• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

लाइम रोगविरुद्ध खोप अध्ययन स्वीकृत

  •  शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित

पेरिस । युरोपेली सङ्घ (इयु) का औषधि नियामकहरूले मानिस वा जनावरको शरीरमा टाँसिएर रगत चुस्ने परजीवी किराले सार्ने लाइम रोगविरुद्ध विकास भइरहेको प्रयोगात्मक खोपको अध्ययन अघि बढाउन स्वीकृति दिएका छन् । खोप विकास गरिरहेका अमेरिकी कम्पनी फाइजर र फ्रान्सेली–स्विस कम्पनी वाल्नेभाले शुक्रबार यसको जानकारी दिएका हुन् । दुवै कम्पनीका अनुसार पाँच वर्ष वा सोभन्दा माथिका मानिसका लागि विकास गरिएको उक्त खोपले परीक्षणका क्रममा करिब ७० प्रतिशत प्रभावकारिता देखाएको छ ।

लाइम रोगविरुद्ध हालसम्म कुनै स्वीकृत खोप उपलब्ध छैन । यस वर्षको सुरुआतमा परीक्षणका केही नतिजा अपेक्षाअनुसार उत्साहजनक नआए पनि युरोपेली औषधि नियामक निकायले खोपको स्वीकृतिका लागि कम्पनीहरूले दिएको आवेदन स्वीकार गरेको दुवै कम्पनीले बताएका छन् । प्रयोगात्मक खोपलाई हाल पीएफ–०७३०७४०५ नाम दिइएको छ । लाइम रोग सङ्क्रमित परजीवी किराले टोकेपछि मानिसमा सर्ने गर्छ । यसबाट छालामा रातो दाग देखिने, ज्वरो आउने तथा रुघाखोकीजस्ता लक्षण देखिन सक्छन् । केही अवस्थामा यसले स्नायु प्रणालीमा समेत असर पुर्‍याउन सक्छ । रोग विरलै घातक भए पनि दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरूले बताएका छन् ।

फाइजरकी प्रमुख खोप अधिकारी एनालिजा एन्डरसनले खोपले लाइम रोगबाट जोगिन महत्त्वपूर्ण नयाँ उपाय उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गर्नुभयो । सन् २०२२ मा गरिएको एक अध्ययनले विश्वको कुल जनसङ्ख्याको १४ प्रतिशतभन्दा बढीमा लाइम रोगसँग सम्बन्धित सङ्क्रमण देखिएको अनुमान गरेको थियो । जलवायु परिवर्तनका कारण लामो समयसम्म गर्मी र सुक्खा बढ्दै जाँदा रोग सार्ने परजीवी किराको विस्तार र सङ्क्रमणको जोखिमसमेत बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

युरोपमा लाइम रोगको जोखिम रहेका क्षेत्रमा २० करोडभन्दा बढी मानिस बसोबास गर्ने भएकाले खोप विकासलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको वाल्नेभाका प्रमुख कार्यकारी थोमस लिङ्गेलब्याकले बताउनुभयो । खोपको अध्ययनलाई स्वीकृति दिइएको खबरपछि शुक्रबार पेरिसको सेयर बजारमा वाल्नेभाको सेयर मूल्य प्रारम्भिक कारोबारमा करिब १६ प्रतिशतले बढेको थियो।रासस

शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.