• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन २०, २०८३
बुधबार, साउन २०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग
  • १ घण्टा 

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
  • ४ घण्टा 

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ
  • ५ घण्टा 

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार
  • ५ घण्टा 

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
  • २२ घण्टा 

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
  • २२ घण्टा 

ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार
  • २२ घण्टा 

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर
  • २२ घण्टा 

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

  • ६. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ७. चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

  • ८. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ९. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • १०. सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग

  •  बुधबार, साउन २०, २०८३ मा प्रकाशित

विराटनगर । कुनै बेला कोशी प्रदेशकै सुविधासम्पन्न धनकुटा जिल्ला अस्पताल अहिले आफैँ थलिएको छ । भौतिक पूर्वाधारसहितका समस्या झेल्नु परेपछि पछिल्लो समय अस्पतालले आमनागरिकका लागि प्रदान गर्ने सेवा प्रवाहसमेत प्रभावित हुँदै आएको छ । निकै पुरानो संरचना भएको अस्पताल भवन अहिले जीर्ण अवस्थामा रहेकाले पनि नागरिकलाई अपेक्षित रुपमा सेवाप्रवाह गर्न नसकेको अस्पताल प्रशासनले जनाएको छ । तथापि, बिरामीको चाप रहे तापनि त्यसलाई धान्ने भौतिक पूर्वाधार नहुँदा विभिन्न चुनौतीको सामना गर्नुपरेको अस्पतालका प्रमुख डा सन्तोष राईले जानकारी दिनुभयो ।

दैनिक ३०० देखि ४०० सयसम्म बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको छ त्यस अस्पतालमा हाल विशेषज्ञ चिकित्सक छ जना, मेडिकल अफिसर चार र सेन्ट्रल अफिसर दुई जना र २० जना नर्स कार्यरत हुनुहुन्छ । अस्पतालले पछिल्लो समयमा अस्पताले मिर्गौलारोगीका लागि डायलाइसिस सेवा पनि सुरु गरेको उहाँले जानकारी दिनुभयो । उक्त अस्पतालमा आउने बिरामीमध्ये झन्डै ७० प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बिरामी हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा राई भन्नुहुन्छ, “गुणस्तरीय र छिटो सेवा प्रदान गर्न र विशेषज्ञ जनशक्ति टिकाउन अस्पतालको निर्माणाधीन भवन छिटो सम्पन्न हुनुपर्छ ।” सरकारले धनकुटा नगरपालिका–५ मा अस्पतालका लागि रु २८ करोड लागतमा चारतले नयाँ भवन निर्माण गरिरहेको छ । उक्त भवनको अहिले ४० प्रतिशतमात्र काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय धनकुटाका प्रमुख रमेश खरेलले जानकारी दिनुभयो ।रासस

कोशी प्रदेशसभामा त्यस अस्पतालाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गरिनुपर्नेमा आवाज उठ्दै आएको छ । अस्पतालको स्तरोन्नति भएमा त्यस क्षेत्रको बसाइँसराइ केही हदसम्म रोक्न मद्दत पुग्ने कोशी प्रदेशसभा सदस्य निरन राईले बताउनुभयो । कोशी प्रदेशसभाका पूर्वसांसद लीला श्रेष्ठले सरकारले त्यस क्षेत्रका जनताको माग र आवश्यकतालाई पूरा गर्न अस्पतालाई गुणस्तरीय सेवा प्रदान गर्ने शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गरिनुपर्ने बताउनुभयो।रासस

बुधबार, साउन २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ
जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

ताजा

धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.