• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

विपद्मा नसर्ने रोगको सेवा निरन्तरताकोे खाँचो

  •  बुधबार, असार ३१, २०८३ मा प्रकाशित

काठमाडौँ। नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको प्रभावकारी एकीकृत पहल आवश्यक रहेकामा जोड दिइएको छ । साथै जोखिमलाई सामना गर्न विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताका लागि संयुक्त प्रयासको खाँचो औँल्याइएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उत्थानशील नसर्ने रोग परियोजनाद्वारा ‘विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताको लागि अत्यावश्यक प्रतिकार्य प्याकेज’ विषयक छलफल कार्यक्रम सो खाँचो औँल्याइएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले सासाइटीले विभिन्न मानवीय सेवाका गतिविधिलाई निरन्तर जारी रहेको जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा पोमावती थापाले ‘नेपालमा नसर्ने रोगको वर्तमान अवस्था, उपलब्धि तथा सन् २०३० सम्मको राष्ट्रिय कार्यदिशा’ विषयक प्रस्तुति गर्दै नेपालमा बढ्दो नसर्ने रोगको चुनौतीलाई सम्बोधन गर्न विपद् जोखिम व्यवस्थापनसँग स्वास्थ्य सेवाको प्रभावकारी एकीकृत पहल अपरिहार्य रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो“ विभिन्न कारणले पछिल्लो समय नेपालमा सरुवा भन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । यसलाई सम्बोधन गर्न संयुक्त प्रयासको खाँचो पर्दछ ।”

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नसर्ने रोगको जोखिममा रहेका समुदायको पहिचान गरी त्यहीअनुसारको पूर्वतायरी गर्नुपर्ने आवश्यतका औँल्याउनुभयो । डेनिस रेडक्रसको देशीय व्यवस्थापक (नेपाल र बङ्गलादेश) डेभिड फोग्देनले नसर्ने रोगको विश्वव्यापी तथ्याङ्कलाई अध्ययन गर्दा अवस्था गम्भीर रहेको पाइएको बताउनुभयो । उहाँले समुदायमा विपद् प्रतिरोधात्मक स्वास्थ्य प्रणालीको विकास, गैरसरुवा रोगको प्रभावकारी व्यवस्थापन तथा साझेदारीमा आधारित कार्यलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा सुझाव दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी, विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले विपद्का अवस्थामा नसर्ने रोगबाट प्रभावित व्यक्तिहरूका लागि स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न बहुपक्षीय सहकार्य र नीतिगत समन्वय आवश्यक छ भन्नुभयो । डेनिस रेडक्रसका नेपाल कार्यक्रम संयोजक निरु प्रधान तथा नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक प्रमोद अधिकारीले बिपद्को समयमा नसर्ने रोगसम्बन्धी बिरामीहरूका लागि उपचार तथा आवश्यक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन भइरहेको उत्थानशील नसर्ने रोग परियोजनाका प्रमुख उपलब्धि तथा सिकाइहरू प्रस्तुत गर्नुभएको थियो ।

नेपाल रेडक्रस, स्वास्थ्य सेवा विभागका कार्यक्रम संयोजक अनिल महर्जनले परियोजनाअन्तर्गत गरिएको अध्ययन तथा अनुसन्धानका प्रमुख निष्कर्ष प्रस्तुत गर्दै समुदायस्तरमा नसर्ने रोग व्यवस्थापनलाई विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनासँग आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । कार्यक्रममा नसर्ने रोगसम्बन्धी सेवाको व्यावहारिक कार्यान्वयन, नीतिगत अवसर, स्वास्थ्य प्रणालीमा प्रभावकारी एकीकरण तथा दिगो संस्थागत व्यवस्थापनका विषयमा सहभागीहरूबीच अन्तक्र्रियात्मक छलफल भएको थियो । यसमा विपद्को अवस्थामा नसर्ने रोग (एनसिडी) सम्बन्धी सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक नीति तथा रणनीतिक व्यवस्था, स्रोत परिचालन, स्वास्थ्य प्रणाली र प्राथमिक स्वास्थ्य सेवासँग एनसिडी सेवाको एकीकरण, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्थापन, स्थानीय तहको भूमिका, पेन–डीको संस्थागत विकासमा छलफल गरिएको थियो ।

साथै, अनुसन्धान तथा प्रमाणमा आधारित नीति निर्माण, अन्तरराष्ट्रिय अभ्यास, बहुपक्षीय समन्वय तथा विपद्को समयमा नसर्ने रोगका बिरामीलाई गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उपायबारे छलफल गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीका निमित्त कार्यकारी निर्देशक मोना अर्यालले विपद्को समयमा नसर्ने रोगबाट प्रभावित व्यक्तिहरूले अविछिन्न रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न सरकार, रेडक्रस तथा सरोकारवाला निकायबीचको सहकार्य, अनुभव आदानप्रदान र प्रमाणमा आधारित नीतिगत पहललाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा कञ्चनपुरको लालझडी गाउँपालिका अध्यक्ष निर्मल रानाले नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित नसर्ने रोगको परियोजनाबाट पालिकामा पुगेको सहयोगका बारेमा आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो ।

छलफलको सहजीकरण रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महाससङ्घ (आइएफआरसी) क्यानेडियन रेडक्रसका एसिया प्रशान्त क्षेत्रीय स्वास्थ्य सल्लाहकार रमेश न्यौपानेले गर्नुभएको थियो । छलफल कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल रडक्रस सोसाइटी, आइएफआरसी, डेनिस रेडक्रस, क्यानेडियन रेडक्रस, विश्व स्वास्थ्य सङ्गठन, काठमाडौँ विश्वविद्यालय तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।रासस

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.