• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय
  • १ घण्टा 

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
  • १९ घण्टा 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
  • १९ घण्टा 

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
  • २० घण्टा 

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ
  • २२ घण्टा 

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
  • २३ घण्टा 

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १ दिन 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • २ दिन 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • २ दिन 

लोकप्रिय समाचार

  • १. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • २. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ३. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ४. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ५. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ६. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ७. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८. नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

  • ९. दुई हजार एम्बुलेन्स थन्किए

  • १०. इबोला प्रकोपले बढायो विश्व चिन्ता

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

  •  बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा विश्वास, सुरक्षा र उत्तरदायित्व अभिवृद्धिका लागि दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको छ । चिकित्सक तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै सुरक्षित, व्यवस्थित र विश्वसनीय स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि आवश्यक पहललाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ । नारायणी अस्पतालमा भएको पछिल्लो घटनापछि मन्त्रालयले उक्त घटनालाई केवल कानुनी कारबाहीमा सीमित नराखी भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिन केन्द्रित भएको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई समायनुकूल बनाउन परिमार्जनको प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारेको छ । सम्बन्धित सबै सरोकारवालाको सुझावका आधारमा कानुनी तथा नीतिगत सुधारलाई अन्तिम रूप दिइनेछ । त्यस्तै, मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले छरिएर रहेका संरचनालाई एकै स्थानमा केन्द्रित गर्ने प्रक्रिया अघि बढाएको छ । रामशाहपथस्थित मन्त्रालयको मुख्य भवन आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि मन्त्रालयले अस्थायी संरचनाबाट सेवा प्रदान गर्दै आएको थियो । पछिल्लो पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको दोस्रो र तेस्रो तलामा आफ्नो प्रशासनिक संरचना व्यवस्थापन गरेको छ । यसै क्रममा मन्त्रालयका सचिव डा विकास देवकोटा सोही भवनमा स्थानान्तरण हुनुभएको छ । मन्त्रीको सचिवालय रहेको भवनकै माथिल्लो तलामा सचिवको नयाँ कार्यकक्ष तय गरिएको छ ।

सचिवसँगै सचिवालयसँग सम्बन्धित अन्य शाखा तथा महाशाखालाई पनि चरणबद्ध रूपमा सोही भवनमा स्थानान्तरण गरिनेछ । विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयका प्रशासनिक एकाइहरू एउटै भवनमा एकीकृत भएपछि आन्तरिक समन्वय, निर्णय प्रक्रिया र समग्र सेवा प्रवाह थप सहज हुने विश्वास लिइएको छ।रासस

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने
चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

लोकप्रिय

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

ताजा

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.