• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

जनशक्तिको अभावले सञ्चालनमा आउन सकेन ट्रमा सेन्टर

  •  आइतबार, असार २१, २०८३ मा प्रकाशित

बैतडी । यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका-८ सिद्धेस्वर स्वास्थ्य चौकीको भवनमा निर्माण गरिएको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको ट्रमा सञ्चालनमा ढिलाइ हुँदा दुर्घटनामा तत्काल उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्ने समस्या रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।

“बैतडीको खोडपे आसपासका क्षेत्रलाई सवारी दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ । ट्रमा सेन्टर सञ्चालनमा आउन नसक्दा विपद् र दुर्घटनामा घाइते भएकाको उपचारमा समस्या भइरहेको छ”, सिँगास गाउँपालिका-१ का जगदीश ऐरले भन्नुभयो, “उपचारका लागि डडेल्धुरा अस्पताल पठाउनुपर्ने भएकाले घाइतेको ज्यानै जोखिममा पर्ने गरेको छ ।”

नगरपालिकाको रु १० लाख र सङ्घीय सरकारको रु ५० लाख लागतमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको थियो । भवन र केही उपकरण उपलब्ध भएपनि आवश्यक थप उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिनुभयो ।

“भवनसँगै स्पाइनल ब्याकबोर्ड, एइडी उपकरण, अक्सिजन कन्सन्ट्रेटर, प्यासेन्ट मोनिटर, थप १५ शय्यालगायत सामग्री राखिएको छ । अन्य थप उपकरण र जनशक्तिको व्यवस्थापन भने हुन सकेको छैन”, महराले भन्नुभयो, “एक्सरे मेसिन, अर्थोपेडिक चिकित्सक, रेडियोग्राफर, स्टाफनर्स र हेल्थ असिस्टेन्टको व्यवस्था भए यो सेन्टर तत्काल सञ्चालन गर्न सकिन्छ ।”

आर्थिक वर्ष २०७७÷७८ मा भवन निर्माण सम्पन्न भएको थियो । तत्काल आवश्यक उपकरण व्यवस्थापन गरी ट्रमा सेन्टर सञ्चालनको माग गर्दै प्रदेश र सङ्घीय सरकारलाई पटकपटक जानकारी गराउँदै आए पनि हालसम्म कुनै सुनुवाई नभएको पाटन-८ का वडाध्यक्ष हरिश विष्टले बताउनुभयो ।

“गत चैत २२ गते नगरपालिकाले ट्रमा सेन्टर सञ्चालनका लागि तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई उपकरण र जनशक्ति व्यवस्थापनको माग गर्दै पत्र पठाएको थियो”, वडाध्यक्ष विष्ट भन्नुभयो, “अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।”

दशरथचन्द राजमार्ग, महाकाली र जयपृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन खोडपे भएर गुड्ने जनाउँदै उहाँले यो क्षेत्र जोखिमपूर्ण मानिएकाले यहाँ बर्सेनि सवारीसाधन दुर्घटना हुने तथा समयमा उपचार सेवा नपाउँदा घाइतेले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

तीन वर्षमा ४७ जनाको सवारी दुर्घटनामा मृत्यु

तीन वर्षमा जिल्लामा ३४ वटा सवारी दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गएको तीन वर्षमा भएका सवारी दुर्घटनामा परेर १२६ जना घाइते भएका छन् ।

पछिल्लो तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको बताउँदै दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८०/८१ मा आठ वटा सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको थियो भने ४२ जना घाइते भएका थिए ।

आव २०८१/८२ मा १० वटा सवारी दुर्घटनामा ११ जना र आव २०८२/८३ को हालसम्म १६ वटा सवारी दुर्घटना भइसकेका छन् भने २९ जनाको मृत्यु भएको प्रहरी निरीक्षक तिमिल्सेनाले जानकारी दिनुभयो ।

चालु आवको हालसम्मका सवारी दुर्घटनामा ३४ पुरुष र २५ महिला गरी ५९ जना घाइते भएका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । गएको शुक्रबार मात्रै पाटन नगरपालिका-८ गैराखानमा भएको बस दुर्घटनामा २४ जना घाइते भएका थिए । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

आइतबार, असार २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.