• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

टिकापुर अस्पताल भवन निर्माणमा लापरवाही

  •  बुधबार, जेठ १८, २०७९ मा प्रकाशित

भजनी, कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा रु दुई करोड विनियोजन भए पनि हालसम्म निर्माणको काम अघि बढ्न सकेको छैन । प्रदेश सरकारले क्रमागतमा राखेर चालु आवमा रु चार करोड विनियोजन गरेको थियो । केही महिना अगाडि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले भवनको शिलान्यास गर्नुभयो । भवन निर्माणमा संलग्न रोयल पवन जेभीले बल्ल जग हाल्ने काम थालेको छ ।

जग ढलानमा कमसल सामग्री प्रयोग गरिएको पाइएको छ । निर्माण सम्झौताविपरित सामग्री प्रयोग गरेपछि विवाद उत्पन्न भएको छ । निर्माणमा संलग्न रोयल पवन जेभीका सञ्चालक सिद्धराज भट्ट भने उक्त आरोपमा कुनै सत्यता नभएको बताउनुहुन्छ । “भवन निर्माण र पर्खाल निर्माणमा छुट्टछुट्टै सामग्री प्रयोग गरेका हौँ”, उहाँले भन्नुभयो ।

भवन निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न नहुने निर्माणमा संलग्न कम्पनीले जनाएको छ । सम्झौतामा आगामी असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । रु चार करोडको लागत अनुमान रहेको भवन निर्माण कम्पनीले रु दुई करोड ४१ लाखमा ठेक्का पाएको हो । निर्माणमा कमसल सामाग्री प्रयोग भएकोबारे जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताउनुभयो ।

“भवन निर्माणमा कम्पनीले लापरबाही गरेकोबारे पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो, “गलत गरेको पाइए कारबाहीका लागि प्रदेश सरकारलाई सिफारिस गर्छौँ ।” प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु १६ करोडको लागतमा प्रदेशस्तरीय सरुवा रोग तथा अनुसन्धान केन्द्रको भवनको डिजाइन बनाएर काम अघि बढाएको हो ।

बुधबार, जेठ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.