काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा आशिष गोविन्द अमात्य र नेपाल फार्मेसी परिषद्का रजिस्टार डा हरिशसिंह थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा मन्त्री मेहताले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आजै उहाँहरूले कार्यभार सम्हाल्नुभयो । मन्त्रिपरिषद्को हालैको बैठकले डा अमात्य र थापालाई नियुक्त गरेको हो।रासस
