• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित

  •  आइतबार, साउन ३१, २०८३ मा प्रकाशित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा बिरामीको चाप बढेको छ । स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकसहित सेवा सुरु भएसँगै अस्पताल पुगेर सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको हो । सङ्घीय सरकारको एक नगरपालिका एक सुविधासम्पन्न अस्पतालको योजनाअनुसार बरहथवा नगर अस्पताल भवन निर्माण भएको हो । उक्त अस्पतालमा नगरपालिकाले आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकसहितको सेवा प्रारम्भ गरेको छ । आफ्नै गाउँठाउँमा यतिको सुविधा पाउँदा खुसी लागेको बरहथवा नगरपालिका–३ हजरियाका जितेन्द्र सहनीले बताउनुभयो । श्रीमतीको बर्थिङका लागि नगर अस्पताल पुग्नुभएका उहाँले विगतमा यही सेवाका लागि वीरगन्ज तथा जनकपुरका महँगो अस्पताल धाउनुपरेको अनुभव सुनाउनुभयो ।

“पहिला स्थानीय स्वास्थ्य संस्था भद्रगोल थियो”, उहाँले भन्नुभयो, “सामान्य ज्वरो रुघाखोकीको औषधि पाउन मुस्किल थियो, अहिले धेरै परिवर्तन भएको छ ।” राज्यले ठूलो लगानी गरेर सञ्चालन गरेको सरकारी स्वामित्वका स्वास्थ्य संस्था अस्तव्यस्त हुने गरेका स्थानीय मनोज पण्डितले बताउनुभयो । “विपन्न नागरिकले ऋण गरेर निजी क्लिनिकबाट महँगो सेवा लिनुपर्ने बाध्यता विगतमा व्याप्त थियो, अहिले नागरिक सचेत भएका छन् । तीनै तहका सरकार थोरै भए पनि नागरिकप्रति जिम्मेवार भएको महसुस गरेको छु”, उहाँले भन्नुभयो । पण्डित छोरीलाई निकै दिनदेखि लगातार ज्वरो आएपछि परीक्षणका लागि नगर अस्पताल आइपुग्नुभएको थियो ।

‘कोर’ मधेसका पायक स्थानमा रहेको यहाँ विगतमा सामान्य बर्थिङ सेन्टरमात्र सञ्चालनमा थियो । सुत्केरीका लागि आउने बिरामीलाई असामान्य अवस्था हुनेबित्तिकै अन्यत्र रेफर गरिदिने गरिन्थ्यो । यसले गर्दा बिरामीका आफन्त ठूलो खर्चको चपेटामा पर्ने गर्थे । खर्च अभावमा गर्भवतीको ज्यान दाउमा राखेर घरै लगेरसमेत सुत्केरी गराउने गरेका बागमती नगरपालिका–८ शङ्करपुरकी सङ्गीता कुशवाहाले सुनाउनुभयो । गत माघबाट नगर अस्पतालले एकजना स्त्री, प्रसूति तथा निसन्तान रोग विशेषज्ञ चिकित्सक नियुक्ति गरेर गुणस्तरीय सेवा प्रवाह गरिरहेको हो । माघयताको तथ्याङ्क हेर्ने हो भने एक हजार २७३ जनाले प्रसूति सेवा लिइसकेका छन् । त्यसमध्ये ११९ जनालाई शल्यक्रिया (सिएस) विधिबाट सुत्केरी गराइएको छ । बाँकीको ‘नर्मल डेलिभरी’ भएको हो ।

नेपालले २०३० सम्म ‘होमडेलिभरी’ शून्यमा झार्ने लक्ष्य राखेको छ भने मात्रृ र शिशु मृत्युदरसमेत नगन्य बनाउने योजनासहित स्वास्थ्य कार्यक्रम बनाएको छ । तर यसको कार्यान्वयनमा चुनौती रहेको चिकित्सकहरू बताउनुहुन्छ । अझै धेरै ठाउँमा प्रसूति अवस्थालाई सामान्य मान्ने र लापरवाही गर्ने प्रचलन छ । अर्कातर्फ यस सेवामा बिरामीको पहँुच अझै सहज हुन नसकेको डा लिमुकुमारी साहले स्वीकार गर्नुभयो । आफूहरूले सेवा लिन आउने बिरामीलाई जतिसक्दो सहज र सरल रूपमा सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ । यस अस्पतालबाट शल्यक्रियासहितको सुविधा निःशुल्क वितरण भएपछि बिरामीको विश्वास र चाप बढ्दै गएको उहाँले बताउनुभयो । अत्य आवश्यक अवस्थाबाहेक रेफर नहुने यहीँबाट सेवा पाइने भएकाले पनि बिरामीका आफन्तसमेत अस्पताल र सेवाप्रति सकारात्मक पाइएको उहाँले सुनाउनुभयो ।

सामान्य स्वास्थ्यचौकी र स्वास्थ्यकर्मीका भरोसामा रहेका ‘बर्थिङ सेन्टर’बाहेक अन्य भरपर्दो अस्पताल यस क्षेत्रमा छैन । यहाँ बरहथवासहित बागमती, बसबरिया, धन्कौल, रामनगर, बलरा, गोडैता, हरिपुर, चक्रघट्टलगायत स्थानबाट पनि प्रसूति सेवा लिने बिरामी आइपुग्ने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सरोजरोशन दासले बताउनुभयो । अस्पतालले दिने निःशुल्क प्रसूति सेवा तथा औषधोपचारका कारण सेवाग्राहीको चाप बढेको उहाँ बताउनुहुन्छ ।

मधेस प्रदेश सरकारको तर्फबाट प्राप्त जनस्वास्थ्य प्रयोगशालाबाट सहुलियतपूर्ण ल्याब परीक्षण सेवा प्रवाह भएकाले पनि नागरिकको आकर्षण बढेको उनीहरूको प्रतिक्रिया छ । यस नगर अस्पतालमा निःशुल्क आँखा उपचार सेवा, प्रसूतिलगायत जनरल फिजिसियन सेवा, ओपिडी र इमर्जेन्सी सेवासमेत प्रवाह गरिरहेको डा दासले बताउनुभयो । अस्पतालको सेवा सकेसम्म चुस्तदुरुस्त राखिएको उहाँको दाबी छ।रासस

आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.