• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड

  •  बुधबार, असार ३१, २०८३ मा प्रकाशित

काठमाडौँ । सांसदहरुले मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन, सुविधासम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन तथा ‘डिजिटल’ सेवा प्रवाहलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले आत्मदाह, आत्महत्या तथा डिप्रेसनलगायत समस्याको समाधानका लागि अविलम्ब मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन गर्न सत्ता र प्रतिपक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

सोही पार्टीका राजकिशोर महतोले मुलुकका ठूला तथा सुविधासम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा समस्या आएकाले समस्याको यथाशीघ्र समाधान गर्न आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रिङ्गला यादवले पनि सोही समस्या समाधानमा जोड दिँदै यातायात व्यवस्था विभाग र भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्थापन विभागका सर्भर तत्काल मर्मत गरी आधारभूत सार्वजनिक सेवा सुचालु गर्न माग गर्नुभयो ।

नेपाली कांग्रेसका निश्कल राईले इलामका जीर्ण सडक पूर्वाधार तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका बलावती शर्माले बागलुङको काठेखोला गाउँपालिका–७ र ८ भएर बग्ने रेशाखोला तर्ने क्रममा गुल्मीको मुसिकोटकी ४५ वर्षीया मीना कार्की बेपत्ता भएकीले निजको खोजी गर्न प्रशासनको ध्यानाकर्षण गराउनुभयो । रास्वपाका धनेन्द्र कार्कीले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ मा केही दिनअघि पहिरोले हेमबहादुर दुराको घर पुरिएको र उद्धारका लागि परिचालन भएको सुरक्षाकर्मीको टोली सडक अवरुद्ध हुँदा समयमै पुग्न नसकेको जानकारी दिँदै जीर्ण सडकको मर्मतसम्भार हुनुपर्ने माग गर्नुभयो।

सोही पार्टीका सोम शर्माले विपद् प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापना गराउनेगरी राज्यका संयन्त्रलाई तयार पार्न आग्रह गर्नुभयो । एमालेका राजेन्द्रकुमार राईले करार तथा अस्थायी सेवामा रहेका कर्मचारीका माग सम्बोधन गर्न आग्रह गर्नुभयो । सोही पार्टीका साजिदा खातुन सिद्धिकीले लालबकैया र बागमती किनारका बस्ती डुबानको जोखिममा रहेका जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान आग्रह गर्नुभयो।रासस

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.