नवलपुर। सरकारले आगामी वर्षको बजेटमार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ट्रमा सेन्टर स्थापनासम्मका लागि बजेट व्यवस्था गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९÷८० का लागि अनुमानित आयव्यय विवरण प्रस्तुत गर्दै ट्रमा सेन्टर स्थापनाका विभिन्न योजना प्रस्तुत गर्नुभएको हो ।
त्यस्तै उत्तर दक्षिण राजमार्गअन्तर्गत निर्माणाधीन कालीगण्डकी कोरिडोर, कर्णाली कोरिडोर र कोसी कोरिडोरका लागि जम्मा रु चार अर्ब ६९ करोड विनियोजन गरिएको छ । कालीगण्डकी करिडोरले भारत र चीनलाई छोएको छ । यो करिडोर नवलपुरको त्रिवेणीधामदेखि पाल्पा, बागलुङहुँदै चीनको कोरला नाकामसम्म पुग्दछ ।पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने र आगामी वर्ष नारायणघाट–बुटवलखण्ड विस्तार गरिने भएको छ ।
देशकै कान्छो जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सरकारी सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन एकीकृत रूपमा सरकारी कार्यालय भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
