• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

हृदयघात कसरी हुन्छ ? के छन् बच्ने उपायहरू ?

  •  सोमबार, असार २२, २०८३ मा प्रकाशित

हृदयघात आजभोलि विश्वभरि नै अत्यन्तै खतरनाक र मृत्यु गराउने प्रमुख रोगहरूमध्ये एक हो । हृदयलाई रगत आपूर्ति गर्ने नसाहरू (coronary arteries) अवरुद्ध हुँदा हृदयघात हुन्छ । जब हृदयमा पर्याप्त अक्सिजनयुक्त रगत पुग्दैन, तब हृदयका मांसपेशीहरू कमजोर हुँदै जान्छन् र अन्ततः काम गर्न असफल हुन सक्छन् ।

हृदयघात कसरी हुन्छ ?

हृदयघात प्रायः हृदयका धमनीहरूमा बोसो, कोलेस्ट्रोल र अन्य पदार्थ जम्मा भएर हुने अवरोध (blockage) का कारण हुन्छ । यस अवस्थालाई एथेरोस्क्लेरोसिस (atherosclerosis) भनिन्छ । समयसँगै यी जमेको पदार्थहरू कडा हुँदै धमनी साँघुरो बनाउँछन् । जब कुनै एक धमनी पूर्णरूपमा बन्द हुन्छ, तब हृदयको सम्बन्धित भागमा रगत पुग्दैन । यसले हृदयको मांसपेशीलाई क्षति पुर्‍याउँछ र हृदयघात हुन्छ । कहिलेकाहीँ रगत जमेर (blood clot) को कारण अचानक अवरोध सिर्जना गर्न सक्छ ।

मुख्य कारणहरू

हृदयघात हुनुका धेरै कारणहरू छन्, जसमा जीवनशैली मुख्यरूपमा जिम्मेवार हुन्छ । अन्य कारणहरू यस प्रकार छन् :

अस्वस्थ खानपान : बढी बोसो, तारेको, जंक फूड र धेरै नुनयुक्त खाना ।

धुम्रपान र मदिरा सेवन : यसले धमनीहरूलाई कमजोर र साँघुरो बनाउँछ ।

उच्च रक्तचाप : निरन्तर उच्च दबाबले हृदयलाई असर गर्छ ।

उच्च कोलेस्ट्रोल : रगतमा खराब बोसो बढ्दा अवरोध हुन्छ ।

मधुमेह : चिनीको मात्रा अनियन्त्रित हुँदा नसाहरू बिग्रन्छन् ।

व्यायामको कमी : शरीर निष्क्रिय हुँदा हृदय कमजोर हुन्छ ।

तनाव : अत्यधिक मानसिक तनावले पनि हृदयमा असर गर्छ ।

वंशाणुगत कारण : परिवारमा हृदय रोगको इतिहास भए जोखिम बढी हुन्छ ।

हृदयघातका लक्षणहरू

हृदयघात अचानक देखिन सक्छ, तर केही संकेतहरू पहिले नै देखिन सक्छन् । जस्तै : छातीमा कडा दुखाइ वा भारीपन हुनु, बाँया हात, काँध, घाँटी वा बङ्गारामा दुखाइ फैलिनु, सास फेर्न गाह्रो हुनु, अत्यधिक पसिना आउनु, चक्कर लाग्नु वा कमजोरी महसुस हुनु, वाकवाकी वा बान्ता हुने अवस्था यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जानु अत्यन्त आवश्यक हुन्छ ।

बच्ने उपायहरू

हृदयघातबाट बच्न जीवनशैली सुधार गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । जस्तै : सन्तुलित खाना खाने, हरियो सागसब्जी, फलफूल, फाइबरयुक्त खाना बढी खाने, तेल, घ्यू र बोसो कम गर्ने, नियमित व्यायाम गर्ने, दैनिक ३० मिनेट हिँड्ने वा हल्का दौडने, योग र प्राणायाम गर्ने, धुम्रपान र मदिरा पूर्णरूपमा छोड्ने, यी दुवैले हृदयलाई प्रत्यक्ष क्षति पुर्‍याउँछन् ।

त्यस्तै तनाव नियन्त्रण गर्ने, ध्यान, योग र पर्याप्त आराम गर्ने, नियमित स्वास्थ्य जाँच गर्ने, रक्तचाप, चिनी र कोलेस्ट्रोल समय–समयमा जाँच गर्ने, तौल नियन्त्रण गर्ने, मोटोपन कम गर्न सन्तुलित जीवनशैली अपनाउँदा यसको प्रभावबाट बच्न सकिन्छ ।

हृदयघात एक गम्भीर तर धेरै हदसम्म रोक्न सकिने रोग हो । समयमै जीवनशैली परिवर्तन र स्वास्थ्यमा ध्यान दिएमा यसको जोखिम धेरै कम गर्न सकिन्छ । अस्वस्थ बानीहरू त्यागेर स्वस्थ जीवनशैली अपनाउनु नै हृदयलाई सुरक्षित राख्ने सबैभन्दा उत्तम उपाय हो । नियमित व्यायाम, राम्रो खाना र मानसिक सन्तुलनले जीवन लामो र स्वस्थ बनाउन मद्दत गर्छ ।

सोमबार, असार २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.