• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

घरघरमा धूमपान निषेध अभियान सञ्चालन गर्छौँ : प्रमुख महर्जन

  •  सोमबार, जेठ १६, २०७९ मा प्रकाशित

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूमपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताउनुभएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रत्येक घरघरमा गएर धूमपान सेवनविरुद्धको अभियान सञ्चालन गर्ने बताउनुभयो ।

उहाँका अनुसार जनप्रतिनिधि र नगर प्रहरीले प्रत्येक घरमा गएर सुर्तीजन्य पदार्थ सेवन विरुद्धको अभियान सञ्चालन गर्ने छन् । नगरप्रमुख महर्जनले पाटन, पुल्चोक, जावलाखेल र लखनखेल धूमपान निधेष क्षेत्र घोषणा गरिसकेको भन्दै अन्य क्षेत्रलाई पनि घोषणाको तयारी गरेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले जनचेतनामार्फत धूमपान सेवनलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले मन्त्रालयले मात्र नभएर सबैको सहयोगबाट धूमपान नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । उहाँले मन्त्रालयले गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायले धूमपान सेवन पछिल्लो पटक युवामा बढेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले धूमपान सेवनलाई रोकथाम र नियन्त्रण गर्न सामाजिक सङ्घसंस्था, विद्यार्थी र युवालाई परिचालन गर्नुपर्ने धारणा राख्नुभयो । “विद्यालयका विद्यार्थी र टोलमा युवालाई समेटेर धूमपान निषेध अभियान सञ्चालन गर्नु पर्दछ” उहाँले भन्नुभयो, “धूमपान सेवनको रोकथाम गर्न स्थानीय तह सक्षम बनाउनुपर्दछ ।”

मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले धूमपानको सेवन नगर्ने हो भने अहिले मृत्यु हुने भन्दा ५० प्रतिशत मानिसको ज्यान जोगाउन सकिने बताउनुभयो । उहाँका अनुसार प्रत्येक सात जनामा एक जनाको धूमपान सेवनले मृत्यु हुने गरको छ । उहाँले सुर्तिजन्य पदार्थको सेवनबाट स्वास्थ्यमा १ दशमलव ८ प्रतिशत कुल ग्राहस्थ उत्पादन घटेकोले राज्यलाई नै नोक्सान भएको बताउनुभयो ।

उहाँले सुर्तिजन्य पदार्थको सेवन छुटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले १५ दिनभित्रमा ललितपुरका विद्यालय वरपर सुर्तिजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने बताउनुभयो ।

उहाँले विद्यालयको सय मिटर वरपर सुर्तिजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने कानुन अनुसार नै १५ दिनभित्र विद्यायल वरपर बिक्रीवितरणमा रोक लगाइने बताउनुभयो । उहाँले चुरोट सेवनको लत युवामा बढेकोले कडाइका साथ नियन्त्रण गर्ने बताउनुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा रवि शाक्यले चुरोटको सेवन छुटाउन कारबाही नभएर जनचेतनामार्फत छुटाउन सकिने बताउनुभयो । उहाँले चुरोट छुटाउने औषधि नेपालमा प्रयोग भए तापनि सफल नभएको भन्दै जनचेनतामार्फत नै छुटाउन सकिने बताउनुभयो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले चियापसलमा चुरोट अत्यधिक सेवन गर्ने पाइएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

एक्सन नेपालमा अध्यक्ष आनन्दबहादुर चन्दले वार्षिक २७ हजार मानिस सुर्तीजन्य पदार्थ सेवन गर्नाले ज्यान जाने गरेको भन्दै सरकारले समयमा नै सुर्तीजन्य पदार्थको सेवन रोकथाम गर्नुपर्ने धारणा राख्नुभयो ।

भोलि विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालसहित विश्वभर ‘सुर्तीजन्य पदार्थ त्यागौँः स्वास्थ्य र वातावरण जोगाआँै’ भन्ने नाराका साथ मनाइँदै छ ।

सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.