कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो। सुरुवाती अवस्थामा कलेजोको समस्या खासै थाहा हुँदैन तर रोग बढ्दै जाँदा शरीरले विभिन्न स्पष्ट संकेतहरू देखाउँछ। यी हुन् कलेजोमा समस्या हुँदा शरीरमा देखिने संकेत :
आँखा र छाला पहेँलो हुनु (जन्डिस)
कलेजोले बिलिरुबिन फिल्टर गर्न नसक्दा आँखाको सेतो भाग र छाला पहेँलो देखिन्छ।
पेट र खुट्टा सुन्निने
कलेजोको कार्यक्षमता कमजोर हुँदा पेटमा पानी जम्ने र शरीरको तल्लो भाग वा खुट्टाहरू सुन्निने हुन्छ।
अत्यधिक थकान र कमजोरी
पर्याप्त आराम गर्दा पनि कलेजोको रोगका कारण जतिबेला पनि जीउ गल्ने र थकाइ लाग्ने हुन्छ।
भोक नलाग्नु र वाकवाकी लाग्नु
पाचन रस (पित्त) को उत्पादनमा गडबडी हुँदा भोक लाग्दैन र बान्ता होला जस्तो भइरहन्छ।
सजिलै निलडाम बस्नु वा रगत बग्नु
कलेजोले रगत जमाउने प्रोटिन बनाउन नसक्दा सामान्य चोट लाग्दा पनि रगत बग्ने वा निलडाम बस्ने हुन्छ।
पिसाब र दिसाको रंग बदलिने
पिसाबको रंग अत्यधिक गाढा पहेँलो (चिया जस्तो) हुने र दिसाको रंग माटो जस्तो वा फुस्रो हुने गर्छ।
