• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन २०, २०८३
बुधबार, साउन २०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण
  • २७ मिनेट 

कङ्गोमा इबोला प्रकोपसँग लड्न थप सहयोगका लागि डब्लुएचओको आह्वान
  • ५५ मिनेट 

अफगानिस्तानमा कुपोषण सङ्कट गहिरियो
  • ५७ मिनेट 

धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग
  • ३ घण्टा 

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
  • ५ घण्टा 

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ
  • ६ घण्टा 

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार
  • ६ घण्टा 

नवजात शिशु र गर्भवतीका लागि निःशुल्क सिकलसेल स्क्रिनिङ सेवा
  • २३ घण्टा 

‘शनिश्चरे नगर अस्पताल मातृशिशु सुरक्षा केन्द्र’
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

  • २. एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

  • ३. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

  • ४. केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

  • ५. दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

  • ६. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • ७. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ८. बिरामीको चापसँगै नेपालगञ्जमा रगतको माग बढ्दो

  • ९. नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

  • १०. सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

अफगानिस्तानमा कुपोषण सङ्कट गहिरियो

  •  बुधबार, साउन २०, २०८३ मा प्रकाशित

रोम । अफगानिस्तानमा खाद्यान्न सहायता र पोषण कार्यक्रमका लागि आवश्यक अन्तर्राष्ट्रिय कोष घट्दै गएपछि बाल कुपोषण गम्भीर बन्दै गएको तथा त्यसका कारण बालमृत्युदर थप बढ्न सक्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ । संस्थाले तत्काल अतिरिक्त आर्थिक सहयोग जुटाउन नसके कुपोषण सङ्कट अझ भयावह बन्ने चेतावनी दिएको छ । डब्लुएफपीका अनुसार अफगानिस्तानका ३४ मध्ये १२ प्रान्तमा बाल कुपोषण गम्भीर तहमा पुगेको छ र यो अहिलेसम्मकै उच्च अवस्था हो ।

द्वन्द्व, बेरोजगारी, खाद्यान्नको बढ्दो मूल्य, रोगको प्रकोप, स्वच्छ पानी तथा सरसफाइको अभाव र मानवीय सहायता घट्नु यसका प्रमुख कारण रहेको संस्थाले जनाएको छ । अफगानिस्तानका लागि डब्लुएफपीका देशीय निर्देशक जोन एलिफले बालमृत्युदर थप बढ्न नदिन तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै धेरै बालबालिकाका लागि भने सहयोग ढिलो भइसकेको बताउनुभयो । सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि उत्पन्न राजनीतिक तथा आर्थिक चुनौतीसँग जुधिरहेको अफगानिस्तानमा अहिले मानवीय सङ्कट थप जटिल बन्दै गएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओचा) की प्रवक्ता ओल्गा चेरेभ्कोका अनुसार यस वर्ष देशका तीन चौथाइभन्दा बढी क्षेत्रमा बालबालिकामा तीव्र कुपोषण देखिएको छ ।

‘वेस्टिङ’ भनिने यस अवस्थाका बालबालिका आफ्नो उचाइअनुसार अत्यन्त कम तौलका हुन्छन् र उनीहरूलाई तत्काल उपचारात्मक पोषण आवश्यक पर्छ । उहाँका अनुसार धेरै बालबालिका स्वास्थ्य संस्थामा पुग्दासम्म गम्भीर कुपोषणको अवस्थामा पुगिसकेका हुन्छन् भने कतिपय उपचार नपाई मृत्यु हुने अवस्था पनि देखिएको छ । डब्लुएफपीले सन् २०२५ मा सहायता बजेट कटौतीका कारण १४२ स्वास्थ्य केन्द्र बन्द भएको र १३ हजारभन्दा बढी बालबालिका पोषण उपचार सेवाबाट वञ्चित भएको जनाएको छ । संस्थाले कुनै विशेष दाताको नाम उल्लेख नगरे पनि हालका वर्षहरूमा अन्तर्राष्ट्रिय सहायता उल्लेखनीय रूपमा घटेको जनाएको छ । यस वर्ष करिब ३७ लाख अफगान बालबालिका तथा १२ लाख गर्भवती र स्तनपान गराइरहेका महिला तीव्र कुपोषणबाट प्रभावित हुने अनुमान गरिएको छ ।

डब्लुएफपीका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएको छ । छिमेकी मुलुकबीचको तनावका कारण पाकिस्तानसँगको सीमा करिब नौ महिना बन्द हुँदा पोषण सामग्री ढुवानी प्रभावित भएको र झन्डै १० लाख कुपोषित महिला तथा बालबालिका पाँच महिनासम्म आवश्यक पोषण सेवाबाट वञ्चित भएका छन् । संस्थाले जुलाईदेखि अक्टोबरसम्म कुपोषणको जोखिम सबैभन्दा उच्च रहने भए पनि पर्याप्त बजेट अभावका कारण अगस्टदेखि अक्टोबरसम्मका लागि लक्षित खाद्यान्न वितरण कार्यक्रमसमेत स्थगित गर्नुपरेको जनाएको छ ।

आगामी छ महिनाका लागि तत्काल ५४ करोड अमेरिकी डलर आवश्यक रहेको पनि डब्लुएफपीले उल्लेख गरेको छ । यसअघि फेब्रुअरीमा डब्लुएफपीले सहायता कटौतीलाई ‘विनाशकारी’ भन्दै चारमध्ये तीन गम्भीर कुपोषित बालबालिकासम्म पोषण सहायता पु¥याउन नसकिएको जनाएको थियो । संस्थाका अनुसार सन् २०२२ यता खाद्य सहायता कोष करिब ५९ प्रतिशतले घटेको छ तर मानवीय आवश्यकता निरन्तर बढिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार अफगानिस्तानका लागि गरिएको दुई अर्ब ७१ करोड अमेरिकी डलर बराबरको मानवीय सहायता अपिलमध्ये हालसम्म २६ प्रतिशतभन्दा केही बढी रकम मात्रै प्राप्त भएको छ । कुपोषणलगायत मानवीय सूचकहरू निरन्तर बिग्रिरहेको अवस्थामा यो अवस्था अत्यन्त चिन्ताजनक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। रासस

बुधबार, साउन २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण
कङ्गोमा इबोला प्रकोपसँग लड्न थप सहयोगका लागि डब्लुएचओको आह्वान
धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग

लोकप्रिय

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘किमो’ लगाउन पालो पर्खनुपर्ने

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवा सीमित

दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय

ताजा

कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण

कङ्गोमा इबोला प्रकोपसँग लड्न थप सहयोगका लागि डब्लुएचओको आह्वान

अफगानिस्तानमा कुपोषण सङ्कट गहिरियो

धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.