्या पत्ता लाग्दा खर्च पनि कम हुने र निको पनि पार्न सहज हुने कुरालाई हामीले सबै महिलाहरूलाई सजग गराउँदै जाँदा उपचारका लागि आउनेको सङ्ख्या बढेको शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

घोराहीले अहिले गाउँघरमै पुगेर निःशुल्क शिविर चलाउने, संस्थागत परिवार नियोजन क्लिनिक र लक्ष्मीपुर स्वास्थ्यचौकीमा पाठेघरको मुखको क्यान्सर जाँच गर्ने व्यवस्था मिलाएको छ । हरेक बिहीबार संस्थागत परिवार नियोजन क्लिनिक र हरेक महिनाको पहिलो सोमबार लक्ष्मीपुर स्वास्थ्यचौकीबाट पाठेघरको मुखको क्यान्सरको जाँच भइरहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । गम्भीर समस्या देखिए सम्बन्धित अस्पतालहरूमा रिफर गर्ने गरिएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले दैनिकजसो आफ्नो

टेबुलमा क्यान्सरपीडित महिला आउन थालेपछि रोग लागेर उपचार गर्नुभन्दा रोग समयमै पत्ता लगाउने अभियान चलाएको बताउनुभयो । “आव २०७९/८० देखि पाठेघरको मुखको क्यान्सर जाँच अभियान थाल्यौँ”, उपप्रमुख डिसीले भन्नुभयो, “केहीलाई त बचाउन सकिएन, तर समयमै जाँच भएर उपचार गर्दा धेरैले नयाँ जीवन पाउनुभएको छ । त्यसैले पाठेघरको मुखको क्यान्सर जाँचलाई अभियानकै रूपमा आगामी दिनमा पनि सञ्चालन गछौँ।”रासस

आइतबार, असार २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.