• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नारायणी अस्पतालमा स्तनपानबारे फैलाइयो प्रभावकारी जनचेतना

  •  शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

वीरगञ्ज । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नारायणी अस्पतालमा स्तनपानको महत्व तथा शिशु स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार अस्पतालका नर्सिङ स्टाफहरूले स्तनपानको महत्वबारे जनचेतना फैलाएका हुन् ।

वरिष्ठ युरोलोजिष्ट डा. चितरञ्जन साहको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख बालरोग परामर्शदाता डा. शैलेश ठाकुर, प्रमुख स्त्री तथा प्रसूति रोग परामर्शदाता डा. सुरेन्द्रप्रसाद चौधरी र नर्सिङ प्रमुख श्रुति शाहको विशिष्ट उपस्थिति रहेको थियो ।

नर्सिङ स्टाफहरूले प्रस्तुत गरेको नाटकमा शिशु जन्मिएलगत्तै आमाको पहिलो बिगौती दूध खुवाउनुपर्ने, जन्मेदेखि ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्ने तथा स्तनपानले आमा र शिशु दुवैको स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे सन्देश प्रवाह गरिएको थियो । अभिनयमार्फत स्तनपानसम्बन्धी समाजमा विद्यमान विभिन्न गलत धारणा, भ्रम तथा परम्परागत मान्यतालाई समेत प्रस्तुत गरिएको थियो । यस्ता भ्रमका कारण आमा र शिशुको स्वास्थ्यमा पर्न सक्ने असरबारे सचेत गराउँदै स्तनपानका वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी फाइदालाई समुदायसम्म पु‍र्‍याउनुपर्ने सन्देश दिइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले नवजात शिशुको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध सर्वोत्तम आहार भएको बताए । शिशु जन्मिएपछि सकेसम्म चाँडो स्तनपान सुरु गराउनुका साथै ६ महिनासम्म पूर्ण स्तनपान गराउने विषयमा परिवार र समुदायलाई सचेत बनाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

उनीहरूले स्तनपानसम्बन्धी गलत धारणा र सामाजिक भ्रम हटाउन स्वास्थ्यकर्मी, परिवार तथा समुदायबीच निरन्तर समन्वय र जनचेतना आवश्यक रहेको उल्लेख गरे । स्वास्थ्य संस्थाबाट सञ्चालन हुने यस्ता सिर्जनात्मक तथा व्यावहारिक कार्यक्रमले आमाहरूलाई स्तनपानको महत्व बुझाउन र सकारात्मक व्यवहार विकास गर्न सहयोग पु‍र्‍याउने उनीहरूको विश्वास थियो ।

विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म मनाइन्छ । यस अवसरमा नारायणी अस्पतालले स्तनपानको महत्व, शिशु स्वास्थ्य तथा आमाको स्वास्थ्यसँग सम्बन्धित विषयमा विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रमको अन्त्यमा प्रभावकारी अभिनय प्रस्तुत गर्ने तथा कार्यक्रम सफल बनाउन योगदान पु‍र्‍याउने नर्सिङ स्टाफहरूलाई प्रशंसास्वरूप प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । यससँगै विश्व स्तनपान सप्ताह–२०२६ अन्तर्गत नारायणी अस्पतालमा सञ्चालित कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.