• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन १८, २०८३
सोमबार, साउन १८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भरतपुर अस्पतालमा सुत्केरीलाई भुइँमा राखेर ‘पोष्टनेल’ सेवा
  • ३ मिनेट 

इबोलाले बढायो गर्भवतीको जोखिम
  • ५४ मिनेट 

चौंथो सुदिप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो सम्पन्न
  • ६ घण्टा 

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
  • २४ घण्टा 

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
  • १ दिन 

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • ३ दिन 

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी
  • ३ दिन 

कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार
  • ३ दिन 

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

  • ६. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ७. चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

  • ८. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • ९. चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

  • १०. नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

इबोलाले बढायो गर्भवतीको जोखिम

  •  सोमबार, साउन १८, २०८३ मा प्रकाशित

बुनिया । पूर्वी कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण गर्भवतीहरूले स्वास्थ्य संस्थामा जान छोडेपछि मातृ मृत्युदर तीव्र रूपमा बढेको छ । स्वास्थ्य अधिकारीहरूले इबोलाको प्रत्यक्ष प्रभावसँगै गलत सूचना, डर र कमजोर स्वास्थ्य सेवाका कारण अर्को गम्भीर मानवीय सङ्कट सिर्जना भएको चेतावनी दिएका छन् । इटुरी प्रान्तको राजधानी बुनियाकी २६ वर्षीया गर्भवती एस्थर लुटुलाले ज्वरो आएमा इबोला सङ्क्रमित ठहरिएर एकान्तवासमा राखिने डरले प्रसवपूर्व स्वास्थ्य परीक्षण नै बन्द गर्नुभएको छ । “रोग कम भएपछि मात्रै अस्पताल जाने सोचमा छु”, उहाँले भन्नुभयो । स्वास्थ्यकर्मीहरूका अनुसार यस्तो धारणा अहिले धेरै गर्भवतीमा देखिएको छ ।

संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपिए) का कङ्गोस्थित उप–देश प्रतिनिधि नोएमी डाल्मोन्टेका अनुसार प्रकोप घोषणा हुनुअघि इटुरीमा प्रसूति जटिलताका कारण सातामा औसत ३.१ जना महिलाको मृत्यु हुने गरेकोमा मे २५ देखि जुलाई १९ सम्म यो सङ्ख्या बढेर ५.८ पुगेको छ । स्वास्थ्य संस्थाबाहिर हुने मातृ मृत्यु पनि सोही अवधिमा ९.१ प्रतिशतबाट १७.४ प्रतिशत पुगेको युएनएफपिएको तथ्याङ्कले देखाएको छ । मे १५ मा इटुरीमा इबोला प्रकोप घोषणा भएयता कङ्गोले इतिहासकै तीव्र गतिमा फैलिएको प्रकोपको सामना गरिरहेको छ । हालसम्म एक हजार ५०० भन्दा बढी जनाको मृत्यु पुष्टि भइसकेको छ । यसबीच गर्भवतीहरू अस्पताल नपुग्दा देशको पहिले नै उच्च रहेको मातृ मृत्युदर झन् बढ्ने चिन्ता व्यक्त गरिएको छ । डाल्मोन्टेले इबोलाबारे फैलिएका अफवाह र गलत सूचनाले मानिसहरूमा असाधारण त्रास सिर्जना गरेको बताउनुभयो । कतिपयले इबोला अस्तित्वमै नरहेको दाबी गर्ने गरेका छन् भने कतिपयले अस्पताल पुगेपछि सामान्य ज्वरोलाई पनि इबोला भन्दै जबर्जस्ती एकान्तवासमा राखिने विश्वास गरेका छन् ।

विश्वमै बच्चा जन्माउन सबैभन्दा जोखिमपूर्ण मुलुकमध्ये कङ्गो एक हो । संयुक्त राष्ट्रसङ्घका पछिल्ला तथ्याङ्कअनुसार सन् २०२३ मा गर्भावस्थासम्बन्धी जटिलताका कारण कम्तीमा १९ हजार महिलाको मृत्यु भएको थियो । यो सङ्ख्या नाइजेरियापछि विश्वकै दोस्रो ठूलो हो । कङ्गोमा एक महिलाले औसतमा छ सन्तान जन्माउने गर्छिन् । बुनियास्थित बेनेडिक्ट क्लिनिकका चिकित्सा निर्देशक डा. सोनी म्वेम्बोका अनुसार प्रकोपअघि हरेक महिना करिब ६० जना गर्भवती प्रसवपूर्व परीक्षणका लागि आउने गरेकामा अहिले त्यो सङ्ख्या घटेर करिब १० मा सीमित भएको छ । बुनियाकी गर्भवती एलोडी याबिरीले बिरामी भएर अस्पताल पुग्नेबित्तिकै इबोला भन्दै एकान्तवासमा राखिने डरका कारण आफू सकेसम्म अस्पताल नगएको बताउनुभयो ।

इबोलाको हाल फैलिएको प्रकारका लागि स्वीकृत उपचार वा खोप उपलब्ध छैन । यसका साथै उपचार केन्द्रमाथि भएका आक्रमण, सुरक्षाको चुनौती र स्वास्थ्यकर्मीको अभावले सेवा प्रवाह थप प्रभावित भएको छ । सहायता संस्थाहरूका अनुसार प्रभावित पाँच प्रान्तका स्वास्थ्य संस्थाले कर्मचारी र स्रोतसाधन इबोला नियन्त्रणमा केन्द्रित गरेपछि मातृ स्वास्थ्य सेवा कमजोर बनेको छ । हालसम्म कम्तीमा ४४ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ भने धेरै स्वास्थ्यकर्मीले तलब नपाएको विरोधमा काम छोडेका छन् । प्रकोप घोषणा भएयता स्वास्थ्य संस्था र स्वास्थ्य टोलीमाथि कम्तीमा १२ वटा आक्रमण पनि भएका छन् । इटुरीको रुवाम्पारा स्वास्थ्य क्षेत्रका महामारीविद् डा. घिस्लेन मानेबाले सीमित स्रोतसाधन र तलबविहीन अवस्थामै स्वास्थ्यकर्मीहरूले दिनरात जनचेतना फैलाउने र उपचार सेवा जारी राखेको बताउनुभयो ।

विशेषज्ञहरूका अनुसार महिलाहरू बिरामी आफन्तको मुख्य हेरचाहकर्ता हुने र स्वास्थ्य सेवामा अग्रपङ्क्तिमा पनि धेरै महिला कार्यरत रहने भएकाले उनीहरू इबोलाको बढी जोखिममा छन् । इबोला अत्यन्त सङ्क्रामक तथा प्रायः घातक रोग हो । यो रोग बान्ता, रगत, वीर्यलगायत शारीरिक तरल पदार्थ तथा दूषित सामग्रीको सम्पर्कबाट फैलिन्छ । युएनएफपिएले गर्भवती महिला र महिला स्वास्थ्यकर्मीलाई इबोलाबाट सुरक्षित रहने उपायबारे सही सूचना उपलब्ध गराउन नसकिए मातृ मृत्युदर अझ बढ्न सक्ने चेतावनी दिएको छ।रासस

सोमबार, साउन १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर अस्पतालमा सुत्केरीलाई भुइँमा राखेर ‘पोष्टनेल’ सेवा
चौंथो सुदिप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो सम्पन्न
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

ताजा

भरतपुर अस्पतालमा सुत्केरीलाई भुइँमा राखेर ‘पोष्टनेल’ सेवा

इबोलाले बढायो गर्भवतीको जोखिम

चौंथो सुदिप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो सम्पन्न

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.