• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आँखा शिविरबाट ७५७ जना लाभान्वित

  •  मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित

बागलुङ, गलकोट नगरपालिका–७ मल्ममा सञ्चालित आँखा जाँच तथा शल्यक्रिया शिविरबाट ७५७ जना लाभान्वित भएका छन् ।

श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रको आयोजनामा तीन दिनसम्म चलेको उक्त शिविरमा मोतियाबिन्दु भएका ५१ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । केन्द्र व्यवस्थापन समितिका सदस्यसचिव आमोदकुमार सिँहले शल्यक्रिया गरेका बिरामीलाई औषधि र चश्मा पनि निःशुल्क वितरण गरिएको जानकारी दिनुभयो । शिविरमा आएका स्थानीयवासीलाई आँखाको सुरक्षाबारे समेत जानकारी दिइएको थियो ।

शिविरमा श्रीकृष्ण नेत्रालय, भैरहवाका नेत्र विशेषज्ञ डा सल्मा केसीलगायत चिकित्सक÷स्वास्थ्यकर्मी उपचारमा संलग्न थिए । श्रीकृष्ण नेत्रालयको प्राविधिक र घुम्टे युवा परिवार जापान शाखाको आर्थिक तथा व्यवस्थापकीय सहयोगमा शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

यस्तै शल्यक्रिया सेवाका लागि हरि–कृष्ण आई केयर फाउण्डेशन र लायन्स क्लब अफ बुटवल, मणिउजेशले सहयोग गरेको थियो । गाउँका बिरामीलाई लक्ष्य गरी डेढ वर्षअघि मल्ममा श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्र स्थापना गरिएको थियो ।

केन्द्रले स्थानीयस्तरमै आँखासम्बन्धी रोगको परीक्षण एवं उपचार सेवा प्रदान गर्दै आएको छ । सुरुदेखि नै केन्द्रलाई चाहिने उपकरणदेखि कर्मचारीको प्रबन्ध श्रीकृष्ण नेत्रालयले नै गर्दै आएको छ । केन्द्रबाट आँखाको जाँच र उपचार नियमित हुँदै आए पनि शल्यक्रिया सेवा भने शिविरका बेला मात्र प्रदान गर्ने गरिएको छ । नेत्र विशेषज्ञ डा सल्मा केसीले दृष्टि जाँच, चश्मा वितरण, आँखा पोल्ने, चिलाउनेलगायत आँखाको प्राथमिक उपचार केन्द्रबाट भइरहेको बताउनुभयो ।

केन्द्र सञ्चालनमा आएपछि आँखाको सामान्य उपचार गर्न, चश्मा लिन टाढा जानुपर्ने स्थानीयवासीको बाध्यता हटेको छ । गलकोटमै जन्मनुभएकी डा केसीले केन्द्र स्थापनाका लागि विशेष पहल लिनुभएको थियो । खाली रहेको रेडक्रस भवनबाट अहिले केन्द्र सञ्चालन भइरहेको भए पनि पछि आफ्नै भवन बनाएर अस्पतालकै रुपमा स्तरोन्नति गर्ने योजना रहेको व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापाले बताउनुभयो ।

मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.