काठमाडौं । सरकारले कैलालीको गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। ‘मन्त्रिपरिषद्को बैठकले गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको छ,’ सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले भने ।
यसअघि उक्त अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुँदैं आएको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै अब विश्वविद्यालयअन्तर्गत उक्त शिक्षण अस्पताल सञ्चालन हुने बाटो खुलेको छ ।
