• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन २२, २०८३
शुक्रबार, साउन २२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘मानसिक स्वास्थ्यका लागि योग र ध्यान आवश्यक’
  • ५४ मिनेट 

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
  • १८ घण्टा 

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
  • १८ घण्टा 

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह
  • १९ घण्टा 

ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते
  • २३ घण्टा 

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ
  • २४ घण्टा 

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति
  • २४ घण्टा 

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
  • १ दिन 

कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण
  • २ दिन 

लोकप्रिय समाचार

  • १. क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

  • २. नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

  • ३. स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

  • ४. सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

  • ५. विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

  • ६. मेटाबोलिक सिन्ड्रोमले मुटुरोग र मधुमेहको जोखिम बढाउँछ : डा. शशांककुमार सिंह (भिडियो)

  • ७. लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

  • ८. कानुन भए पनि रोकिएन गर्भावस्थाका महिलामाथिको दुर्व्यवहार

  • ९. चौंथो सुदिप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो सम्पन्न

  • १०. दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

‘मानसिक स्वास्थ्यका लागि योग र ध्यान आवश्यक’

  •  शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

कर्णाली । स्वस्थ जीवनशैली र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग र ध्यानलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘स्वास्थ्यकर्मीका लागि मानसिक स्वास्थ्यमा आयुर्वेद र योग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा योग र ध्यान मानव जीवनका लागि असाध्यै महत्त्वपूर्ण रहेको उल्लेख गरियो । सामाजिक विकास मन्त्रालयकी सचिव रोशनीकुमारी श्रेष्ठले मानसिक स्वास्थ्य सुधारका लागि योग र ध्यान महत्त्वपूर्र्ण रहेको बताउनुभयो । उहाँले योगले मानिसको ध्यान, विचार र सोचलाई एकाग्र बनाउन मद्दत गर्ने भएकाले मानसिक स्वास्थ्य सुदृढ हुने बताउनुभयो । अव्यवस्थित खानपान, अस्वस्थ जीवनशैली र तनावका कारण देखिएका मानसिक समस्याको समाधानका लागि योग र ध्यान आवश्यक रहेको उहाँको भनाइ थियो । सचिव श्रेष्ठले आधुनिक चिकित्सा सेवासँगै आयुर्वेदको महत्व पनि बढ्दै गएको बताउँदै कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य रणनीति निर्माण गरी कार्यान्वयनमा जोड दिएको जानकारी दिनुभयो । कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले मानसिक स्वास्थ्य सुधारका लागि योग र ध्यान उपयोगी हुने बताउनुभयो । उहाँले आयुर्वेद र आधुनिक चिकित्सा दुवैको आ–आफ्नो महत्व रहेको उल्लेख गर्दै दुवै प्रणालीलाई समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका डा लक्ष्मीनारायण तिवारीले आयुर्वेदको उद्देश्य रोगको मूल कारण पहिचान गरी उपचार गर्नु रहेको बताउनुभयो । उहाँले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले यसको रोकथाम र व्यवस्थापनका लागि योग र ध्यान प्रभावकारी उपाय हुनसक्ने बताउनुभयो । कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए ।रासस

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह

लोकप्रिय

क्यान्सर अस्पतालमा ५०० मध्ये ३५० शैय्या निःशुल्क

नेपाल औषधि लिमिटेड ३७ वर्षपछि नाफामा

स्वास्थ्य मन्त्रालयमा तीनवटा अतिरिक्त स्वास्थ्य सचिव पद खारेज, पहिलेको भन्दा १७ जना कम दरबन्दी

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

ताजा

‘मानसिक स्वास्थ्यका लागि योग र ध्यान आवश्यक’

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.