• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • १५ मिनेट 

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
  • २२ मिनेट 

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार
  • ४९ मिनेट 

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क
  • १ घण्टा 

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
  • ६ घण्टा 

शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
  • ७ घण्टा 

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
  • ७ घण्टा 

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
  • १ दिन 

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ३. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ४. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ७. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ८. वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

  • ९. दुई हजार एम्बुलेन्स थन्किए

  • १०. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

  •  शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजनक प्रसूति सेवाको व्यवस्था गरे पनि गर्भावस्थाका महिलाहरू दुव्र्यवहार र हिंसाको सिकार बन्नुपर्ने बाध्यता कायमै छ । महिला, कानुन र विकास मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रम कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार नरोकिएको बताइएको हो । नेपालमा गर्भावस्था, प्रसव र प्रसवोत्तरको समयमा महिलाहरूले भोगेका दुर्व्यवहार, हिंसा र अधिकार उल्लङ्घनसम्बन्धी तथ्य अन्वेषण गरिएको मञ्चद्वारा आज सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । मञ्चले तथ्य अन्वेषण प्रतिवेदन श्रव्यदृश्यको माध्यमबाट सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा गर्भवती, प्रसव र प्रसवोत्तर अवस्थाका एकतिहाइभन्दा बढी महिलाले हिंसा भोग्नुपरेको उल्लेख छ । धेरैजसो गृहिणी हिंसाको सिकार बनेका, परिवारका सदस्य, नातेदार, छिमेकी र श्रीमान् पीडक भएका, उल्लेख्य मात्रामा सेवा प्रदायकले पनि हिंसा गरेका प्रतिवेदनमार्फत जनाइएको छ । त्यसैगरी भावानात्मक, शारीरिक र यौन हिंसामध्ये भावानात्मक हिंसा एकतिहाइभन्दा बढी हुने गरेको पाइएको मञ्चका अधिवक्ता विनोदचन्द्र देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका महिलामा बढी हिंसा हुने गरेको, मधेसका गर्भवती महिला र सुदूरपश्चिमका प्रसव र प्रसवोत्तरका महिलाले बढी भावनात्मक हिंसा भोग्नुपरेको तथ्य अन्वेषणमा देखिएको छ ।

मञ्चका अधिवक्ता देवकोटाका अनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा बसोबास गर्ने गर्भवती, प्रसव र प्रसवोत्तरका एक हजार ६८० महिलामा तथ्य अन्वेषण गरिएको थियो । उहाँले सात प्रदेशका १४ जिल्लाका २८ वटा पालिकामा अध्ययन गरिएको जनाउँदै प्रत्येक पालिकाबाट ६० महिला (२० गर्भवती, ४२ दिनभित्रका सुत्केरी २० र तीन महिनाभित्रका २० जना सुत्केरी)लाई अध्ययनमा संलग्न गराइएको उहाँले उल्लेख गर्नुभयो । मञ्चका अधिवक्ता देवकोटाका अनुसार ३८ दशमलव चार प्रतिशत गर्भवती, ३७ दशमलव नौ प्रतिशत प्रसव र ३५ दशमलव नौ प्रतिशत महिलाले प्रसवोत्तर हिंसा भोग्नुपरेको तथ्याङ्कले देखाउँछ । यसैगरी ३० दशमलव सात प्रतिशत गर्भवती, ३२ दशमलव सात प्रतिशत प्रसव र ३० प्रतिशत प्रसवोत्तर महिलाले भावनात्मक हिंसा भोग्नुपरेको थियो । त्यस्तै चार दशमलव पाँच प्रतिशत गर्भवती, तीन दशमलव दुई प्रतिशत प्रसव र चार दशमलव पाँच प्रतिशत प्रसवोत्तर महिलाले शारीरिक हिंसा र १६ दशमलव एक प्रतिशत गर्भवती, नौ दशमलव पाँच प्रतिशत प्रसव र १६ दशमलव चार प्रतिशत प्रसवोत्तर महिलाले यौन हिंसा भोग्नुपरेको तथ्याङ्कमा देखाइएको छ ।

गर्भवती, प्रसव र प्रसवोत्तर हिंसा गर्नेमा परिवारका सदस्य र नातेदार सबैभन्दा अगाडि देखिएका मञ्चका अधिवक्ता देवकोटाले जानकारी दिनुभयो । साठी प्रतिशत गर्भवती, ६४ दशमलव चार प्रतिशत प्रसव र ७१ प्रतिशत प्रसवोत्तर महिलामाथि परिवारका सदस्य र नातेदारबाट हिंसा हुने गरेको पाइएको छ । मञ्चका अधिवक्ता देवकोटाले भन्नुभयो, “५२ दशमलव एक प्रतिशत गर्भवती, ४४ दशमलव नौ प्रतिशत प्रसव र ४७ दशमलव आठ प्रतिशत प्रसवोत्तर महिलामाथि श्रीमान्ले हिंसा गरेको पाइयो । २६ प्रतिशत गर्भवती, २२ दशमलव सात प्रतिशत प्रसव र १३ दशमलव चार प्रतिशत प्रसवोत्तर महिलामाथि सेवा प्रदायकबाट हिंसा हुने गरेको तथ्याङ्कले देखाएको छ ।”

अधिवक्ता देवकोटाका अनुसार कोशीको सङ्खुवासभा र मोरङ, मधेसको सिराहा र धनुषा, बागमतीको काठमाडौँ र मकवानपुर, गण्डकीको लमजुङ र कास्की, लुम्बिनीको कपिलवस्तु र दाङ, कर्णालीको मुगु र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली र डडेल्धुरा जिल्लाका पालिकालाई अध्ययन क्षेत्र बनाइएको थियो । अध्ययनअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट अनुमति लिइएको उहाँले बताउनुभयो । नेपालमा गर्भावस्था, प्रसव र सुत्केरी अवस्थामा महिलाले भोग्नुपरेका विभिन्न प्रकारका दुर्व्यवहार, हिंसा र अधिकार उल्लङ्घनको प्रकृति पहिचान र विस्तृत रूपमा दस्तावेजीकरण गर्न तथ्य अन्वेषण अध्ययन गरिएको मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताउनुभयो ।

गर्भधारण, प्रसव र सुत्केरी अवस्थामा आत्मसम्मानपूर्वक उपभोग गर्न पाउने अवस्थाको सृजना गर्न कानुन तथा नीति निर्माण गर्न, योजना र कार्यक्रमलाई सुधार गर्दै परिमार्जन गर्न सहयोग पुर्‍याउने उद्देश्यले तथ्य अन्वेषण गरिएको उहाँले जानकारी दिनुभयो । मञ्चकी अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समी शाह, मञ्जिला त्रिपाठी, अर्चना शाह, प्रणिता उपाध्याय र सरस्वती कार्कीले तथ्याङ्क सङ्कलन गर्दाको अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा विभिन्न सङ्घसंस्थाबाट प्रतिनिधित्व गर्ने सरिता श्रेष्ठ, विष्णु बस्याल, सीमा धामी, रञ्जिता परियार, निर्मला धिताल, देचेन लामा, मुना पोखरेल, शम्भुजङ्ग राणा, तुल्सालता अमात्य, प्रमिला देवानलगायतले तथ्याङ्कका बारेमा जिज्ञासा राख्नुभएको थियो।रासस

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.