काठमाडौं, सरकारले अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट दिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थीक विधेयक प्रस्तुत गर्दै तरल अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट दिने घोषणा गरेका छन्।
‘तरल अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने भन्सार उपशीर्षक ८४२१।३९१० मा पर्ने मेसिन उपकरणको पैठारीमा आर्थिक वर्ष २०७९र८० मा लाग्ने भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर छुट हुनेछ,’ उनले बजेट भाषणमा भनेका छन।